नवौं राष्ट्रिय खेलकुदः जिमन्याष्टिकलाई खेल सामाग्री नै छैनन्
०२ साउन २०७९
•
२ मिनेट पाठ
नवौं राष्ट्रिय खेलकुदः जिमन्याष्टिकलाई खेल सामाग्री नै छैनन्
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा फ्लोर म्याटमा जिमन्याष्टिक प्रशिक्षण गर्दै। तस्बिर नागरिक
घरमै(पोखरा) राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैंछ। राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिमन्याष्टिकलाई भने सामान जुटाउनै सकस परेको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत जिमन्याष्टिकमा महिला दुई र पुरुष तर्फ छ इभेण्टमा प्रतिस्पर्धा हुदैं आएको छ। तर आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ फ्लोर म्याट र भल्टिङ हर्स र पुरुष तर्फ चार इभेण्ट फ्लोर म्याट, भल्टिङ हर्स, प्यारलल बार, पोमेल हर्समा प्रतिस्पर्धा गराईएको थियो।  




वर्षेनी सामानको अभावसँगै जिमन्याष्टिकका इभेण्ट घट्दै गएको छ। नेपालगन्जमा आयोजित आठौं संस्करणको प्रतियोगितामा पुरुष तर्फ होरिजेन्टल बार र रोमन रिङ्गसको इभेण्टलाई सामान नभएकै कारण समावेश नगरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले बताए। ‘सामान केन्द्रमा पनि छैन्, भएको सामानले इभेण्ट गर्ने हो। सामानकै अभावले इभेण्ट घटाउँदै गएको अवस्था छ,’ उनको भनाई थियो। जिमन्याष्टिकका सबै इभेण्टका प्रतिस्पर्धा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नै गरिएको छैन्।  उनका अनुसार महिला र पुरुषको १०÷१० इभेण्टमा प्रतिस्पर्धा हुने भएपनि अहिले कम मात्रै इभेण्ट समावेश गरिदैं आएको छ।  

राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सामान केन्द्रबाटै ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई थियो। ‘हामीसँग सामान छैैन्। केन्द्रमा पनि केही इभेण्टका सामान छैनन्। भएका सामान ट्रकमा हालेर ल्याउने हो। गेम सकिएपछि ट्रकमै हालेर फिर्ता लैजान्छन्,’ उनले भने। सामानकै अभावमा खेलाडीहरुले नियमित प्रशिक्षण समेत गर्न पाउने अवस्था छैन्।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहँदा पोखरामा फ्लोर म्याट मात्रै छ। साईड हर्स भने जीर्ण छ। २०४५ सालमा आयोजना गरिएको जिमन्याष्टिक प्रतियोगितामा प्रयोग गरिएको साईड हर्स प्रयोगविहीन छ। ‘ जिमन्याष्टिकको लागि हल पनि छैन। सामान पनि छैन्,’ कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले भने, ‘वर्षौपछि फ्लोर म्याट संघले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको बजेट निकासा गरिदिएपछि ल्यायौं। त्यसैमा अहिले प्रशिक्षण गराईएको छ।’  

प्रदेश सरकारले यो आर्थिक वर्षको लागि २ लाख रुपैयाँ छुट्टाईदिएको छ। त्यही बजेटबाट जिमन्याष्टिकको आवश्यकता अनुसारको सामान ल्याईने अध्यक्ष गुरुङको भनाई थियो। उनका अनुसार खेल सामाग्रीकै अभावमा पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन्। प्रदेश सरकारले दिएको बजेटबाटै १२ थान फ्लोर म्याट ल्याएर सिकाउन शुरु गरिएको तीन महिना भईसकेको छ।  

‘फ्लोर म्याट आएपछि प्रशिक्षण शुरु गरिएको हो,’ जिमन्याष्टिकका स्वयंसेवक प्रशिक्षक थमन थापाले भने, ‘त्यही म्याट पनि नहुदाँ रंगशालाभित्र प्रशिक्षण गराउन सकिएको थिएन्।’ उनका अनुसार संघकै पहलमा अब केही सामान आएपछि जिमन्याष्टिक प्रशिक्षणलाई अझै सबल बनाउने विश्वासमा छौं। प्रशिक्षक थापाले जिमन्याष्टिकको प्रशिक्षण पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा गराउँदै आएका छन्।  
अर्को समाचार
गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने
१७ मंसिर २०७९
•
२ मिनेट पाठ
गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने
गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। आइतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ। गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।




प्रतियोगितामा  एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ। त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ।

प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमशः १०, ८ र ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय परिषद्ले गरेको छ। व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ। गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुने छन्। त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन्। नवौँ राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए। सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए।

खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषद् आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए। जिल्ला खेलकुदहरूको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरूको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस