नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए।
गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले विद्याथीहरुलाई मेहनती बन्न सुझाव दिएका हुन्।
उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने काम अघि बढिसकेको भन्दै सरकारले घोषणा गरेका स्मार्ट सिटी र नयाँ शहरको काम अब क्रमिक रूपमा अगाडि बढ्ने बताए।
उनले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे। राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक रहेको उपप्रधानमन्त्री सिंहले बताए।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन्।