प्रधानमन्त्री
१७ चैत्र २०८२
•
३ मिनेट पाठ
प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० दिने प्राथमिक कार्यसूचीमा खेलकुद क्षेत्र नअटाएपछि नेपाली खेलकुद जगत आश्चर्यमा पर्‍यो।




पदभार ग्रहण गरेको दोस्रो दिनमै सरकारले ल्याएको प्राथमिकता सूचीमा शिक्षा, स्वास्थ्य, कलकारखाना र ऊर्जाजस्ता विषय समेटिएका छन्। तर, युवापुस्तामाझ लोकप्रिय र स्वयं प्रधानमन्त्रीको रुचिको क्षेत्र मानिएको खेलकुद यो सूचीमा परेको छैन।

पछिल्लो समय नेपाली खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छाडिरहेको छ। पुरुष क्रिकेट, महिला फुटबल, पारा खेलकुद, खोखो र कबड्डीजस्ता खेलले नेपालको आशालाग्दो भविष्य देखाइरहेका छन्।

यस्तो अवस्थामा खेलकुदलाई माथि उकास्न नयाँ सरकारले विशेष प्राथमिकता दिने अपेक्षा खेलकर्मीको थियो। युवा र खेलप्रेमी प्रधानमन्त्रीको नेतृत्व आउँदा पनि खेलकुद सय वटा प्राथमिकतामा नपर्नुलाई कतिपयले पुरानै शैलीको निरन्तरता समेत भन्न भ्याए।

प्राथमिकता सूचीमा नपरे पनि खेल क्षेत्रका अगुवाहरू भने नयाँ सरकारप्रति आशावादी नै देखिएका छन्। ओलम्पियन दीपक विष्टले अहिल्यै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन्।

‘अहिलेको युवा सरकार आउनुभएको छ। हाम्रो नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह आफैं खेलप्रेमी हुनुहुन्छ,’ विष्टले भनेका छन्, ‘खेल क्षेत्र पनि सय कार्यक्षेत्रमा अटाउनुपर्ने त हो, तर उहाँहरूले यसबारेमा केही सोचिरहनुभएको होला। अहिले नै आत्तिनुपर्ने केही छैन।’

काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा शाहले खेलकुदमा देखाएको चासो र बेलाबेला मैदानमै पुगेर खेलाडीको मनोबल बढाउने शैलीका कारण पनि खेलाडीहरू सकारात्मक छन्।

फुटबलर विशाल श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्री काठमाडौं महानगरपालिकामा नियुक्त भएर आएदेखि खेल क्षेत्रलाई राम्रो गर्नुभएको छ। हामी खेलाडीहरू आशवादी छौं, उहाँले अब आगामी दिनहरूमा खेल क्षेत्रलाई थप राम्रो गर्नुहुन्छ भन्ने छ।’ सय सूचीमा खेलकुद नपर्नु दुःखद भए पनि आगामी दिनमा यसले उचित स्थान पाउनेमा उनी विश्वस्त छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सरकारको पहिलो प्राथमिकतामा नपरे पनि खेलकुदले पछि ध्यान पाउने दाबी गरेका छन्।

‘अहिलेको नयाँ सरकारमा सबै जना युवाहरू हुनुहुन्छ। उहाँहरूले कार्यसूचीको पहिलो प्राथमिकतामा खेलकुद क्षेत्रलाई नराखे पनि यस क्षेत्रलाई ध्यानमा राख्ने कुरामा हामी आशावादी छौँ,’ चन्दले बताएका छन्।

यतिबेला नेपाली खेलकुदको मुख्य समस्या खेलाडीको विदेश पलायन हो। वर्षभरि पर्याप्त प्रतियोगिता नहुनु, प्रतियोगिता भइहाले पनि तोकिएको पुरस्कार समयमा नपाउनु र पूर्वाधारको अभाव हुनु मुख्य चुनौती हुन्।

खेल खेलेरै बाँच्न सक्ने अवस्था नहुँदा विशेषगरी फुटबल लगायतका खेलाडीहरू विदेशिन बाध्य छन्। क्यान अध्यक्ष चन्दका अनुसार पूर्वाधार निर्माण, खेलाडीको उपचार र पुरस्कार रकमको सुनिश्चितता नयाँ सरकारको नजरमा पर्नु आवश्यक छ।

विकसित मुलुकमा शिक्षा र स्वास्थ्यसँगै खेलकुदका लागि छुट्टै र स्पष्ट नीति हुने गरे पनि नेपालमा भने त्यसको अभाव छ। यद्यपि, सरकारले तत्काल आफ्नो १०० दिने कार्यसूचीमा नराखे पनि भौतिक पूर्वाधार र खेलाडीको भविष्य सुनिश्चित गर्ने विषयमा प्रधानमन्त्री शाहले छिट्टै कदम चाल्ने अपेक्षा समग्र खेलकुद जगतले राखेको छ।
अर्को समाचार
प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता
३० असोज २०७३
•
५ मिनेट पाठ
प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र  चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता
तस्बिर:प्रधानमन्त्रीकाे सचिवालय
गोवा–प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटबार्ता भएको हो।




दाहालले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए

भेट बार्तामा प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकलाई जानकारी गराएका थिए। ‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, प्रधानमन्त्री दाहालले भने, ‘हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं। मैले भेटमा रणनीतिक साझेदारीबारे विषय महत्व दिएर कुरा राखें। भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो।’

भेटमा दाहालले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए। प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए।

भेटका अवसरमा चिनियाँ राष्ट्रपति पिङले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताए। राष्ट्रपति सीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको मुद्दा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको बताए। राष्ट्रपति सीले चीन र भारतबीचको सम्बन्ध समदूरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गरे।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताउनुभयो । सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी दिएका थिए।

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपतिको भेटपछि भएको त्रीपक्षीय बार्ताले नेपाल, भारत र चीनबीच युगिन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्नसक्ने प्रधानमन्त्री दाहालले बताए। ‘नेपाल जसरी भारत र चीनको बीचमा छ, बार्ताको क्रममा पनि भारत र चीनका बीचमा नेपाल थियो । हाम्रो छलफल निकै सौहार्द रह्यो,’ प्रधानमन्त्रीले भने, ‘नेपालले उठाएको रणनीतिक साझेदारीको प्रस्तावमा दुवै नेताहरु उत्साहित भएर समर्थन गर्नुभएको छ ।’
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस