परिपक्व मोरक्कोलाई क्यानडाको चुनौती
२० असार २०८३
•
२ मिनेट पाठ
परिपक्व मोरक्कोलाई क्यानडाको चुनौती
सहआयोजक क्यानाडाले फिफा विश्वकपको अन्तिम १६ मा शनिबार ह्युस्टनमा मोरक्कोको चुनौती सामना गर्दै छ।




दुवै टोली नाटकीय जितसहित यस चरणमा पुगेका कारण यो खेल प्रतियोगिताकै सबैभन्दा रोचक भेटमध्ये एक बन्ने अपेक्षा गरिएको छ। य‍ो जारी विश्वकपको पहिलो प्रिक्वार्टरफाइनल प्रतिस्पर्धा पनि हो। क्यानाडाले अन्तिम ३२ मा दक्षिण अफ्रिकाविरुद्ध इन्जुरी समयमा गोल गर्दै १–० को जित निकालेको थियो। खेल अतिरिक्त समयमा जाने संकेत देखिइरहेका बेला आएको गोलले क्यानडालाई इतिहासमा पहिलोपल्ट विश्वकपको नकआउट खेल जित्ने टोली बनायो। मोरक्कोको यात्रा पनि सनसनी रह्यो। नेदरल्यान्ड्सविरुद्ध अन्तिम क्षणमा बराबरी गोल फर्काउँदै मोरक्कोले खेललाई अतिरिक्त समयमा पुर्‍याएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै ‘एटलस लायन्स’ ले क्वार्टरफाइनलतर्फको यात्रा जारी राख्यो।

मोरक्को पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो नकआउट टोलीका रूपमा स्थापित हुँदै आएको छ। विश्वकप र अफ्रिका कप अफ नेसन्सका पछिल्ला आठ नकआउट खेलमध्ये उसले छ खेल जितेको छ। जसमा तीन जित पेनाल्टी सुटआउटमार्फत आएका छन्।

नेदरल्यान्ड्सविरुद्ध मोरक्कोको प्रदर्शनले टोलीको मजबुती झन् प्रस्ट पारेको थियो। युरोपेली शक्तिशाली टोलीलाई १२० मिनेटभर केवल ०.२४ अपेक्षित गोलमा सीमित राख्नुका साथै बल नियन्त्रण र पासिङमा पनि मोरक्को पूर्ण रूपमा हाबी देखिएको थियो।

सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्को अहिले झन् सन्तुलित र परिपक्व टोलीका रूपमा देखिएको छ। यस संस्करणमा उसले प्रतिखेल औसत ८.३ प्रहार मात्र सामना गरेको छ भने विपक्षीलाई औसत ०.८ अपेक्षित गोलमा सीमित राखेको छ। यी तथ्याङ्कले मोरक्कोको रक्षापंक्ति प्रतियोगिताकै उत्कृष्टमध्ये एक रहेको संकेत गर्छ।

क्यानाडाका लागि यो अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुनेछ। समूह चरणमा बलमाथि नियन्त्रण राख्ने शैली अपनाएको क्यानाडाले दक्षिण अफ्रिकाविरुद्ध भने रणनीति परिवर्तन गर्दै प्रतिरक्षात्मक खेल प्रस्तुत गरेको थियो। मोरक्कोविरुद्ध पनि प्रशिक्षकले यस्तै संयमित रणनीति अपनाउने सम्भावना छ।

यदि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो भने मोरक्कोलाई स्पष्ट मनोवैज्ञानिक फाइदा हुनेछ। विश्वकपका पेनाल्टी सुटआउटमा मोरक्कोले सामना गरेका आठ प्रहारमध्ये विपक्षीले केवल दुई मात्र गोलमा परिणत गर्न सकेका छन्। गोलरक्षक यासिन बोनो फेरि एकपटक निर्णायक बन्न सक्ने खेलाडीका रूपमा हेरिएका छन्।

हेड–टु–हेड तथ्याङ्क पनि मोरक्कोकै पक्षमा छ। दुई टोलीबीच भएका चार भेटमा क्यानाडाले एक पनि जित निकाल्न सकेको छैन। मोरक्कोले तीन खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो। विश्वकपमा पनि मोरक्कोले यसअघि कन्काकाफ क्षेत्रका दुवै खेल जितेको अनुभव बोकेको छ, जसमा सन् २०२२ मा क्यानाडामाथिको जित पनि समावेश छ।  
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
२६ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस