विभागीय टोली नेपाल पुलिस क्लबले बुधबार फराकिलो अन्तरले नतिजा सुम्पिँदै जारी एन्फा यु–१६ युथ लिगमा पहिलो हार बेहोरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार आठौं खेलमा शीर्ष स्थानको पुलिसले चर्च ब्वाइज युनाइटेड क्लबसँग ५–० को लज्जास्पद हार बेहोरेको हो। चर्च ब्वाइजको जितमा अप्सन गुरुङ, स्वप्निल दर्नाल, सौगात राई, सुशान थापामगर र सुनील दंगालले समान एक गोल गरे। यससँगै पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको हो।
पुलिसले आठ खेलमा ६ जित, एक बराबरी र एक हार सामना गरेको छ। यो हारका बावजुद पुलिस आठ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा यथावत् छ। समान सात खेलबाट संकटा १८ अंकसहित दोस्रोमा र फ्रेन्ड्स १६ अंक जोड्दै तेस्रो स्थानमा छन्।
जितसँगै चर्च ब्वाइज आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएको छ। चर्च ब्वाइजले आठ खेलबाट १३ अंक जोडेको छ। हारपछि पुलिसले आठौं चरणमा शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ। यससँगै जारी युथ लिगमा अपराजित रहने कुनै पनि टोली रहने छैनन्। अब आठौं चरणको खेलमा संकटाले जित निकाले पुलिस पछाडि पर्नेछ। चर्च ब्वाइजले पहिलो हाफमा दुई गोल गरेको थियो। दोस्रो हाफमा पुलिस खेलमा फर्कने अनुमान गरिएको थियो। तर, चर्च ब्वाइजले उल्टै तीन गोल थप्दै पुलिसलाई फराकिलो हार सामना गर्न बाध्य बनायो।
पुलिससँगै अर्को शीर्ष तीन स्थानको टोली फ्रेन्ड्स क्लबले पनि हार बेहोरेको छ। आठौं चरणको खेलमा बुधबार फ्रेन्ड्सले श्री भगवती क्लबसँग १–० को साँघुरो हार सामना गरेको हो। यससँगै तेस्रो स्थानको टोली फ्रेन्ड्सले शीर्ष स्थानका लागि अंक बराबरी गर्ने अवसर गुमाएको छ। मनाङ मस्र्याङ्दी क्लबले पनि एन्फा यु–१६ युथ लिगमा बुधबार जित निकालेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मनाङ मर्स्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–० को जित निकाल्यो। मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे। यो जितसँगै सात खेलबाट १४ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ। पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ।
पहिलो हाफमा गोल निस्किएन सकेन। तर, दोेस्रो हाफमा दुई गोल भए। प्रकाशले ४९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। आर्मीको डिफेन्स लाइनको गल्तीको फाइदा उठाउँदै मनाङले अग्रता लिएको हो। रोहन थापामगरको पासमा प्रकाशले वान टचमार्फत गोल गरेका हुन्। त्यसको पाँच मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए। मध्य भागबाट कप्तान सौगात मल्लले दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरे। त्यसपछि दुवै तर्फबाट गोल सकेन र मनाङले सहज जित निकाल्यो।
दिनको दोस्रो खेलमा श्री भगवती क्लबले पनि फ्रेन्ड्सविरुद्ध १–० को कठिन जित प्राप्त गर्यो। आर्यन भण्डारीको एक मात्र गोल निर्णायक बनेपछि श्री भगवतीले तीन अंक प्राप्त गर्यो। जितसँगै आठ खेलमा ९ अंक जोडेको श्री भगवती नवौं स्थानमा छ। फ्रेन्ड्स समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन। तर दोस्रो हाफमा गोल निस्कियो। आर्यन भण्डारीले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए। करिब ३० यार्ड टाढाबाट उनले गरेको उत्कृष्ट ओभर हेड प्रहार फ्रेन्ड्सका गोलकिपर अङ्कित बुढामगरले भेट्टाउनै सकेनन्। त्यसपछि दुवै तर्फबाट गोल भएन र श्री भगवतीले माथिल्लो टोली फ्रेन्ड्समाथि संघर्षपूर्ण जित निकाल्यो।