भलिवल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्चिने
२४ फागुन २०७८
•
२ मिनेट पाठ
भलिवल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्चिने
टाईगर ग्रुप अफ पोखरा नेपालले दोस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ।  




गएको पुष २६ गतेदेखि माघ १ गतेसम्म पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा टाईगर ग्रुपले ‘दोस्रो टाईगर कप आमिन्त्रत खुल्ला क्लब च्याम्पियनसिप महिला–पुरुष भलिबल प्रतियोगिता २०७८’ आयोजना गरेको थियो। आयोजनाबाट करिब आठलाख रुपैयाँ बचत गरेको थियो। बचत रकम सामाजिक क्षेत्र, खेलकुद एवं बाघ संरक्षण अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘बाघ संरक्षण अभियानमा बचत रकम खर्च गर्ने प्रतिबद्धता गर्दछौं,’ टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले भने, ‘बाघ संरक्षण अभियान गर्ने संघसंस्था मार्फत सहयोग गर्न तयार छौं।’ उनले बाघ संरक्षण गर्न सरकारी तथा संघसंस्थालाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए।  

सरकारले बाघ संरक्षणमा वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएको छ। बाघको अध्ययन, सरंक्षण  र गणना अभियान सञ्चालन गर्दै आएको छ। बाघ संरक्षण अभियानमा पोखराको टाईगर ग्रुप अफ पोखरा पनि जुटेको छ। टाईगर ग्रुप अफ पोखरा विशेषत खेलकुदसँग सम्बन्धित संस्था हो। बाघ संरक्षण अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेसँगै बाघ संरक्षण अभियानमा जुटेका संघसंस्थासँग सहकार्य गर्ने उनको भनाई थियो।  

‘बाघ संरक्षण गर्न वर्षेनी आयोजना गरिने टाईगर कप भलिबल प्रतियोगिताको बचत रकमबाट सहयोग गर्ने प्रतिबद्ध छौ,’ अध्यक्ष शर्माले सुनाए। पत्रकार सम्मेलनमै टाईगर ग्रुपले नेपाली राष्ट्रिय भलिबल टोलीकी स्पाईकर सरस्वती चौधरी र टाईगर कप खेल्न आउने क्रममा घाईते भएका अमृत केसीलाई उपचार खर्च स्वरुप नगद १०–१० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो। पुरुष गण्डकी प्रदेश टिमलाई ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए। टाईगर ग्रुपको कप्तानी गरेकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि नगद १० हजार सहयोग गरिएको थियो।  

टाईगर ग्रुपले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितालाई मुख्य प्रवद्र्धक सुश्री मिडिया प्रा.लिले १३ लाख रुपैयाँ उपलब्ध गराएको थियो। युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशबाट ६ लाख रुपैयाँ, टिकटबाट १५ लाख ८३ हजार रुपैयाँ र स्वदेश तथा विदेश एवं अन्य संघसंस्था तथा व्यक्तिहरुबाट गरी ४४ लाख ६३ हजार गरी ७९ लाख ४६ हजार रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो। ग्रुपका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठका अनुसार विभिन्न शीर्षकमा ७१ लख ५१ हजार खर्च भई ७ लाख ९५ हजार रुपैयाँ बचत भएको छ। प्रतियोगितामा महिला तथा पुरुष गरी ५÷५ टिमले प्रतिस्पर्धा गरेका थिए। महिला तर्फ शसस्त्र प्रहरी बल र पुरुष तर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन भएका थिए। 
अर्को समाचार
बाघ संरक्षणमा सर्वत्र चासो मान्छे खाँदा सबै मूकदर्शक
०६ चैत्र २०७७
•
४ मिनेट पाठ
बाघ संरक्षणमा सर्वत्र चासो मान्छे खाँदा सबै मूकदर्शक
मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो। बाघले आक्रमण गरेर ६ महिनाभित्र नौजना ज्यान गएको छ। बाटो हिँड्दा, घाँस काट्दा र घरबाहिर निस्केका बेला बाघले झम्टिँदा वन डिभिजनको कार्यक्षेत्रमा पर्ने भग्रैया र धनौरा गाउँका स्थानीयको ज्यान गएको हो।  




सुरुमा खेल्दै गरेका धनौराका दुई बालबालिका बाघले लगेको थियो। त्यसपछि त्यहाँका ६ जना र बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका थप तीन जना गरी नौजनालाई बाघले खाइसकेको रेकर्डले पुष्टि गर्छ। बाघको गाँस बनेका सर्वसाधारणलाई यतिबेला बाघ संरक्षणका नामले निम्त्याएको दुःखान्त भनेर दुःखी छन्। जनताको छोरा वा छोरी बाघले खाँदा संरक्षणको नाम जप्ने संघ, संस्था, सरकारी निकायको बेवास्ताका कारण दुःखदायी स्थिति आएको सामुदायिक वन महासंघका केन्द्रीय सदस्य मोहम्मद कर खाँले बताए। ६ जनाको ज्यान लिने बाघको तस्बिर वन डिभिजनले क्यामरामा कैद गर्न नसक्नु दुःखद भएको प्रतिक्रिया उनले दिए।

बजेट अभाव भएकाले बाघ नियन्त्रण गर्न नसकिने वन अधिकृत महेन्द्रराज वाग्लेले दिएको सार्वजनिक अभिव्यक्तिप्रति स्थानीय रुष्ट छन्। बाघ नियन्त्रण नगरे आन्दोलन घोषणा गर्ने खाँले बताए। ‘दिनहुँ मानिसको ज्यान गइरहेको छ, राज्य मूकदर्शक बनिरहेको छ,’ उनले भने।

शुक्रबारदेखि बाघको बासस्थाननजिक नजान र सजग रहन जिल्ला प्रहरी कार्यलय माइकिङ सुरु गरेको छ। त्यसबाहेक सर्वसाधारणलाई बचाउन सरोकारवाला निकायले केही गतिविधि गरेको देखिँदैन। बाघको आक्रमणमा परेर दुःखी बनेको परिवार यतिबेला विक्षिप्त छन्। वन अधिकृत वाग्ले बाघ आक्रमणको विषयमा गम्भीर नदेखिएको स्थानीयको आरोप छ।

बाघको आक्रमणबाट सिंगो जिल्ला त्रास भइरहेको अवस्थामा जिल्लावासीको एउटा माग पनि सम्बोधन हुन सकेको गुनासो छ। बाघ आक्रमण पर्ने त्रासले खाता जैविक मार्गमा धराप जस्तो ब्रेकर हटाउन माग गर्दा समेत नहटाउनु सर्वसाधारण ज्यान जोखिममा परिरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए। बुधबार मधुवन–३ की २८ वर्षीय रेनुका सुनार घरदेखि ३ सय मिटरअघि बाटामा हिँड्दा गर्दा बाघले झम्टेर लगेपछि बाघको आक्रमणबाट ज्यान जानेको संख्या पाँच पुगेको हो। यसअघि बाघको आक्रमणबाट भग्रैयाका सुकरा र रन्या थारूले जेठो छोरा रमेश गुमाएका थिए। पूजाले आफ्नै अगाडि पति रमेश गुमाइन्। भग्रैया गाउँका उनको पतिलाई उनकै अगाडिबाट बाघले लगेको थियो।

‘मेरै अगाडिबाट हेर्दाहेर्दै लग्यो,’ उनले भनिन्, ‘सुरुमा हामीले झाडी हल्लिएको मात्र देख्यौं।’ उनले आफ्ना पति बचाउन सकिनन्। त्यतिबेला दसैंको रमझम थियो। रमेशका भिनाजु दिनेशलाई खोज्दै हिँडेका बेला लहरमा पछाडिबाट बाघ झम्टेर लगेको थियो। फोन गर्दा फोन नउठेपछि नेपाल र भारतको सुरक्षाकर्मीले दिनेशलाई खोजी गर्दा रमेशलाई बाघले लगेको हो। भिनाजुलाई खोजी रमेश गएका थिए। रमेशलाई आक्रमण गरेको बाघ खोज्दा दिनेशको कंगाल मात्र भेटियो। सुरक्षाकर्मीले पटाका पड्काएर बाघ भागेपछि रमेश र दिनेश दुवैको शव फेला पर्‍यो। एकै चितामा उनीहरूको दाहसंस्कार गाउँलेले गरेका थिए। दिनेशको परिवारले माइलो छोरा गुमायो भने रमेशको परिवारले जेठो छोरो गुमायो। विपन्न परिवारका दिनेश र रमेशका परिवारको दैनिक चलाउन सक्ने अवस्थामा छैनन्। दिनेशलाई मारेकै ठाउँमा रमेशलाई बाघले तानेको थियो।  

यस्तै कात्तिक ५ गते बाघ आक्रमणमा परी सोही गाउँकी २८ वर्षीया गंगा बुढाको ज्यान गएको थियो। उनी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। असोजमा पनि माछा मार्न गएका एक किशोरको बाघको आक्रमणमा परी ज्यान गएको थियो। असोजदेखि अहिलेसम्म त्यस क्षेत्रमा बाघको आक्रमणबाट पाँचजनाको ज्यान गइसकेको छ। पछिल्लो समय बाघले त्यस क्षेत्रको जंगल आसपासका बस्तीहरूमा आतंक मच्चाएपछि स्थानीय त्रसित छन्।

मध्यवर्ती क्षेत्रमा आक्रमण गर्ने एउटा बाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। एक साताअघि मध्यवर्ती क्षेत्रमा भैंसी चराउँदै गरेका ६० वर्षीय लालबहादुर थारूलाई र करिडोर क्षेत्रमा बाघले झम्टेर लगेको स्थानमा क्यामरा जडान गरिएको उनले जानकारी दिए। ‘आक्रमणस्थल वरिपरि क्यामरामा धेरै बाघ कैद भएका छन्, कुन बाघले आक्रमण गरेको खुट्याउन गाह्रो परिरहेको छ,’ श्रेष्ठले भने।

उनका अनुसार मंसिरमा निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गबाट मोटरसाइकलमा सवार लम्की नगरपालिकाकी महिलालाई झम्टेर लैजाने बाघको पहिचान पनि हुन सकेको छैन। जैविक मार्ग र निकुञ्जभित्रका बाघले बानीव्यहोरा परिवर्तन गरेकाले समस्या उत्पन्न भइरहेको निकुञ्जका कर्मचारी बताउँछन्। मंगलबारदेखि निकुञ्ज विभागले खटाएको राष्ट्रिय प्राकृतिक संरक्षण कोषका डा. नरेश सुवेदी र बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. रविन कडरियाको नेतृत्वमा प्राविधिक टोलीले क्यामरामार्फत निगरानी गरेर बाघ नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस