अन्तिम चरणमा रोचक भिडन्त
०८ जेष्ठ २०७९
•
३ मिनेट पाठ
अन्तिम चरणमा रोचक भिडन्त
एस्टन भिल्लाविरुद्ध आइतबार सुखद नतिजा निकालेमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग उपाधि रक्षाको लक्ष्यलाई पूर्णता दिनेछ। अन्तिम चरणको खेल बाँकी रहँदा सिटी दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले अघि छ।




लिभरपुल भने प्रिमियर लिगको उपाधिका साथ एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको लक्ष्य कायम राख्न चाहन्छ। पेप ग्वार्डिओलाको टोलीले भिल्लामाथि जित निकालेमा पछिल्ला पाँच वर्षमा चौथो पटक प्रिमियर लिगको उपाधि पक्का गर्नेछ। ‘सिजनको अन्तिम दिन उपाधि छिनोफानो हुँदै छ,’ग्वार्डिओलाले भने, ‘हामीले भिल्लामाथि तीन अंक लिएमा अन्य खेलको नतिजाले हामीलाई असर गर्दैन। हार वा बराबरी सामना हुँदा लिभरपुलले पनि उल्भरह्याम्पटनसँग अंक बाँडेको वा हारको कामना गर्नुपर्नेछ। लिगको रोचकता अभैm बाँकी छ।’ सिटी अन्तिम मिनेटमा सम्हालिन नसक्दा च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्नबाट वञ्चित भएको थियो।

रियाल मड्रिडविरुद्ध सेमिफाइनलको पहिलो लेग जितेको सिटी दोस्रो लेगमा दुई गोलको अग्रता जोगाउन नसक्दा स्तब्ध भएको थियो। ‘प्रिमियर लिग उपाधि भिडन्त यस्तो चरणमा प्रवेश गरेको छ। जहाँ यो उपाधिभन्दा च्याम्पियन्स लिगको उपाधि जित्न सहज छ जस्तो लाग्छ,’ग्वार्डिओलाले भने, ‘खेलाडीहरूलाई सहज अग्रताका साथ च्याम्पियन्स लिग फाइनलको संघारमा पुगे पनि बाहिरिनुको पीडा राम्रोसँग थाहा छ।’ लिभरपुलले आगामी साता पेरिसमा च्याम्पियन्स लिग फाइनलमा रियालको सामना गर्नेछ। यसअघि नै इङ्लिस लिग कप र एफए कपको उपाधि जितिसकेको योर्गान क्लोपको टोली प्रिमियर लिगको उपाधिका साथ एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको सम्भावना जीवित राख्न चाहन्छ।

लिभरपुलले एफए कप र लिग कप गरी दुवै फाइनलमा चेल्सीलाई निराश पारेको थियो। ‘कल्पना गर्नुस्, कसैले सिजन सुरुआतअघि नै तपाईहरू तीन प्रतियोगिताको फाइनल प्रवेश गर्छौं र लिग उपाधिको पनि संघारमा पुग्छौं भन्यो,’क्लोपले भने, ‘सुरुआतमा ती सबै सपना लाग्न सक्छ। तर खेलाडीहरूले त्यसलाई सार्थकता दिएका छन्। हामीसँग एकै सिजन चार उपाधि जित्ने सम्भावना कायम राख्न मात्र दुई खेल बाँकी छ, उल्भरह्याम्पनटनविरुद्ध प्रिमियर लिगको अन्तिम खेल र रियालविरुद्धको च्याम्पियन्स लिग फाइनल। तर आइतबार सिटीले भिल्लाविरुद्ध जित निकालेमा भने हाम्रो लक्ष्य अपूर्ण बन्न सक्छ।’

भिल्लाका प्रशिक्षक स्टेभन जेरार्डले लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने क्रममा कहिले पनि प्रिमियर लिगको उपाधि जितेनन् तर इतिहाद रंगशालामा सिटीलाई रोकेमा उनले पूर्व क्लबलाई प्रिमियर लिगको उपाधि दिलाउन सक्छन्। सिटीको एस्टन भिल्लासँग हार वा बराबरी खेलेमा लिभरपुलको उपाधि सम्भावना बढ्नेछ। लिभरपुलले पनि अंक बाँडेमा र नतिजा सुम्पिएमा हारका बाबजुद पनि सिटीले उपाधि पक्का गर्नेछ। शीर्ष स्थानको सिटीसँगै दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको चेल्सीले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका छन्।

चौथो स्थानका लागि टोटनहम र आर्सनलबीच प्रतिस्पर्धा रहेको छ। आइतबार अन्तिम खेलमा रेलिगेसनमा परिसकेको नर्विच सिटीसँग अंक बाँडे मात्र पनि टोटनहम च्याम्पियन्स लिगका लागि छनोट हुनेछ। लगातार दुई खेलमा नतिजा सुम्पिएपछि आर्सनलको भने ६ वर्षपछि च्याम्पियन्स लिगमा पुनरागमन गर्ने लक्ष्यमा धक्का लागेको थियो। आर्सनललाई च्याम्पियन्स लिग पुनरागमन सम्भावना कायम राख्न एभर्टनविरुद्ध जितका साथै टोटनहमले नर्विचविरुद्ध हारको कामना गर्नुपर्नेछ।
अर्को समाचार
सेन्ट जुड च्याम्पियनसिपमा स्कटी शेफलरको अग्रता, उपाधिका लागि बर्न्ससँग रोचक भिडन्त
३१ साउन २०८३
•
१ मिनेट पाठ
सेन्ट जुड च्याम्पियनसिपमा स्कटी शेफलरको अग्रता, उपाधिका लागि बर्न्ससँग रोचक भिडन्त
गल्फका विश्व नम्बर एक खेलाडी स्कटी शेफलरले सेन्ट जुड च्याम्पियनसिपको अन्तिम चरणमा दुई स्ट्रोकको अग्रता लिएका छन्।




जनवरीपछि पहिलो उपाधि जित्ने लक्ष्यमा रहेका शेफलरले शनिबार दुई अन्डर ६८ को स्कोर बनाए। ३० वर्षीय शेफलर कुल १३ अन्डरमा छन्। उनका अमेरिकी सहकर्मी साम बर्न्स ११ अन्डरमा दोस्रो स्थानमा छन् भने दक्षिण कोरियाका इम सुङ-जे पनि समान ११ अन्डरमा छन्।

टीपीसी साउथविन्ड, मेम्फिसमा भइरहेको फेडएक्स कप प्लेअफको पहिलो प्रतियोगितामा बर्न्सले उत्कृष्ट प्रदर्शन गर्दै बोगीविहीन ६२ को स्कोर बनाएर उपाधि दौडमा आफूलाई बलियो रूपमा उभ्याएका छन्। डिफेन्डिङ फेडएक्स कप च्याम्पियन इंग्ल्यान्डका टोमी फ्लीटवुड भने ८ अन्डरमा छन्। उनी जेक न्यापसँगै संयुक्त चौथो स्थानमा छन्।

यससँगै अन्तिम चरणमा शेफलर र बर्न्सबीचको भिडन्त निकै रोचक बन्ने भएको छ।

दुवै घनिष्ठ मित्र भएकाले उनीहरू अन्तिम समूहमा सँगै खेल्नेछन्। स्विडेनका एलेक्स नोरेन ७ अन्डरमा तथा नर्वेका भिक्टर होभल्यान्ड ६ अन्डरमा रहँदै  अन्तिम स्थानका लागि बलियो अवस्थामा छन्। यस सप्ताहन्तपछि फेडएक्स कपको अंकतालिकामा शीर्ष ५० मा रहने खेलाडीहरू अर्को साताको बीएमडब्ल्यू च्याम्पियनसिपमा पुग्नेछन्। त्यस प्रतियोगितापछि शीर्ष ३० खेलाडीले टुर च्याम्पियनसिपमा स्थान बनाउनेछन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस