आक्रामक फ्रान्सलाई रोक्ने प्रयासमा स्विडेन
१६ असार २०८३
•
४ मिनेट पाठ
आक्रामक फ्रान्सलाई रोक्ने प्रयासमा स्विडेन
समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको युरोपेली जायन्ट फ्रान्स मंगलबार अन्तिम ३२ मा स्विडेनसँग भिड्दै जारी विश्वकपको नकआउट यात्रा सुरु गर्दै छ।




यस खेलको विजेताले अन्तिम १६ मा दाबेदारका रूपमा हेरिएको अर्को टोली जर्मनी वा पाराग्वेमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने समीकरण छ। प्रशिक्षक डिडिएर डेसच्याम्प्सको फ्रान्स समूह ‘आई’ मा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रह्यो। सेनेगल, इराक र नर्वेलाई हराएको फ्रान्सले सन् १९९८ को विश्वकपपछि पहिलोपल्ट कुनै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा समूहचरणका सबै खेल जित्यो। डेसच्याम्प्सका लागि यो सुखद संकेत पनि हो। सन् १९९८ मा उनी नै फ्रान्सका कप्तान थिए। उत्तर अमेरिकामा जारी यस संस्करणमा फ्रान्सको आक्रामक खेललाई रोक्ने टोली को बन्नेछ भन्ने चासो सबैको छ। फ्रान्सले आफ्ना पछिल्ला चार विश्वकप खेलमा कम्तीमा तीन गोल गर्दै आएको छ।  

स्विडेनविरुद्ध पनि तीन वा सोभन्दा बढी गोल गरे फ्रान्स विश्वकप इतिहासमा लगातार पाँच खेलमा तीन गोल गर्ने पहिलो टोली बन्नेछ। किलियन एमबाप्पे र उसमान डेम्बेलेले यस विश्वकपमा समान चार गोल गरिसकेका छन्। यी  दुई फ्रान्सका सर्वाधिक गोलकर्ता हुन्। शुक्रबार नर्वेमाथि ४–१ को जितमा डेम्बेलेको ह्याट्रिकले फ्रान्सलाई समूहविजेता बनाएको हो। यी दुईबीच तालमेल पनि उत्कृष्ट देखिएको छ। विश्वकपमा उनीहरूबिच पाँच गोलमा प्रत्यक्ष संयोजन भइसकेको छ। एमबाप्पेले डेम्बेलेका लागि दुई गोलको अवसर सिर्जना गरेका थिए। डेम्बेलेले पनि एमबाप्पेका लागि तीन गोलको अवसर बनाइदिएका थिए। दुई गोल सन् २०२२ को विश्वकपको हो। सन् १९६६ यता विश्वकप इतिहासमा कुनै पनि जोडीबिच पाँच गोलको यो राम्रो संयोजन पनि रह्यो।

पोल्यान्डका आन्द्रेज सार्माख र ग्रेगोर्ज लाटो तथा जर्मनीका मिरोस्लाभ क्लोज र माइकल बालाकको जोडीसँग बराबरी रहेको यो कीर्तिमान फ्रान्सका एमबाप्पे र डेम्बेलेले निर्माण गरेका हुन्। उनीहरूसँग स्विडेनविरुद्ध नयाँ उचाइमा पुर्‍याउने अवसर हुनेछ। एमबाप्पे र डेम्बेलेसँगै माइकल ओलिसे र डिजिरे डुएको उपस्थितिले फ्रान्सको आक्रमण थप बलियो देखिन्छ। सन् १९९८ मा विश्वकपयता फ्रान्सले १८ नकआउट खेलमध्ये १५ मा जित  

निकाल्दै ८३ प्रतिशत सफलता पाएको इतिहास छ। यस अवधिमा फ्रान्स तीनपल्ट नकआउट चरणबाट बाहिरिएको छ। सन् २००६ को फाइनलमा इटालीसँग १–१ को बराबरीपछि फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो।  

सन् २०१४ को क्वार्टरफाइनलमा जर्मनीसँग १–० ले र सन् २०२२ को फाइनलमा अर्जेन्टिनासँग ३–३ को बराबरीपछि पेनाल्टीमा ४–२ ले फ्रान्सले नतिजा गुमाउनुपरेको थियो। प्रशिक्षक ग्राहम पोटरको स्विडेनले फ्रान्सलाई कडा चुनौती दिने आशा गरिएको छ। तर समूह ‘एफ’ मा यो टोलीले उत्कृष्ट गर्न भने सकेन। नेदरल्यान्ड्स र जापानपछि तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगे पनि स्विडेन फ्रान्सलाई स्तब्ध पार्ने योजनामा हुनेछ। समूह चरणमा भिक्टर ग्योकेरेस स्विडेनका सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनले ११ पटक प्रहार र आठ गोलका अवसर सिर्जना गरे। सन् १९६६ यता विश्वकपको एउटै संस्करणमा १० भन्दा बढी प्रहार र १० भन्दा बढी अवसर सिर्जना गर्ने स्विडेनका खेलाडी नै हुन्।

सन् १९७४ का राल्फ एडस्ट्रोम र सन् १९९४ का टोमास ब्रोलिनले यो सफलता पाएका थिए। विश्वकपअघि धेरैको ध्यान ग्योकेरेस र अलेक्जान्डर इसाकमा केन्द्रित थियो।  तर, यासिन अयारीले दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण योगदान दिँदा एन्थोनी एलाङ्गाले पनि उत्कृष्ट लय समातेका छन्। एलाङ्गाले नेदरल्यान्ड्स र जापानविरुद्ध लगातार दुई खेलमा गोल गरेका छन्। फ्रान्सविरुद्ध  गोल गरे उनी विश्वकपमा लगातार तीन खेलमा गोल गर्ने अर्का स्विडिस हुनेछन्। आर्ने निबर्ग (१९३८), कुर्ट रोलान्ड हाम्रिन (१९५८), मार्टिन डाहलिन (१९९४) र केनेट एन्डरसन (१९९४) ले यो उपलब्धि पाएका थिए। स्विडेनका खेलाडी पनि लयमा रहेकाले डेसच्याम्प्सले युरोपेली प्रतिद्वन्द्वीलाई सहज रूपमा लिने छैनन्।

स्विडेनले समूहचरणमा सात गोल गरेको थियो। जुन विश्वकपको एउटै समूह चरणमा टोलीले गरेको सर्वाधिक गोल हो। साथै, सन् १९९४ मा कुल १५ गोल गरेयता विश्वकपमा यो उसको उत्कृष्ट गोलसंख्या पनि हो। पोटरको टोली पनि यस अवसरबाट डराउने अवस्थामा छैन। स्विडेन आठौंपल्ट विश्वकपको नकआउट चरणमा पुगेको छ। यसअघिका सात सहभागितामध्ये पहिलो नकआउट चरणमा उसले दुई पटक मात्र हार बेहोरेको छ। सन् २००२ मा सेनेगलसँग २–१ र सन् २००६ मा जर्मनीसँग २–० ले पहिलो चरणमै स्विडेन पराजित भएको थियो। फ्रान्स र स्विडेनबिच सबै प्रतियोगितामा यो २४औं भेट हुनेछ। कुल २३ खेलमध्ये फ्रान्सले १२ र स्विडेनले ६ खेल जितेका छन्। पाँच खेल बराबरीमा सकिएका छन्। प्रमुख प्रतियोगितामा भने यी दुईबीच यो भेट तेस्रो मात्र हो।

विश्वकपमा पहिलोपल्ट आमनेसामने हुन लागेका हुन्। पछिल्लोपटक युरो २०१२ मा भेट हुँदा स्विडेनले फ्रान्सलाई २–० ले स्तब्ध बनाएको थियो। त्यसअघि सन् १९९२ को युरोपियन च्याम्पियनसिपमा दुवै टोली १–१ को बराबरीमा रोकिएको इतिहास छ। डेसच्याम्प्स आफ्ना खेलाडीले अर्को चरणमा स्थान बनाउने विश्वासमा छन्। किनभने फ्रान्सले विश्वकपमा युरोपेली टोलीविरुद्ध पछिल्ला लगातार ६ खेल जितेको छ। एक तथ्यांक विश्लेषणले पनि फ्रान्सलाई बलियो दाबेदार मानेको छ। ७५.१ प्रतिशत फ्रान्सले निर्धारित ९० मिनेटभित्रै जित निकाल्ने अनुमान छ। यो अनुमान स्विडेनको ९.५ प्रतिशत मात्र छ। १५.४ प्रतिशत अतिरिक्त समय वा पेनाल्टी सुटआउटसम्म पुग्ने अनुमान गरिएको छ।
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
७ मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस