बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्, मनले त मान्दैन होला, तैपनि खोल्दै नखोल्नुस्।
रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार, मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्।
बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन,लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन। जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र! जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।
हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ,धेरै कला जानेकोले कुरा बटार्न पनि
सक्छ। अन्धभक्त भई विश्वासमा नपर्नुस् कसैको, विश्वासको नाम दिई अन्धकारमा लघार्न पनि सक्छ।
बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन,मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन।
थाहा हुँदैन अघाएकालाई भोकाको पीडा, साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।
सडक खुलाजस्तै छ। बेलाबेलमा भेटिएका छन् मालबाहक ट्रकहरू। साना गाडीहरू फाट्टफुट्ट मात्र। केही किलोमिटर यात्रा गरेपछि देखिन्छन् टाढैबाट देखिने सडकमाथि राखिएका हरिया बोर्डहरू।