विश्वकपको ढोका नजिक महिला क्रिकेट, घरेलु मैदानमा इतिहास रच्न अन्तिम कसरत
२८ पौष २०८२
•
४ मिनेट पाठ
विश्वकपको ढोका नजिक महिला क्रिकेट, घरेलु मैदानमा इतिहास रच्न अन्तिम कसरत
नेपाली क्रिकेट इतिहासमै कोसेढुङ्गा साबित मानिएको ‘आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट’ प्रतियोगिता सन्निकट आइपुगेको छ।




आगामी माघ ४ गतेदेखि काठमाडौंमा सुरु हुने यस प्रतियोगिताका लागि अहिले आयोजक राष्ट्र नेपालसहित सहभागी अन्य राष्ट्रहरूले अन्तिम चरणको तयारी तीव्र पारेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को क्यालेन्डर अनुसार नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो।

यस ग्लोबल छनोट प्रतियोगितामा आयोजक नेपालसहित विश्वका विभिन्न महादेशबाट छनोट भएर आएका कुल १० राष्ट्रले सहभागिता जनाउँदै छन्। जसमा तीन ‘टेस्ट’ मान्यता प्राप्त राष्ट्रहरू पनि छन्। 

सहभागी टोलीहरू काठमाडौं ओर्लिने र अभ्यासमा जुट्ने क्रम जारी छ। केही टोलीहरू नेपाल आइसकेका छन् भने केही आउने क्रममा छन्।

अहिले विदेशी टोलीहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा अभ्यास खेल तथा प्रशिक्षणमा व्यस्त देखिएका छन्।

नेपाली राष्ट्रिय महिला टोली पनि घरेलु मैदानको फाइदा उठाउँदै उच्च मनोबलका साथ बन्द प्रशिक्षणमा व्यस्त छ। प्रतियोगिताको मिति नजिकिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले व्यवस्थापकीय तथा प्राविधिक तयारीलाई पूर्णता दिएको जनाएको छ।

May be an image of text
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारीहरू लगभग सकिएको छ।

‘नेपाल क्रिकेट संघले आइसीसीको हालसम्मकै ठूलो प्रतियोगिता आयोजना गर्दैछ। यसअघि नै नेपाललाई महिला टी–२० विश्वकप ग्लोबल छनोटको आयोजना अधिकार दिइएको थियो,’ प्रवक्ता लामाले भने, ‘ग्लोबल छनोट सुरु हुन अब केही दिन मात्र बाँकी छ। यसका लागि क्यानले भौतिक पूर्वाधारदेखि व्यवस्थापकीय पाटोका सबै तयारी सकेको छ।’

यसअघि नेपालले पुरुषतर्फका विभिन्न द्विपक्षीय तथा त्रिकोणात्मक शृङ्खला र डिभिजन स्तरका प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

यद्यपि, महिला क्रिकेटको विश्वकप छनोटजस्तो ‘मेगा इभेन्ट’ आयोजना गर्नु नेपालका लागि ठूलो परीक्षा पनि हो। प्रवक्ता लामाले यसलाई चुनौतीभन्दा पनि ठूलो अवसरका रूपमा लिएको बताए।

‘हामीले महिला ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्न गइरहँदा एकदमै गर्व महसुस भइरहेको छ। आइसीसीले क्यानको विगतका गतिविधि र क्षमता हेरेर नै यो ठूलो जिम्मेवारी सुम्पिएको हो,’ लामाले थपे, ‘यसले भविष्यमा नेपालले योभन्दा पनि ठूला प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने सन्देश विश्वसामु दिने हाम्रो लक्ष्य छ।’

May be an image of soccer, football and text
प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। प्रवक्ता लामाले दुवै मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार रहेको दाबी गरेका छन्।

‘त्रिवि र मूलपानी दुवै मैदानमा यसअघि पनि थुप्रै अन्तर्राष्ट्रिय खेलहरूको सफल आयोजना भइसकेको छ। त्रिविमा दर्शक बस्ने प्याराफिटदेखि पिचसम्मको मर्मत सम्भार भइसकेको छ। त्यस्तै, मूलपानीमा पनि लामो समयदेखि पिच र आउटफिल्डको कामहरू भइरहेको थियो, जुन अहिले सम्पन्न भएको छ,’ उनले भने।

क्यान अहिले प्रतियोगिता आयोजनाको अन्तिम चरणको ‘फिनिसिङ’ मा जुटेको छ।

कठिन समूहमा नेपाल, इतिहास रच्ने सुनौलो मौका

विश्वकपमा पुग्ने सपना बोकेको नेपाली टोली समूह ‘बी’ मा परेको छ। क्रिकेट विश्लेषकहरूका अनुसार यो समूह तुलनात्मक रूपमा निकै कठिन मानिएको छ।

नेपालले यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड्सजस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

यीमध्ये जिम्बाबे टेस्ट राष्ट्र हो भने थाइल्यान्ड र स्कटल्यान्ड महिला क्रिकेटमा स्थापित नाम हुन्। कागजमा हेर्दा यो समूहको कमजोर टोलीका रूपमा नेपाललाई आङ्कलन गरिएको भए पनि घरेलु मैदान र दर्शकको साथ नेपालको सबैभन्दा ठूलो शक्ति हुनेछ।

नेपालले आफूलाई शीर्ष ४ मा उभ्याउन सके सेमिफाइनलको यात्रा तय गर्नेछ र त्यहाँबाट विश्वकपको ढोका खुल्नेछ।

नेपाली पुरुष क्रिकेट टोलीले तेस्रो पटक विश्वकपमा स्थान बनाएर ‘वाहवाही’ बटुलिरहँदा महिला टोलीको उपलब्धि भने ओझेलमा परेको गुनासो बेलाबेलामा सुनिन्छ।

तर, यसपटक महिला टोली पहिलो पटक विश्वकपको ढोका नजिक पुगेको छ। यो अवसरलाई सदुपयोग गर्न क्यानले पनि कुनै कसर बाँकी राखेको छैन।

इतिहासमै पहिलो पटक क्यानले महिला राष्ट्रिय टोलीका लागि विदेशी मुख्य प्रशिक्षक अनुबन्ध गरेर गम्भीरता देखाएको छ।

पुरुष क्रिकेटको सफलताको छायामा रहेको महिला क्रिकेटले यस प्रतियोगितामार्फत फड्को मार्ने विश्वास गरिएको छ। कठिन प्रतिद्वन्द्वी भए पनि आफ्नै भूमिमा हजारौं दर्शकको हुटिङ र हौसलाबिच खेल्दा नेपाली चेलीहरूले इतिहास रच्ने र टी–२० विश्वकपको टिकट काट्ने आशा क्यान र आम नेपाली समर्थकले लिएका छन्।

May be an image of one or more people, grass and text
टी -२० ग्लोबल छनोट माघ ४ गतेदेखि सुरु हुँदै छ।
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
३१ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस