शेरा दरबार जग्गा प्रकरण : १६४ रोपनी सरकारको नाममा ल्याउन मुचुल्का
१७ पौष २०८१
•
६ मिनेट पाठ
शेरा दरबार जग्गा प्रकरण : १६४ रोपनी सरकारको नाममा ल्याउन मुचुल्का
नुवाकोटस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी जग्गा राजनीतिक शक्तिका आडमा कब्जा गर्न खोजिएको भन्दै त्यसलाई सरकारको नाममा ल्याउनुपर्ने भनी मुचुल्का गरिएको छ। स्थानीयले ऐतिहासिक दरबार क्षेत्रले चर्चेको जग्गा सरकारका नाममा हुनुपर्ने भनी आवाज उठाएकाले मालपोत कार्यालय नुवाकोटले भूमि सुधार विभाग तथा भूमि व्यवस्था मन्त्रालयमा सोहीअनुसारको मुचुल्का गरेर पठाएको हो।




मालपोत कार्यालयले मंसिर १७ गते सो मुचुल्का मन्त्रालय र विभागमा पठाएको हो। ‘शेरा दरबारले चर्चेको जग्गा सरकारी निकायबाट छानबिन गरी सरकारका नाममा ल्याउन यो सहीछाप गरेका छौं,’ स्थानीयको सहीछापसहितको मुचुल्कामा यस्तो उल्लेख छ। मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सरकारी जग्गा हदबन्दीमै कम्पनी रजिस्ट्रारको कार्यालयबाट सेयर खरिद कारोबार भएको थियो। अन्नपूर्ण फार्मिङका नाममा रहेको सो जग्गा मालपोत कार्यालयले हदबन्दीमा राखेको देखिए पनि कम्पनी रजिस्ट्रारको कार्यालयबाट कारोबार गरेको देखिन्छ। ‘जग्गाको कारोबार भएको देखिँदैन। सेयरको कारोबार भएको देखिन्छ। जग्गा अन्नपूर्ण फार्मिङको नाममा छ,’ नुवाकोटका मालपोत अधिकृत मीनबहादुर भट्टराईले टेलिफोनमा भने। यो विषय माथिल्लो निकायको भएकाले नुवाकोटबाट केही पनि जानकारी दिन नमिल्ने पनि बताए।

हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने प्रक्रियाको सुरुआत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला अघि बढेकाले कम्पनी रजिस्ट्रारको कार्यालयले सिधै सेयर कारोबारका लागि अनुमति दिएको थियो। २०७३ सालमा दाहाल प्रधानमन्त्री भएका बेला अन्नपूर्ण फार्मिङका नाममा लालपुर्जा रहेको जग्गाको हदबन्दी छुटका लागि भूमिसुधार विभागबाट मन्त्रालयमा पुगेको पत्रलाई समेत आधार मानेर २०८० सालमा सबै सेयर विकेश श्रेष्ठले आफ्नो नाममा ल्याएका थिए। तर नुवाकोट मालपोत कार्यालयले त्यतिबेला अन्नपूर्ण फर्मिङको मात्र होइन, अन्य जग्गाहरूको पनि हदबन्दी छुट दिनुपर्ने माग आएकाले त्यसम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्ने राय दिएपछि रोकिएको थियो। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश भट्टले यो विषयमा कुनै जानकारी दिन चाहेनन्। ‘सामान्य छलफल चलेको हुन सक्छ, अहिले त्यस विषयमा कुनै जानकारी दिनुपर्नेजस्तो निर्णय भएको छैन,’ उनले भने। 

२०७३ असारमा कानुनी रूपमा प्रवेश गरेका विकेश श्रेष्ठलाई सो जग्गा हदबन्दीमा रहेको जानकारी भएको प्राप्त प्रमाणबाट देखिएको छ। दाहाल प्रधानमन्त्री हुने बेलामा उनी कम्पनीमा प्रवेश गरेको त्यसअघि भूमिसुधार विभागबाट हदबन्दी छुटको पत्र पठाई २०७३ भदौमा भूमिसुधार मन्त्रालयले हदबन्दी छुटका लागि परामर्श गर्नुका साथै छुट दिने प्रक्रिया अघि बढाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा देखिएको छ। सिआइबीको अनुसन्धानले जग्गाको नापी प्रक्रिया नै गलत रहेको ठहर गरेको छ। ‘जसरी नापी भयो, त्यसमा नै गलत मनशाय राखेको देखिन्छ, जसले गर्दा १६४ रोपनी जग्गा नै सरकारको नाममा हुनुपर्नेछ,’ सिआइबीको अनुसन्धानमा उल्लेख भएको विषयलाई उद्धृत गर्दै मन्त्रालयका एक कर्मचारीले भने। 

पछिल्लो पटक भूमि व्यवस्था मन्त्रालयले सिआइबीकै सिफारिसको आधार लिएर एक सय ६४ रोपनी १३ आना तीन पैसा एक दाम क्षेत्रफल (आलिकान्लासहित एक सय ७५ रोपनी आठ आना दुई दाम र आसपासको गरी अर्को नौ रोपनी गरी हाल १८४ रोपनी) को जग्गा २०३५ सालमा नापी हुँदा गौरीशंकर फार्मिङ प्रालिको नाममा कायम भएको तथ्यमा टेकेर सरकारका नाममा ल्याउन प्रक्रिया सुरु गरेको छ। 

सोही जग्गाको दर्ता स्रेस्तामा २०४४ असार ११ को निर्णयअनुसार सो प्रालिको सट्टामा अन्नपूर्ण फार्मिङ प्रालि कायम गरेको भनेर २०४४ असार १८ को मितिमा उल्लेख छ। सो अन्नपूर्ण फार्मिङ प्रालीका नाममा कायम भएको ती जग्गाहरू विदुर नगरपालिका–२ स्थित कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालिका नामबाट उक्त प्रालिको खरिदबिक्री भएर रानीको दरबारका रूपमा रहेका जग्गाहरूको प्रालिसँगै कारोबार भएको पाइएको मालपोत कार्यालयबाट प्राप्त भएका कागजातलाई समेत आधार मानेको छ। दरबारसहितको फार्मिङ कम्पनीको नाममा बनाइएको जग्गा आवादी तीन कित्ता मात्र छन् भने पर्ती (सरकारी) जग्गा पाँच कित्ता रहेको छ। त्यस्तै तीन कित्तामा पोखरी, एक कित्तामा केरा र एक कित्तामा बगैंचा रहेको जग्गाधनी स्रेस्ता किताबमै उल्लेख गरी पठाइएको प्रमाणलाई आधार तयार पारिएको छ। पर्ती, पोखरी, केरा र बगैंचा भएका जग्गा स्वतः सरकारी जग्गा हुने भए पनि ती जग्गाहरूसमेत फर्मिङ प्रालिको नाममा नापी भएको पाइएपछि राज्यको सम्पत्ति दुरूपयोग भएको भूमिसुधार मन्त्रालयले थप अनुसन्धान गरी राज्यको नाममा ल्याउने तयारी गरेको हो। 

त्यसैगरी रानीको दरबारका रूपमा चर्चिएका जग्गाहरू कित्ता नं. ७९, ८० र ८१ (८१ नं. को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बनाइएको) हुन्। हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा करिब २० रोपनी जग्ग्गा बिक्री गरेको पाइएको छ। ती जग्गाधनीहरूले ८१ नं. को कित्ता टुक्र्याएर वर्षा बस्नेतका दाइ तादी गाँउपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने वसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते नौ आना जग्गा पाँच लाख रूपैयाँमा बिक्री गरेको पाइएको छ। ८१ नम्बरको कित्ताबाट टुक्र्याएपछि बाँकी ६ रोपनी जग्गा बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा किता नं. १७५३ बनाएर राखिएको छ। उक्त जग्गा खरिद गर्ने वसन्तबहादुर बस्नेत भन्ने व्यक्ति कानुन व्यवसायी हुन्। उनले आफूलाई नेकपा एकीकृत समाजवादीका जिल्ला नेताका रूपमा समेत चिनाउने गरेका छन्। 

कित्ता नं. ७९, ८० र ८१ मा रहेका जग्गाहरूमा हेलेन शाहले बस्न बनाएको सुविधासम्पन्न आवासीय १० कोठा रहेको एकतले संरचना, दरबार सुरक्षार्थ नेपाली सेना बस्न २०२८ सालमा बनाएको सैनिक आवास ब्यारेकका पाँच कोठा, गाडी राख्न बनाएको ग्यारेजसहितको संरचना रहेका ती केही प्रयोगमा रहे पनि केही जीर्ण छन्। रानीको दरबारका रूपमा परिचित शेरा दरबारलाई २०५९ पुस १२ गते माओवादीले आगो लगाइदिएर क्षति पुर्‍याइदिएको थियो। माओवादीले दरबारमा आगो लगाउने समयमा दरबार रेखदेखका लागि स्थानीय ज्ञानकुमार डंगोलको परिवार दरबारभित्रै बस्दै आएको र आगलागीबाट उनीहरूको सबै धनसम्पत्तिसहित दरबारमा क्षति पुगेको थियो। 

दरबार हाल भग्नावशेषको अवस्थामा छ। अहिले सो जग्गाको स्वामित्व अन्नपूर्ण फार्मिङमा छ। त्यसको सञ्चालक र बहुमत सेयरधनी विकेश श्रेष्ठ हुन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै स्वकीय सचिवालय सदस्य र माओवादीका चुनवाङ बैठकबाट ९५ जना केन्द्रीय सदस्य हुँदा पनि विकेश केन्द्रीय सदस्य भएको तथा भूमिगत रूपमै माओवादीमा क्रियाशील व्यक्तिका नाममा त्यो फार्मिङ हुनुले धेरै हदसम्म माओवादी अध्यक्षको परिवारको संलग्नता रहेको नुवाकोट शेराका स्थानीयको दाबी छ। दाहालले श्रेष्ठसँग आफ्नो कुनै सम्पर्क नभएको भने पनि दाहाल प्रधानमन्त्री भएका बेला अन्तिम सेयर कारोबार भएको मात्र देखिँदैन, पछिल्लो पटक उनी श्रेष्ठका छोरा मनोबलको विवाह भोजमा २०८० जेठ १ गते सरिक भएको तस्बिरसमेत बाहिर आएको छ।
अर्को समाचार
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
०२ साउन २०८२
•
१ मिनेट पाठ
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हेटौंडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  




आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए।  

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।  

उनले सरकारी उद्योग, कलकारखानाको पुनर्संरचना र सुधारका लागि माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैं साथमा रहने विश्वास दिलाए।  

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ।  

टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमलगायत ट्रेड युनियनका नेताहरू सहभागी थिए। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस