क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै
१४ कार्तिक २०७९
•
१ मिनेट पाठ
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै
नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ।  




जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी आज अदालतमा मुद्दा दर्ता गर्ने भएको हो। २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ।

उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ। प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ। आज मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ।
अर्को समाचार
सन्दीपमाथि १२ वर्षसम्मको सजाय माग आज थुनछेक बहस
१५ कार्तिक २०७९
•
३ मिनेट पाठ
सन्दीपमाथि १२ वर्षसम्मको सजाय माग आज थुनछेक बहस
नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले प्रहरीले गरेको अनुसन्धान र प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरेको हो।  




अभियोगपत्रमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको भन्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको जेल सजायसहितको उचित क्षतिपूर्ति माग गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। पीडित बालिकाको लागि उचित क्षतिपूर्ति माग गरे पनि तोकिएको भने छैन। सन्दीपमाथि लागेको आरोपलाई आधार मान्दै प्रहरीले अनुसन्धान र प्रमाण संकलन गरी सरकारी वकील कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। मंगलबार (आज)देखि सन्दीपको थुनछेक बहस शुरु हुँदैछ। थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान गर्ने वा थुनाबाहिर राखेर भन्ने विषयमा अदालतले आदेश दिनेछ। सुरुमा मुद्दाको प्रतिवादी सन्दीपको बयान गरिने अदालती प्रक्रिया हुन्छ। बयानपछि उनलाई थुन्ने वा छोड्ने भन्ने बहस हुनेछ। कानुन व्यवसायीको संख्याको आधारमा बहस कहिले सकिने भन्ने निक्र्यौल हुने काठमाडौं जिल्ला अदालत प्रशासनले जनाएको छ। त्यसपछि पीडित किशोरीले अदालतमै बकपत्र गर्नुपर्नेछ।  

मुलुकी अपराध संहिताको दफा २१९ मा जबर्जस्तीकरणी कसुरको विषयमा उल्लेख छ। ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जर्बजस्तीकरणी गरेको मानिनेछ,’ लेखिएको छ।  

त्यसको उपदफा (घ) मा ‘१६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म’ सजाय हुने व्यवस्था गरिएको छ। सन्दीपविरुद्ध यसै दफामा टेकेर मुद्दा दर्ता गरिएको छ।  

नेपाली क्रिकेट टोलीका कप्तान रहेका लामिछानेविरुद्ध काठमाडौंको गौशाला प्रहरीमा जाहेरी दर्ता भएदेखि उनी निलम्बनमा रहेका छन्। गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका उनी प्रहरी हिरासतमै रहेका छन्।  

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले सन्दीपमाथि लागेका आरोप विषयमा अनुसन्धान सकेर कात्तिक ४ मा प्रतिवेदन बुझाएको थियो। लगातार तिहार बिदा भएकाले मुद्दा दर्तामा केही दिन ढिलाई भएको हो।  

जाहेरी दर्तापछि प्रहरीले घटनास्थल विवरण, कसूर भएको स्थानको वस्तुस्थिति मुचुल्का, खानतलासी, बरामदी मुचुल्का, ज्यान मरेको कसूर भए लास जाँच मुचुल्का तथा अन्य कसूर भए त्यस्तो कसूरको प्रकृति अनुसार प्रतिवेदन तयार पार्नुपर्ने कानुनी व्यवस्था छ। कुनै पनि आरोपित व्यक्तिलाई अनुसन्धानको लागि एकै पटक वा पटकपटक गरी बढीमा २५ दिनसम्म हिरासतमा राख्ने व्यवस्था छ।  

सन्दीपमाथि एक १७ वर्षीया नाबालिका किशोरी बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। भदौको तेस्रो साता किशोरीका दाजुले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएका थिए। जाहेरीमा भदौ ५ मा किशोरीको अनुमति बिना भक्तपुरको नगरकोट घुम्ने बहानामा लगेको र जानाजान रात पारी काठमाडौंको सिनामंगलस्थित एक होटलमा पुर्‍याई नशामा लठ्याई दुईपटक बलात्कार गरेको आरोप लगाएकी थिइन्।  

यता सन्दीपले भने आफ्नो आरोप लगाउँदासाथ करिअर सकिनेगरी गोपनीयता भंग भएको अदालतमा गुनासो गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेट खेलमा लगातार लोभलाग्दो प्रदर्शन गरेका उनलाई नेपाली क्रिकेट टोली कप्तानको जिम्मेवारी दिइएको थियो। अन्तर्राष्ट्रिय पहिचान बनाएका सन्दिपमाथि जबर्जस्ती करणीजस्तो गम्भीर अपराधको आरोप लागेपछि उनी अनुबन्धित भएको खेलसमेत खेल्न नपाइ नेपाल फर्केका थिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस