ओलम्पिकमा पदक जिते दुई करोड रुपैयाँ पुरस्कारः खेलकुदमन्त्री गहतराज
२६ फागुन २०७८
•
३ मिनेट पाठ
ओलम्पिकमा पदक जिते दुई करोड रुपैयाँ पुरस्कारः खेलकुदमन्त्री गहतराज
पोखरा रंगशालामा खेलकुदमन्त्री गहतराज लगायत। तस्बिरः उमेश पुन/नागरिक
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुई करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। दुई करोड रुपैयाँले खेलाडीलाई उर्जासँगै थपिने बताए।  




रंगशाला भ्रमण गर्न पोखरा आईपुगेका मन्त्री गहतराजले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडीसँगको अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुईकरोड रुपैयाँ पुरस्कार दिने घोषणा गरे। ‘खेलाडीको एउटै लक्ष्य हुनुपर्छ, ओलम्पिकमा पदक जित्ने। पदक विजेता खेलाडीलाई राज्यले हेर्छ,’ उनले भने ‘राज्यले पदक विजेता खेलाडीको सम्मानार्थ दुईकरोड रुपैयाँ पुरस्कार दिन्छ।’ युवा तथा खेलकुद मन्त्रालयले बनाउने पुरस्कार निर्देशिकामा खेलाडीलाई पुरस्कार दिने व्यवस्थाको उल्लेख गरिएको छ। ओलम्पिकका पदक जित्न राज्यले पनि अन्तर्राष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माणमा लागि परेको उनले बताए।  

मन्त्री गहतराजले ओलम्पिक पदक विजेता मात्रै नभई प्रशिक्षकलाई समेत पुरस्कृत गरिने उल्लेख गरे। ‘ओलम्पिकसम्म पुर्याउने प्रशिक्षकलाई खेलाडीको एकतिहाई पुरस्कार रकम प्रदान गर्नेछौ,’ मन्त्री गहतराजको भनाई थियो। पुरस्कारको घोषणा गरिरहँदा मन्त्री गहतराजले खेलाडीको मनोबल उच्च भएपनि व्यवस्थापन र खेलकुद पूर्वाधार कमजोर रहेको जिकिर गरे। उनले खेलाडीको व्यवस्थापनमा राज्यको हुनुपर्ने ड्युटी नै भएको बताए।  
‘व्यवस्थापनमा राज्यको ड्युटी छैन्। खेलाडी राम भरोसमा छन्, खेल्छन्, राज्यले व्यवस्थापकीय दायित्व लिनुपर्छ,’ मन्त्री गहतराजले भने, ‘तर राज्यले दायित्व लिएर व्यवस्थापन गर्न सकेको अवस्था छैन।’ खेलकुदको पूर्वाधारको नीति निर्माण मन्त्रालयले गर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद व्यवस्थापनमा केन्द्रीत हुनुपर्नेमा उनको जोड थियो। मन्त्री गहतराजले खेलकुद क्षेत्र सबैभन्दा बढी लगानी भएको क्षेत्र भएको दावी गर्दै सरकारी लगानी कम भएपनि जनस्तरबाट खेलकुद क्षेत्रबाटै लगानी(सहयोग)हुदैं आएको सुनाए।  

खेलकुद प्रशिक्षकविहीन हुदैं गएका छन्। ‘एनएस कोर्ष’ गरेका स्वयंसेवक प्रशिक्षक भएपनि राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षक नियुक्तमा ध्यान नदिएको गुनासो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुले गुनासो गरे। गुनासोलाई मन्त्रालयले सम्बोधन गर्नुपर्ने आवाज समेत उठाए। खेलकुदको शहर पोखरा आफैंमा प्रशिक्षक विहीन हुदैं गएको छ। प्रशिक्षकविहीन हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सेवा सुविधा दिई प्रशिक्षण गराउने बातावरण परिषद एवं मन्त्रालयले बनाउन नसकेको गुनासो थियो।  

उनीहरुकै गुनासोको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापाले नियमावली नबन्दा प्रशिक्षक नियुक्त गर्न नसकिएको स्पष्ट पारे, नियमावली बनेको छैन्, नियमावली नबन्दा प्रशिक्षक नियुक्त गर्ने अवस्थामा छैनौं,’ उनले भने, ‘केहीको प्रशिक्षक छैन्। केही खेलको पूर्वाधार छैन्। केही खेलको आवश्यक खेल सामग्री नै छैन्।’ निमित्त सदस्य सचिव थापाले खेलाडीका गुनासा सुन्ने मात्रै नभई परिषदले समाधान गर्ने तर्फ पनि ध्यान दिने बताए।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुदको विकासमा तीनतहको सरकारको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिए। मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद भट्टले ५ अस्पताल निर्माण भन्दा एउटा व्यायामशाला निर्माण गर्नुपर्नेमा जोड दिए। यद्दपी भनाई अनुसार व्यवहारमा लागु हुन नसकेको गुनासो खेलाडीहरुले गरे। पूर्व राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्साल, पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी गोपबहादुर अधिकारी, दक्षिण एशियाली खेलकुद अन्तर्गत व्याडमिन्टनमा काँस्य पदक विजेता खेलाडी पुनम गुरुङ लगायतले खेल, खेलाडीको समस्या र भोग्नुपरेको पीडालाई परिषदले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।  
अर्को समाचार
ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह
०२ वैशाख २०७८
•
२ मिनेट पाठ
ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन्। तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन्।  




एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिनेक्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताए। टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो।

जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताए। ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ रहँदैन, उनले भने। के खेल पूरै रद्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भने,“यो सम्भव छ।”

उनले अगाडि भने,“जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ। यो जापानका लागि ठूलो अवसर पनि हो। म पनि यो सफल होस् भन्ने चाहन्छु। हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ।”

टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन्। उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताएको जनाएका छन्।

जापानमा पछिल्लो पटक कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा एक हजार १०० भन्दा बढी नयाँ रोगी भेटिएका थिए। यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो।  

जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।  

जापानमा खोप अभियानको नेतृत्व गरिरहेका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गरे। उनले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताए।

गत वर्ष पनि कोभिडको सङ्क्रमण तीव्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो। यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ। साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ। दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ। अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन्।

आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए। यो कूल आयको झण्डै तेस्रो ठूलो रकम हो।  

ओलम्पिक आयोजनाको कूल लागत करिब १५.४ अर्ब अमेरिकी डलर रहेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस