इरानबारे अमेरिका लचिलो
११ असार २०८३
•
२ मिनेट पाठ
इरानबारे अमेरिका लचिलो
इरानलाई विश्वकपको समूहचरणको अन्तिम खेलअघि तयारीका लागि अमेरिकामा थप समय बस्न अनुमति दिइएको छ। अमेरिकी गृह सुरक्षा विभागले अमेरिका बसाइँमा इरानबारे नियममा परिवर्तन भएको जानकारी दिएको हो।




इरानले जुन २६ मा सियाटलमा इजिप्टविरुद्ध समूहको अन्तिम खेल खेल्दै छ।  यस खेलका लागि टोलीलाई खेलभन्दा दुई दिनअघि अमेरिकामा प्रवेश गर्न अनुमति दिने भएको छ। यसअघि भएका दुई खेलमा भने टोलीलाई खेल हुनुभन्दा २४ घण्टाअघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइएको थियो। खेल सकिएलगत्तै टोलीले पुनः आफ्नो आधार शिविर रहेको मेक्सिकोको टिजुआनामा फर्किनुपर्ने व्यवस्था भने यथावत् रहनेछ। अमेरिकी सुरक्षा विभागको विज्ञप्तिमा जुन २६ मा सियाटलमा हुने इरानको तेस्रो खेलका लागि टोलीलाई खेलभन्दा दुई दिनअघि अमेरिका प्रवेश गर्न अनुमति दिइएको उल्लेख छ तर खेल सकिएको दिनमै टोलीले अमेरिका छोड्नुपर्नेछ।

‘समग्र सुरक्षा व्यवस्था र प्रोटोकल भने उही रहनेछन्।  खेलाडी, प्रशिक्षक, कर्मचारी र समर्थक सबैका लागि सम्भव भएसम्म सुरक्षित प्रतियोगिता आयोजना गर्न हामी प्रतिबद्ध छौं,’ विज्ञप्तिमा उल्लेख छ।

इरानी फुटबल महासंघले अमेरिकामा आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको आरोप लगाउँदै फिफामा औपचारिक उजुरी दिने तयारी गरिरहेको केही समयपछि आएको हो। हालसम्म इरानी टोलीलाई भिसाको सर्तअनुसार खेलको अघिल्लो दिन मात्र अमेरिका प्रवेश गर्न र खेलकै दिन फर्किन अनुमति दिइएको थियो।  यस व्यवस्थाप्रति इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले असन्तुष्टि व्यक्त गर्दै आफ्नो टोलीलाई विश्वकपकै ‘सबैभन्दा पीडित’ को संज्ञा दिएका थिए।

उनले टोलीको तयारी समय लुटिएको र आवश्यक प्रशिक्षण समयको आधाभन्दा पनि कम समय मात्र उपलब्ध गराइएको बताउँदै आएका छन्। गत साता ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रयु जुलियानीले इरानको तेस्रो खेलका लागि लागू गरिएको व्यवस्थामा परिवर्तन गर्ने विषयमा छलफल भइरहेको बताएका थिए। इरानले विश्वकपका दौरान मेक्सिकोलाई आधार शिविर बनाएको छ। पहिलो दुई खेलका लागि लस एन्जलस यात्रा छोटो भएकाले कडा यात्रा प्रतिबन्ध लागू गर्नु व्यावहारिक रहेको जुलियानीको भनाइ छ तर सियाटलसम्मको उडान करिब तीन घण्टासम्म लाग्न सक्ने भएकाले व्यवस्थामा केही परिवर्तन गरिएको हो।  
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
९ मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस