धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा काठमाडौको हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुंगो लागेको हो।
समूह ‘ए’ बाट जित्नै पर्ने खेलमा ह्वाइट हाउससँग ८० रनले पराजित भएसँगै होलिल्याण्ड उपाधि होडबाट बाहिरिँदा शारदा सरस्वती दोधारालाई फाइदा पुगेको हो। शारदा रन रेटमा होलिल्याण्ड र एभरेस्ट एकेडेमीलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको छ।
शारदा सम्मिलित समूहबाट ह्वाइट हाउस समूह विजेता बनेर ८ अंकसहित सेमिफाइनलमा पुगेको छ। शारदाको ४ अंक छ। समूह ‘बी’ बाट विद्या भूषणलाई रन रेटमा पछि पार्दै सत्यवती समूह विजेता बनेर सेमिफइलन पुग्दा विद्या भूषण समूह उप–विजेता बनेर सेमिफइनल पुगेको छ।
दुवै टिमको अंक भने समान ६/६ रहेको छ। समूह चरणको जित्र्नै पर्ने अन्तिम खेलमा होलिल्याण्ड अत्तरियाले ह्वाइट हाउससँग ८० रनको हार व्यहोर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो।
एक सय ९७ रनको विशाल विजयी लक्ष पछ्याएको होलिल्याण्डले १५ दशमलव २ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १६ रन मात्रै बनाउन सक्यो। उसका राज विश्वकर्माले २७ बलमा ३०, दीपक टमाटाले १३ बलमा २२ र अभिषेक पालले ७ बलमा १९ रन बनाउनु बाहेक अन्य ब्याट्म्यानको प्रदर्शन सम्झनलायक बन्न सकेन।
होलिल्याण्डलाई सस्तैमा समेट्न बलिङतर्फ हिमालयनका वशन्तसिंह कार्कीले महत्वपूर्ण ४, राहुल भण्डारी र सतिश यादवले समान २/२ तथा सार्थक धितालले १ विकेट लिए। यसअघि हिमालयनका लागि दीपक बोहराको जोडीले ५७ बलमा ९६ रनको उत्कृष्ट साझेदारी गर्दै हिमालयनलाई राम्रो सुरुवात दिलाए। ९ दशमलव ३ ओभरमा पहिलो विकेट गुमाएको हिमालयनका लागि दीपक बोहरा (जुनियर) ले ४९ बलमा ५ छक्का र ८ चौकाको मद्दतले ८७ रनको उत्कृष्ट पारी खेले।
उसका राहुल भण्डारीले १५ बलमा २९, नारायण जोशीले ९ बलमा २७, दीपक बोहरा (सिनियर) ले २७ बलमा २१ रन बनाए। बलिङतर्फ होलिल्याण्डका जीत साउँदले ३ र गजेन्द्र बोहराले १ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच दीपक बोहरा (जुनियर) घोषित भए।
गेम चेन्जर अवार्ड वसन्तसिंह कार्कीले पाउँदा, सर्वाधिक छक्काको अवार्ड दीपक बोहरा (जुनियर) ले नै पाए। शुक्रबार हुने सेमिफइनलको पहिलो खेलमा बिहान साढे ९ बजे ह्वाइट हाउस र विद्या भूषण तथा दोश्रो सेमिफइनल खेलमा दिउँसो साढे १ बजे सत्यवती र शारदा भिड्नेछन्।
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।
यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।
टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।
म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।
राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...