आज फागुन १५ गते। आज पोखरामा चार दिनसम्म चल्ने नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदैछ। आजैबाट काठमाडौंमा साहित्यकै सेरोफेरोमा केन्द्रित काठमाडौं उत्सव र विराटनगरमा कोसी विचार उत्सव पनि हुँदैछ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले हालै प्रकाशन गरेको प्रतिवेदनले नेपालमा कृषि क्षेत्र निरन्तर घट्दो र वन तथा बुट्यान क्षेत्र रहेको तथ्यांक प्रस्तुत गरेको छ।