बलियो बनेर आएको विराटनगरलाई दर्शकको ‘झिलिमिली’ साथ
०६ मंसिर २०८२
•
४ मिनेट पाठ
बलियो बनेर आएको विराटनगरलाई दर्शकको ‘झिलिमिली’ साथ
शनिबार साँझ घाम अस्ताएसँगै चिसो सिरेटो बढिरहँदा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको माहोल भने तातिएको थियो।




विराटनगर किङ्स लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको थियो। तब प्याराफिटमा उपस्थित हजारौँ दर्शकले एकसाथ आ–आफ्नो मोबाइलको ‘फ्ल्यास लाइट’ बाले। वरिपरि डाँडाले घेरिएको अन्धकारमा हजारौँ बत्तीहरू एकसाथ बल्दा लाग्थ्यो, आकाशका ताराहरू कीर्तिपुरको मैदानमा ओर्लिएका हुन्।

May be an image of text
यही ‘जुगनू’ जस्तै चम्किएका हजारौँ दर्शकको साथ र समर्थनको उज्यालोबिच यस सिजन निकै बलियो बनेर आएको विराटनगर किङ्सले काठमाडौं गोर्खाजलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो।

दर्शकको ‘फ्ल्यास लाइट’ र विराटनगरको ‘फाइट’

पहिलो संस्करणमा बिर्सन्न लायक प्रदर्शन गरेको विराटनगरले दोस्रो संस्करणमा भने दर्शकको मन र मैदानको नतिजा दुवै जितिरहेको छ।

शनिबारको ‘सुपर स्याटरडे’ मा दर्शकले मोबाइलको लाइट बालेर ‘विराटनगर... विराटनगर...’ को नारा लगाउँदा क्रिजमा रहेका विदेशी स्टार जर्ज मुन्सी र मार्टिन गप्टिलको ब्याट पनि चम्कियो।

May be an image of one or more people, crowd and text that says 'आयो पुर्वेली मवानमा। Ncell HULAS कोशीको पहिचान! হাস हाम्रो HULAS siddhartha* #Lety LNPIE NEPALE LFREMERE อะตร Ncell HULAS MY A HULAS पर्वली KULAS CAPTAIN SAND CAPTAIN SANDY हন'
काठमाडौं गोर्खाजले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमै पूरा गर्‍यो। ओपनर जर्ज मुन्सीले १६ बलमै ३६ रनको विष्फोटक पारी खेल्दै दर्शकको उत्साहलाई थप उचाईमा पुर्‍याएका थिए। मार्टिन गप्टिल २५ र नरेन भट्ट २४ को साथले विराटनगरले सहज जित निकाल्यो।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौं गोर्खाजको सुरुवात भने दर्शकको उत्साह जस्तो चम्किलो हुन सकेन। विराटनगरका तीव्र गतिका बलर मर्चेन्ट डी लांगेको आगो ओकल्ने बलिङसामु काठमाडौंको टप अर्डर धर्मरायो। २९ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा काठमाडौंका आदिल आलमले इनिङ सम्हाल्ने प्रयास गरे।

दर्शकको बाक्लो उपस्थितिका बिच दबाबमा खेलेका आदिलले अविजित ४८ रन बनाए पनि टोलीलाई जिताउन त्यो पर्याप्त भएन। आदिलले खेलपछि स्वीकार गरे, ‘हामी पावरप्लेमा चुकिरहेका छौँ, तर यत्रो क्राउड र प्रेसरमा खेल्न पाउनु एउटा सिकाइ हो।’

यस सिजन विराटनगर किङ्सले आफूलाई ‘कम्ब्याक किङ’ को रूपमा स्थापित गरेको छ। गत मंगलबार मात्रै एनपिएल इतिहासकै सर्वाधिक २२० रन बनाएर कीर्तिमान रचेको विराटनगरले शनिबार पनि ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्‍यो।

खेलपछि विराटनगरका खेलाडी प्रतिश जिसीले भने, ‘दर्शकको यस्तो साथले मनोबल उच्च बनाउँछ। हामीले ब्याटिङमा राम्रो सुरुआत पायौँ र यो जितले अंक तालिकामा हामीलाई बलियो बनाएको छ।’

यसैबिच, शनिबारकै पहिलो खेलमा कर्णाली याक्सका मार्क वाटले एनपिएल सिजन–२ को पहिलो शतक प्रहार गर्दै इतिहास रचे।

उनको ४१ बलको शतक र विराटनगरको सानदार जितले शनिबारको दिनलाई नेपाली क्रिकेट प्रेमीका लागि अविस्मरणीय बनायो।

पहिलो शतक प्रहार गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले खुसी महशुस भएकाे बताए। ‘एकदमै खुसी छु, यो मेरो व्यवसासयिक खेलेको पनि पहिलो शतक हो’ उनी मुस्कुराउँदै भन्छन्, ‘यो शतक कर्णाली याक्सलाई नै समर्पित गर्न चाहान्छु।’

उनकै शतकप्रेरित कर्णालीले जारी एनपिएलमा पहिलो जित निकालेको हो। 

जित र अर्धशतक दुवैबाट बञ्चित रोहित र आदिल

शनिबारका दुवै खेलमा पराजित टोलीका तर्फबाट दुई जुझारु पारी देख्न पाइयो। तर दुर्भाग्यवश दुवै ब्याटर व्यक्तिगत अर्धशतक र टोलीको जित दुवैबाट थोरैले चुके।

पहिलो खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल अर्धशतकको संघारमा पुगेर आउट भए। टोलीको ब्याटिङ धर्मराएको अवस्थामा इनिङ सम्हालेका रोहितले ४३ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले ४९ रन बनाए। संयमित पारी खेलिरहेका उनी ५० रन पूरा गर्न मात्र १ रन बाँकी छँदा क्याच आउट हुन पुगे।

May be an image of text
त्यस्तै, दोस्रो खेलमा काठमाडौं गोर्खाजका आदिल आलम पनि अर्धशतकको नजिक पुगेर रोकिए। टप अर्डर ध्वस्त भइसकेको अवस्थामा क्रिजमा आएका आदिलले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई १३४ रनको सम्मानजनक अवस्थामा पुर्‍याएका थिए। अन्तिम ओभरसम्म टिकेका आदिल २५ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा अविजित रहे।

May be an image of text
दुवै खेलाडीले संकटको समयमा टोलीका लागि ‘वान म्यान आर्मी’ जस्तै संघर्ष गरे पनि न त उनीहरूले आफ्नो अर्धशतक पूरा गर्न सके, न त टोलीलाई हारबाट जोगाउन नै सके।

यद्यपि, उनीहरूको यो लडाकु पारीले दर्शकको मन भने जित्न सफल भयो।

सबै तस्बिर: एनपिएल
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
९ मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस