सुदूरपश्चिम: खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्
११ भदौ २०७९
•
५ मिनेट पाठ
सुदूरपश्चिम:  खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्
खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सहयोग पुर्‍याउन  महत्वपूर्ण  भूमिका  खेल्दै आएको  सुदूरपश्चिम प्रदेशमा खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव छ।  




यो प्रदेशमा खेलकूद सामग्री, मैदान लगायतका भौतिक संरचना तथा  पूर्वाधार र दक्ष प्रशिक्षकको अभावजस्ता समस्या खेलाडीले झेल्दै आएका छन्। यसका बावजूत पनि क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, फुटबल जस्ता खेलमा प्रदेशले राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी जन्माइसकेको छ।  

पर्याप्त पूर्वाधारको अभाव हुँदा पनि सुदूरपश्चिमका धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर देशको नाम चिनाउन सफल भएको क्षेत्रीय खेलकुद विकास समितिको कार्यालय धनगढीका प्रमुख टोपबहादुर विष्टले बताए। 'पूर्वाधारको अभावमा खालीचौर र ढुङ्गामाटोमा खेल्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल भइरहेका छन्', उनले भने, 'तर खेलका पर्याप्त पूर्वाधार जुटाउनेतर्फ राज्यको ध्यान कहिल्यै पुग्न सकेको छैन।'  

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी दीपक विष्ट र सुनिल शर्मा, भलिवलका भरत शाह, जगदीश भट्ट, नेबिका चौधरी, सरस्वती चौधरी, जनक विष्ट, फुटबलका चन्द्रा भण्डारी, बक्सिङका बिष्नुबहादुर सिंह र डम्मर भट्ट, ब्याडमिन्टनका पशुपति पनेरु, इन्द्र महता, रुपेशसिंह धामी सुदूरपश्चिमकै खेलाडी हुन्।  

क्रिकेटरको हकमा यो प्रदेशले फड्को मारेको देखिन्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा सुदूरपश्चिम प्रदेशबाट ५० देखि ६० प्रतिशतभन्दा बढी क्रिकेटरको सहभागिता रहने गरेको छ। नाम चलेका क्रिकेटर भुवन कार्की, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउँद, ललितसिं भण्डारी, दिलीपनाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐरलगायत खेलाडी यसै प्रदेशबाट उदाएका हुन्।

पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव भइरहँदा खेलमा अभिरुची राख्ने खेलाडी निरुत्साहित हुनुपर्ने अवस्था रहेको खेलप्रेमीको भनाइ छ। स्वस्थ शरिर बनाउन र आत्मरक्षाका लागि उपयोगी मानिने बक्सिङ खेलको विकास र विस्तारमा राज्यको लगानी सबैभन्दा निराशाजनक रहेको यो खेलका प्रशिक्षकले बताउने गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको समयमा बाहेक अन्य कुनै पनि समयमा बक्सिङको विकास र विस्तारका लागि राज्यको लगानी शून्य प्राय: रहेको बताउँछन्, बक्सिङका ‘रेफ्री’ शेरबहादुर साहु।  

यो खेलमा चाहिने जति लगानी हुन नसक्दा इच्छुक व्यक्ति, खेलाडी र संस्थाले व्यक्तिगत वा संस्थागत लगानीका साथै अरुबाट चन्दा सहयोग जुटाएर बक्सिङका प्रतियोगिता सञ्चालन गर्नुपरेको जनाइएको छ। 'ग्लोब विनानै खाली हातले खेलाडीले बक्सिङ प्रशिक्षण लिनुपरेको अवस्था छ', साहुले भने, 'वर्षेनी प्रशिक्षकको सङ्ख्या पनि घट्दै जाँदा इच्छुक हुनेले पनि प्रशिक्षण नपाएको अवस्था छ।'

बक्सिङ खेलका लागि रिङ(बक्सिङ खेलाइने ठाउँ) बक्सिङ ग्लोब, प्याड, पञ्चिङ प्याड, किट ब्यागलगायत खेल सामग्री चाहिने भए पनि यी सामग्रीको खेलाडीलाई अभाव हुने गरेको छ। बक्सिङलगायत खेलकुदको हलका साथै एथलेटिक्स, क्रिकेट, ह्याण्डबल, भलिबल, जुडो, टेबुलटेनिस, बास्केटबलका प्रशिक्षकको अभाव छ। स्वयंसेवकको रुपमा क्रिकेटको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका ज्ञानेन्द्र क्षेत्रीले क्रिकेटको प्रशिक्षण गराउन ठूलो मैदान चाहिने भएपनि त्यसको अभावमा प्रशिक्षण दिन समस्या भइरहेको बताउँछन्।  

सात वर्षदेखि स्वयंसेवी भएर प्रशिक्षणमा खटिरहेका उनले भने, 'निर्माणाधीन रङ्गशालामा क्रिकेट खेलाउन सकिनेगरी मैदान छैन, तैपनि जसोतसो प्रशिक्षण दिइरहेका छौँ।' धनगढी र महेन्द्रनगरमा रहेका बहुउद्देश्यीय कवर्डहल मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएका छन्।

अछाम, बैतडी, बझाङमा कबर्ड हल नै छैनन्। महाकाली नदीमा केही वर्षअघि आएको बाढीले दार्चुला सदरमुकाममा रहेका कबर्डहल भत्किएर क्षति पगेको थियो। यसपछि त्यहाँ कबर्ड हल बनेको छैन। डडेलधुरामा कबर्ड हल निर्माणाधीन छ। डोटीमा इन्डोर खेल खेल्न सकिने कबर्ड हल छ। पहाडी क्षेत्रका कतिपय जिल्लामा खेलकुदका आफ्ना भवन छैन।

दश वर्षअघि धनगढीमा निर्माण थालिएको प्यारापिट सहितको क्षेत्रीय रङ्गशाला निर्माणको काम अझैँ पूरा हुन सकेको छैन। रङ्गशालामा निर्माण गरिने १६ प्यारापिट (दर्शक बस्ने ठाउँ) मध्ये गएको दशवर्षमा तीन प्यारापिटको निर्माण पूरा हुनसकेको छ। पर्याप्त बजेट विनियोजन नहुँदा बाँकी १३ प्यारापिटको निर्माणको काम अधुरै छ। चालु वर्षमा भने प्यारापिट निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको बताइएको छ।  

कार्यालय प्रमुख विष्टले भने, 'पटकपटक बजेट पेश गयौ तर माग अनुसारको पर्याप्त बजेटको व्यवस्था नहुँदा रङ्गशालाका आवश्यक संरचना निर्माण हुन सकिरहेको छैन।' विसं २०६८ मा धनगढीमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको क्रममा क्षेत्रीय रङ्गशाला निर्माण सुरु भएको थियो। रङ्गशाला परिसरमै ‘सेमी कबर्ड हल’ निर्माणाधीन छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक प्राप्त गरी खेलबाट सन्याश लिएका प्रदेशका खेलाडीको लागि ‘निवृत्त खेलाडी कल्याणकारी कोष’ को व्यवस्था गर्ने प्रदेश सरकारको नीति कार्यक्रम पनि कार्यान्वयन आउन सकेको छैन। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले ऐनअनुसार गठन भएको प्रदेश खेलकुद परिषद्लाई अधिकारविहीन बनाइँदा सोचेको काम हुन नसकिरहेको बताए। 'यसका बावजूत सरकारको नीतिअनुसार गत वर्ष प्रदेशमा ११ निर्वाचन क्षेत्रमा ११ खेल मैदान निर्माण गरेका छौँ', सिंहले भने, 'महेन्द्रनगरमा बहुउद्देश्यीय कबर्ड हल, टीकापुरमा स्पोट्र्स एकेडेमी, डडेलधुरामा बहुउद्देश्यीय कबर्ड हलको निर्माणको प्रक्रिया अघि बढिसकेको छ।' धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने लक्ष्यसहित सरकारले पूर्वाधार विकास समिति गठन गरेपछि भने खेलाडी र खेलप्रेमीमा नयाँ आसा जागेको छ। उक्त मैदानलाई व्यवस्थित र सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने लक्ष्यसहित विगतमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)को पहलमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो।  

कर्मचारीमा अन्योल

क्षेत्रीय र जिल्ला खेलकुदका कार्यालयमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कर्मचारी कार्यरत छन्। यी कर्मचारीलाई प्रदेश खेलकुद परिषद्मा समायोजन नगर्दा अन्योलको वातावरण देखिएको छ। जिल्ला खेलकुद समितिका एक कर्मचारीले भने, 'कर्मचारी समायोजन नहुँदा भइरहेको अलमलले खेलकुदका गतिविधि सञ्चालनमा समस्या भइरहेको छ।'  यसैबीच पोखरामा आयोजना हुन लागेको राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३३ खेलमा सहभागिता हुन लागेको छ। आर्चरी, स्क्वास, प्याराग्लाइडिङबाहेक ३३ खेलमा सुदूरपश्चिम प्रदेशले सहभागिता जनाउन लागेको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। यसका लागि विभिन्न खेलको छनोट प्रतियोगिता सुरु भइसकेको छ।रासस
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
११ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस