पुलिस सेमिफाइनलमा
१८ कार्तिक २०७९
•
३ मिनेट पाठ
पुलिस सेमिफाइनलमा
लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएपछि विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।




कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले बिहीबार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको छ। यस जितसँगै पुलिसले तेस्रो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो। १ सय ८९ रनको सामान्य लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो। पुलिसका लागि ओपनर सुनील धमला र कुशल भुर्तेलले राम्रो सुरुआत गरेका थिए। सुनीलले ३६ रनको पारी खेल्दा कुशलले ३२ रनको योगदान गरेका थिए।

यस्तै अमित श्रेष्ठ २८ रनमा अनिल खरेलको बलमा एलबिडब्लुको धरापमा पर्दै पवेलियन फर्किंदा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४३ रनको योगदान गरे भने दिलीपनाथ ६ रनमा नटआउट रहे। आरिफ शेख ३५ रनमा पवेलियन फर्किएका थिए। बलिङतर्फ अनिल खरेलले सर्वाधिक २ विकेट हात पार्दा दुर्गेश थापा र मोहम्मद हुसेनले एकएक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८८ रन जोडेको थियो। ओपनर तथा कप्तान देव खनालले अर्धशतकीय पारी खेले। ८८ बलको सामना गरेका खनालले ७ चौका र २ छक्का हिर्काएका थिए। अर्का ओपनर आकाश त्रिपाठी शून्यमा आउट भएकोे खेलमा प्रज्वल थापाले २३, विशालविक्रम केसीले ३०, दुर्गेश गुप्ता र मोहम्मद हुसेनले समान ११ रन बनाउनुबाहेक अन्यले राम्रो स्कोर गर्न सकेनन्।

लुम्बिनीको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे। यस्तै करण केसी र सागर ढकालले समान २ विकेट लिँदा गुल्सन झा र ललित राजवंशीले समान १ विकेट आफ्नो नाममा लेखाए। यस जितसँगै पुलिसले ३ खेलबाट स्पष्ट अंक जोडेर तालिकामा ६ अंक बनाएको छ। पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा यथावत् छ। पराजित लुम्बिनीको २ अंक रहेको छ।

एकदिवसीय क्रिकेटअन्तर्गत बिहीबारकै अर्को खेलमा मधेस प्रदेशले प्रदेश-१ लाई ७२ रनले पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश-१ ४३.१ ओभरमा समेटिएको थियो। प्रदेश-१ ले सबै विकेट गुमाएर मात्र १ सय ४२ रन बनाउन सक्यो। प्रदेश-१ लागि लुभ कामतले सर्वाधिक २९ रनको पारी खेल्दा विवेकानन्द मेहताले २५, फिर्दोस अन्सारीले २२, मनीष थापाले १२, सोनु मण्डलले ११, सोनु अन्सारीले १० तथा दीपक जोशीले अविजित ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्। प्रदेश-१ लाई सस्तैमा समेट्ने क्रममा मधेशका रूपेश सिंह, प्रदीप पासवान, विशाल सुस्लिङ, मोहम्मद आदिल आलमले समान २/२ विकेट लिए भने राजेश यादवले १ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। मधेसका अनिल शाहले अर्धशतक बनाए। ८९ बलको सामना गरेका अनिलले पाँच चौका र १ छक्का प्रहार गरेका थिए। विवेक यादवले ३२ रन जोड्दा रूपेश सिंहले ३०, रोहन विकेले २८ र कप्तान हरिशंकर शाहले १५ रन जोडेका थिए। यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। मधेसका सबै विकेट लिने क्रममा प्रदेश–१ का फिर्दोस अन्सारीले सर्वाधिक ५ विकेट निकाले। ९.१ ओभर गरेका फिर्दोसले १ मेडन ओभर राख्दै ३४ रन खर्चिएका थिए। यस्तै सिद्धान्त लोहनीले ३ विकेट हात पार्दा श्रवण यादव र लुभ कामतले समान १/१ विकेट लिए।

प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने खेलमा कर्णाली र एपिएफ तथा मूलपानी मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछन्।
अर्को समाचार
प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा
२१ कार्तिक २०८०
•
१ मिनेट पाठ
प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा
नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।




पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ। सोमबार भएको खेलको पहिलो हाफमै पुलिसका प्रताप गुरुङ्ग एक्लैले पाँच गोल गरे। दोश्रो हाफमा पुलिस क्बलका प्रविण थापा र विवेक सन्तोषीले एक÷एक गोल गरे। खेलको अन्तिम समयमा कोलकाताका अमन मुन्सीले सान्त्वना गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत आज झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ। यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,  नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, नवलपरासी, झापा एफसी, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी रहेका आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए।

प्रतियोगिताको उपाधि जित्ने टोलीलाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई रु १० हजार, विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ।  
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस