नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्ष्र्धामा गण्डकीका अमृत थापामगरले वागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
थापाको यो ह्याट्रिक पदक हो। उनले सातौँ र आठौंमा समेत स्वर्ण पदक जितेका थिए। प्रतिष्पर्धात्मक खेलमा थापाले १२–१० मा लिँदै अगाडि बढे। दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे। तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिँदै स्वर्ण पदक जिते। वागमतीका अमीर ब्लोन र गण्डकीका दीपक थापाले कास्य पदक जिते।