अर्जेन्टिनाको चुनौती बलियो रक्षापंक्ति
१९ असार २०८३
•
४ मिनेट पाठ
अर्जेन्टिनाको चुनौती बलियो रक्षापंक्ति
 विश्वकप २०२६ बाट विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा डेब्यु गरेका चार राष्ट्रमध्ये अफ्रिकाको केप भर्डे नकआउट चरणमा पुग्दै इतिहास बनाउन सफल भयो।




समूहचरणमा अपराजित रहँदै इतिहास रचेको केप भर्डेको अबको चुनौती भने विश्व फुटबलकै सबैभन्दा बलियो टोलीमध्ये एक तथा साबिक विजेता अर्जेन्टिना हो। यी दुई टोली शुक्रबार राती अमेरिकाको मियामीमा अन्तिम ३२ को रोमाञ्चक भिडन्त हुनेछ। अर्जेन्टिना र केप भर्डे दुवै यस विश्वकपमा अहिलेसम्म अपराजित छन्।  अर्जेन्टिनाले समूहचरणका तीनै खेल जित्दै शतप्रतिशत नतिजा पाएको थियो।  केप भर्डेले तीनवटै खेल बराबरी खेल्दै नकआउटमा स्थान सुरक्षित गरेको हो।  रोचक पक्ष के भने केप भर्डेको समूहमा दुई वटा पूर्वविश्वकप विजेता राष्ट्रसमेत थिए।  यद्यपि, भर्डे दुवै टोलीलाई रोक्न सफल भयो।  समूह ‘जे’ को अन्तिम खेलमा अर्जेन्टिनाले डेब्यु राष्ट्र जोर्डनलाई ३–१ ले हराउँदै आफ्नो उत्कृष्ट लय कायम राख्यो।

अल्जेरिया र अस्ट्रियामाथि पनि अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गरेको छ।  जोर्डनसँग बेन्चबाट मैदान छिरेका कप्तान लियोनेल मेसीले यस विश्वकपमा आफ्नो छैटौं गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।  विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजलाई मेसीले पछि पारिसकेका छन्।  जोर्डनविरुद्ध उनी लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बने।  ती सात खेलमा उनले ११ गोल गरेका छन्।  पछिल्ला पाँच नकआउट खेलमा पाँच गोल र चार असिस्टसहित कुल ९ गोलमा उनको प्रत्यक्ष योगदान छ।

केप भर्डेविरुद्ध पनि अर्जेन्टिनाको सबैभन्दा ठूलो हतियार सेट पिस हुन सक्छ।  केप भर्डेको रक्षापंक्ति निकै अनुशासित छ।  उसले स्पेन र साउदी अरेबियाविरुद्ध गोलरहित बराबरी खेलेको थियो भने उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी गर्‍यो। ती प्रदर्शनका क्रममा गोलकिपर भोजिन्हाले दुई क्लिन सिट राखे।  विश्वकपमा ४० वर्ष वा सोभन्दा माथि उमेरमा दुई क्लिन सिट राख्ने उनी तेस्रो गोलकिपर हुन्।  यसअघि यस्तो कीर्तिमान पिटर शिल्टन र डिनो जोफको नाममा थियो।  समूह ‘एच’ मा स्पेनपछि दोस्रो स्थानमा रहँदै नकआउटमा पुगेको केप भर्डे समूहका तीन खेलमै अपराजित रहने पहिलो नवप्रवेशी टोली पनि बन्यो।  केप भर्डेले धेरै कीर्तिमान आफ्नो नाममा गरेको छ।  यसअघि सन् २००२ मा सेनेगलले यस्तो उपलब्धि हासिल पाएको थियो।

सन् १९९८ पछि तीनवटै समूह खेल बराबरी खेल्दै नकआउट पुग्ने पहिलो टोली पनि केप भर्डे नै रह्यो।  यसअघि यस्तो उपलब्धि चिलीले हासिल गरेको थियो।  विश्वकप इतिहासमा वेल्स, क्यामरुन र आयरल्यान्डपछि पहिलो तीन खेल नै बराबरीमा टुङ्गाउने चौथो टोली पनि केप भर्डे नै हो।  यो तथ्यले अर्जेन्टिनालाई सतर्क बनाउनेछ।  पछिल्ला १३ विश्वकप नकआउट खेलमध्ये अर्जेन्टिना सात खेल अतिरिक्त समयमा पुगेको छ।

विश्वकप इतिहासमा अर्जेन्टिना, जर्मनी र इटालीले समान ११ पटक नकआउट खेल अतिरिक्त समयसम्म खेलेका छन्, जुन सबैभन्दा धेरै हो।  चार वर्षअघि अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमार्फत हराएर उपाधि जितेको थियो।  त्यसैले केप भर्डे पनि खेललाई लम्ब्याएर अर्जेन्टिनामाथि दबाब सिर्जना गर्ने योजनामा हुनेछ।  अर्जेन्टिना र केप भर्डेबीच यो पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ। विश्वकपमा अफ्रिकी राष्ट्रविरुद्ध अर्जेन्टिनाले पछिल्ला सात खेल लगातार जितेको छ। यद्यपि सन् १९९० मा अफ्रिकी टोलीविरुद्ध खेलेको आफ्नो पहिलो विश्वकप खेलमा भने अर्जेन्टिना क्यामरुनसँग १–० ले पराजित भएको थियो।

केप भर्डेले पनि अर्को ऐतिहासिक उपलब्धि पाएको छ।  विश्वकपमा पहिलो सहभागितामै साविक विजेतासँग नकआउट चरणमा खेल्ने विश्व इतिहासको तेस्रो टोली हो। यसअघि सन् १९३८ मा नर्वे इटालीसँग र सन् २००६ मा घाना ब्राजिलसँग पराजित भएका थिए। पछिल्ला चार वर्षमा केप भर्डेले दक्षिण अमेरिकी टोलीहरूसँग तीन खेल खेलेको छ।

सन् २०२२ मा इक्वेडरसँग १–० ले हार बेहोरेको थियो भने यस वर्ष मार्चमा चिलीसँग ४–२ ले पराजित भयो।  यसै विश्वकपको समूहचरणमा भने उरुग्वेसँग २–२ को बराबरी खेलेर उसले आफ्नो क्षमता प्रमाणित गरेको छ।  तथ्यांक विश्लेषण गर्ने ‘अप्टा’ सुपरकम्प्युटरका अनुसार अर्जेन्टिना बलियो दाबेदार हो।  खेलअघि गरिएको २५ हजार सिमुलेसनमध्ये ८१ प्रतिशतमा अर्जेन्टिनाले निर्धारित ९० मिनेटभित्र जित हासिल गरेको देखिएको छ।

केप भर्डेको प्रत्यक्ष जितको सम्भावना ६.८ प्रतिशत रहेको छ।  बराबरी हुने सम्भावना १२.३ प्रतिशत आँकलन गरिएको छ।  अतिरिक्त समय र पेनाल्टी सुटआउटसमेत जोडेर समग्र सम्भावना हेर्ने हो भने अन्तिम १६ मा पुग्ने अर्जेन्टिनाको सम्भावना ८९.४ प्रतिशत देखिन्छ।  केप भर्डेले भने १०.६ प्रतिशत सिमुलेसनमा मात्रै अर्को चरणको यात्रा तय गरेको देखिएको छ।

मेसीको मियामी

केप भर्डेले अन्तिम ३२ को चरणमा मेसीको नयाँ घर फ्लोरिडाको मियामी खेल्दै छ।  यो त्यही ठाउ“ हो, जसलाई उनी आफ्नो नया“ घर मान्छन्।  उनी अमेरिकाका नै व्यावसायिक फुटबल खेल्दैछन्।  अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएपछि उनले अमेरिकाको मेजर लिग सकर (एमएलएस) लाई आफ्नो नया“ यात्रा बनाएका थिए।  जहाँ मेसीको क्ललब मियामी हो।  उनकै प्रेरणा मियामीले क्लब इतिहासमै पहिलोपटक एमएलएसको उपाधि जित्यो।  यो खेलमा मेसीले घरेलु समर्थकको पनि साथ पाउनेछन्, जुन भर्डेका लागि थप कठिन हुन सक्छ।  
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
२६ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस