विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा दिन प्रतिदिन रोमाञ्चक बन्दै गएको छ।
दुई खेलपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पाँच गोलसहित शीर्ष स्थानमा छन् भने फ्रान्सका केलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड समान चार–चार गोलसहित पछ्याइरहेका छन्।
विश्वकप इतिहासमा दुई खेलपछि तीन खेलाडीले चार वा सोभन्दा बढी गोल गरेको यो सन् १९५४ पछिको पहिलो पटक हो। प्रतियोगिताको सुरुआती चरणमै विश्व फुटबलका चर्चित स्ट्राइकरहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
अस्ट्रियाविरुद्ध दुई गोल गर्दै मेस्सीले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान बनाएका छन्। यता, इराकविरुद्ध फ्रान्सको जितमा एमबाप्पेले पनि दुई गोल गर्दै आफ्नो चुनौती बलियो बनाए। त्यसपछि हालान्डले सेनेगलविरुद्ध दुई गोल गर्दै नर्वेलाई अन्तिम ३२ मा पुर्याए।
कीर्तिमानको वर्षा
३८ वर्षीय मेस्सीले २८ विश्वकप खेलमा १८ गोल गर्दै नयाँ इतिहास रचेका छन्। जारी विश्वकपमा अर्जेन्टिनाले हालसम्म गरेका सबै पाँच गोल मेस्सीकै नाममा छन्।
एमबाप्पे पनि इतिहास बनाउने अभियानमा छन्। उनले विश्वकपमा १६ गोल पूरा गर्दै जर्मनीका महान् स्ट्राइकरमिरोस्लाभ क्लोसको उपलब्धिसँग बराबरी गरेका छन्। अब फ्रान्सेली स्टार एमबाप्पेको लक्ष्य मेस्सीको रेकर्डलाई चुनौती दिनुका साथै अर्को गोल्डेन बुट जित्नु हो।
पहिलो पटक विश्वकप खेलिरहेका हालान्डले पनि प्रभावशाली सुरुआत गरेका छन्। ५२ अन्तर्राष्ट्रिय खेलमा ५९ गोल गरिसकेका २५ वर्षीय स्ट्राइकरले आफ्नो विश्वकप यात्रा पनि शानदार ढंगले अघि बढाएका छन्।
केन पनि दौडमा
इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले पनि गोल्डेन बुट दौडमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन्। उनले इङ्ग्ल्यान्डका पूर्वकप्तान ग्यारी लिनेकरको विश्वकप गोल रेकर्ड बराबरी गरिसकेका छन्।
फन्टेनको ऐतिहासिक रेकर्ड चुनौतीमा
सबै दाबेदारको नजर अहिले फ्रान्सका जस्ट फन्टेनले सन् १९५८ मा बनाएको एउटै विश्वकपमा १३ गोलको कीर्तिमानमा छ। विश्वकप इतिहासमा फन्टेन, जर्मनीका गर्ड मुलर र १९५४ मा हंगेरीका स्यान्डर कोसिस मात्र यस्ता खेलाडी हुन् जसले एउटै संस्करणमा दोहोरो अंकको गोल संख्या पार गरेका छन्।
४८ टोलीको नयाँ विश्वकप ढाँचाले खेलाडीहरूलाई थप खेल र थप गोल गर्ने अवसर दिएको छ। त्यसैले यसपटक नयाँ रेकर्डहरू बन्ने सम्भावना पनि उच्च देखिएको छ।
गोल्डेन बुट कसले जित्ला ?
हालको अवस्थाले मेस्सी, एमबाप्पे, हालान्ड र केनबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ। अनुभव, क्षमता र निरन्तरताका हिसाबले मेस्सी अझै अग्रपंक्तिमा देखिए पनि एमबाप्पे र हालान्डको विस्फोटक फर्मले दौडलाई खुला बनाएको छ।
विश्व फुटबलका यी सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले विश्वकपलाई अझ रोमाञ्चक बनाएको छ।
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ। क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। २ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...