ब्राजिलसँग हालान्डलाई रोक्ने विशेष योजना छैन : प्रशिक्षक एन्सेलोटी
२१ असार २०८३
•
३ मिनेट पाठ
ब्राजिलसँग हालान्डलाई रोक्ने विशेष योजना छैन : प्रशिक्षक एन्सेलोटी
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत ब्राजिलले नर्वेको सामना गर्दैछ। न्यु जर्सी रंगशालामा हुन लागेको खेल नेपाली समय अनुसार बिहान १ः४५ बजेबाट सुरु हुनेछ।




अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलले कहिल्यै नर्वेलाई हराएको छैन। ब्राजिल र नर्वेले अहिलेसम्म कुल चार अन्तर्राष्ट्रिय खेल खेलेका छन्। नर्वेले यी मध्ये दुई खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्।

नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डको फर्मलाई हेर्दा यो खेल ब्राजिलका लागि कठिन हुनेछ। हालान्डले प्रतियोगितामा पाँच गोल गरेका छन्। उनी मेस्सी र एम्बाप्पेपछि गोल्डेन बुट दौडमा तेस्रो स्थानमा छन्।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टोलीले नर्वेलाई हराएर विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने बताएका छन्। यसको लागि ‘एर्लिङ हालान्ड विरोधी योजना’ बनाउने कुनै पनि तयारी नभएको बताए।

समूह सी को शीर्ष स्थानमा रहँदै राउन्ड अफ ३२ पुगेको टोलीले जापानमाथि सङ्घर्षप्रर्ण जित निकाल्दै राउन्ड अफ १६मा स्थान बनाएको थियो।

आइतबार नर्वेसँग खेल्दा ब्राजिलले छैटौं विश्वकपको उपाधि जित्ने आफ्नो आशाको अर्को कडा परीक्षाको सामना गर्नेछ। यस खेलको विजेताले क्वाटरफाइनलमा इङ्गल्याण्ड वा सह–आयोजक मेक्सिकोसँग सामना गर्नेछ।

एन्सेलोटीले आफ्ना खेलाडीहरूले नर्वेको खेलाडीलाई रोक्न ध्यान केन्द्रित गर्नुपर्ने र हालान्डमाथि नजिकबाट निगरानी राख्नुपर्ने आवश्यकता नरहेको बताए।

‘मलाई लाग्दैन कि ‘हालान्ड विरोधी’ योजना बनाउनुपर्छ’, एन्सेलोटीले पत्रकार सम्मेलनमा भने, ‘मलाई मेरा खेलाडीहरूलाई कसरी बचाउ गर्ने भनेर बताउन आवश्यक छैन, तिनीहरू केही पटक एकअर्कासँग सामना गरिसकेका छन्।’

आफ्नो टोली उत्तम अवस्थामा रहेको बताउँदै उनले थपे,‘ सबैलाई थाहा छ कि उनी ‘हालान्ड’ कसरी काम गर्छन्। मसँग मेरा डिफेन्डरहरूलाई उनी विरुद्ध कसरी खेल्ने भनेर व्याख्या गर्न केही छैन।’

उनले थप भने,‘नर्वे एउटा चुनौतीपूर्ण टोली हो, एउटा टोली जसको संरचना छ, धेरै राम्रो संगठन छ। त्यसैले हामीले हाम्रो उत्कृष्ट स्तरमा खेल्नुपर्छ। तर मलाई लाग्छ हामी त्यस्तो समयमा छौं जब हामी हाम्रो उत्कृष्ट स्तरमा खेल्न सक्छौं। किनभने हामी आत्मविश्वासी छौं र जापान विरुद्धको चुनौतीपूर्ण अन्तिम खेलबाट बाहिर आएका छौं।’

यस्तै, ब्रुनो गुइमारेसले आक्रमण खेल्नुपर्ने बताए। उनले हालान्डलाई कुनै मौका नदिने बताए।

ब्राजिल जापानविरुद्धको खेलमा ह्यामस्ट्रिङको समस्याबाट पीडित मिडफिल्डर लुकास पाक्वेटा बिना मैदान उत्रनेछ। तर राफिन्हा मैदानमा उत्रने अपेक्षा गरिएको छ।

नर्वेका प्रशिक्षक स्टेल सोल्बाकेनले पनि आइतबार इस्ट रदरफोर्डमा हुने खेल हालान्डले ब्राजिलको सेन्टर–ब्याक गेब्रियल र मार्क्विनहोसको उत्कृष्ट साझेदारीलाई जित्न सक्छन् कि सक्दैनन् भन्ने बारेमा मात्र केन्द्रित नहुने बताए।

‘यस प्रतियोगितामा ब्राजिलसँग उत्कृष्ट डिफेन्डर जोडीहरू मध्ये एक छ, दुई खेलाडीहरू जो अन्तर्राष्ट्रिय स्तरमा शीर्ष स्थानमा छन्’, सोल्बाकेनले भने, ‘उनीहरू र एर्लिङ बीच केही कठिन द्वन्द्व हुनेछ, तर मेरो लागि यो ब्राजिलविरुद्ध नर्वे हो।’

सोल्बाककेनले थपे, ‘ब्राजिल मनपर्ने हो, अवश्य पनि। तर हामी आशावादी छौं कि हामी उनीहरूलाई खेल दिनेछौं  र हामीले हाम्रो सबैभन्दा राम्रो प्रदर्शन गर्नुपर्छ। अन्यथा हामीसँग मौका छैन।’
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
२६ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस