यसअघि सोमबार बिहानै अध्यक्ष दाहालले माओवादी केन्द्रका समस्या नरहेको देखाउन उपमहासचिव शर्मा र अर्को उपमहासचिव वर्षमान पुनसँग अंगालो हाल्दै तस्बिर खिचाएका थिए।
‘हिजो क्रान्तिको केन्द्र भएको र आज प्रतिक्रान्तिको केन्द्र हुने खतरा रहेको झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि तपाईँहरुसँग अपिल गर्न, यहाँको जनतासँग अपिल गर्न आएका छौँ,’ दाहालले भने।
यो नतिजाको अन्तर्यमा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीभित्रको जनमतबाट पहिलो पटक गतिलो धक्का महसुस भएको छ। उपमहासचिव जनार्दन शर्माले आफ्नो प्रभाव ह्वात्तै बढेको देखाएका छन्।
‘२०६४ मा जनताले दिएको मत कायम राख्न सकेनौँ । पार्टी एकताबद्ध भएन,’ दाहालले भने, ‘हामी धेरै कुरा सम्झेर आएका छौँ । अब तपाईँहरूले पनि २०६४ साल सम्झिदिन अपिल छ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नो स्वार्थका लागि अन्टसन्ट बोलिरहने मान्छे’ भन्दै टिप्पणी गरेका छन्।
नुवाकोटस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी जग्गा राजनीतिक शक्तिका आडमा कब्जा गर्न खोजिएको भन्दै त्यसलाई सरकारको नाममा ल्याउनुपर्ने भनी मुचुल्का गरिएको छ।
‘हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ,’ दाहालले भने, ‘हामी बदलिन चाहन्छौँ । जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ ।’
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउने उदेश्यका साथ पार्टीले खबरदारी सभा गर्ने भएकाले तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिए।