उनले लेखेका छन्, ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना-यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो। आज...
दही भन्ने बित्तिकै भक्तपुरको जुजुधौ र चिउरा भन्ने बित्तिकै बोडेको टिगनीको याद आउँछ। परम्परागत ढङ्गबाट बन्दै आएका दही र चिउराले सिङ्गो मुलुकमा लोकप्रिय थियो।
धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।