पुलिस र लुम्बिनी अन्तिम चारमा
२९ असोज २०७९
•
१ मिनेट पाठ
पुलिस र लुम्बिनी अन्तिम चारमा
विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।




समूह ‘बी’ को अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन्। शुक्रबारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश–१ ले ७ विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो।

पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो। लुम्बिनीका सात खेलाडीले खाता नै खोल्न सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी विष्टले सर्वाधिक ४ विकेट हात पार्दा रुबिना क्षेत्री र हिरणमयी रोयले समान २/२ विकेट आफ्नो नाममा लेखाए। एक विकेट सवनम राईको नाममा रह्यो।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय १२ रन जोडेको थियो। पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको पारी खेल्दा सम्झना खड्काले २९ तथा अप्सरी बेगमले १० रनको व्यक्तिगत स्कोर गरे। लुम्बिनीका सुस्मिता भुषाल र मनीषा रानाले समान २/२ विकेट हात पार्दा मधु डिसी र कमला जिएमले १/१ विकेट आफ्नो नाममा लेखाए।
अर्को समाचार
महिला क्रिकेटः पुलिस र लुम्बिनी अन्तिम चारमा
२८ असोज २०७९
•
२ मिनेट पाठ
महिला क्रिकेटः पुलिस र लुम्बिनी अन्तिम चारमा
विभागीय टोली नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बीबाट सेमिफाइनलमा प्रवेश गरेका छन्।  समूह बीको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेपनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन्। 




शुक्रबारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले ७ विकेटको जित निकाले पनि नेटरनरेटको कारण लुम्बिनी भन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो। पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो। लुम्बिनीका सात खेलाडीले खाता नै खोल्न सकेनन्। लुम्बिनीको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी बिष्टले सर्वाधिक ४ विकेट हात पार्दा? बिना क्षेत्री र हिरनमय रोयले समान २/२ विकेट आफ्नो नाममा लेखाए।

एक विकेट सवनम राईको नाममा रह्यो। यसअघि पहिला ब्याटिङ गरेको पुलिसले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय १२ रन जोडेको थियो। पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको पारी खेल्दा सम्झना खड्काले २९ तथा अप्सरी बेगमले १० रनको व्यक्तिगत स्कोर गरिन्। अन्य ब्याट्रले भने दोहोरा अंकको स्कोर गर्न सकेनन्। पुलिसका सात विकेट लिने क्रममा लुम्बिनीका सुस्मिता भुषाल र मनिषा रानाले समान २/२ विकेट हात पार्दा मधु डिसी र कमला जिएमले १/१ विकेट आफ्नो नाममा लेखाए।

शुक्रबारकै अर्को खेलमा ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। प्रदेश १ को जितमा निशा शाहले २१ बलमा ३ चौकासहित सर्वाधिक १८ रन जोडिन्। लखिता राजवंशीले ९ बलमा १ चौकासहित १४ रनमा अविजित रहिन्। नमिता श्रेष्ठ ५ बलमा १ चौकासहित ८ र सानु राजवंशी २ रनमा आउट भइन्। कर्णालीको यमुना थारु र अञ्जु गुरुङले एक/एक विकेट लिइन्। त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली १६.१ ओभरमा ५३ रनमा अल आउट भएको थियो। कर्णालीकी ओपनर यमुना थारुले २१ रन बनाइन्। कप्तान विना थापा १६ बलमा २ चौकासहित ११ रनमा आउट भइन्। 

अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। प्रदेश १ की लखिता राजवंशीले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिइन्। एलिसा खडियाले ३ विकेट लिइन। निशा शाह र भवानी कमातीले एक एक विकेट लिए। समूह बी को विजेताको रुपमा पुलिस र लुम्बिनी उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस