धनगढी जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत मंगलबार भएका दुई खेलमा लिटल फ्लावर स्कुल र विद्या भूषण गेटा विजयी भएका छन्। विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
विद्या भूषणको जितपछि लिटल फ्लावर उपाधि होडबाट बाहिरिएको छ। मंगलबारको दोस्रो खेलमा विद्या भूषण गेटाले स्टेपिङ स्टोन माथि ८७ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले अर्जुन साउँद र वीरेन्द्र नाथको उत्कृष्ट पारिसँगै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो।
१ सय ८७ रनको विजयी लक्ष पछ्याएको स्टेपिङ स्टोनले १९ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। स्टेपिङका लागि दिनेश ओडले ३१, कप्तान अभिषेक कुँवरले २१, विशाल विष्टले १२ र वीरेन्द्र चन्दले १० रन मात्रै बनाउन सके। बलिङतर्फ विद्या भूषणका वीरेन्द्र नाथले ४, रोशन थापाले २, अर्जुन साउँद, नरेन साउँद, प्रवेश बुढ्थापा र वीरेन्द्र बमले समान १÷१ विकेट लिए।
यसअघि विद्या भूषणका लागि विस्फोटक पारी खेलेका अर्जुन साउँदले ३८ बलमा ८ छक्का र ७ चौकको मद्दतले ८९ रन बनाए। सुरुवाती पारी एक्लै सम्हालेका वीरेन्द्र नाथ ४७ बलमा ५४ रन बनाएर आउट भए । प्रदीप चन्दले १४ रन बनाए। बलिङतर्फ स्टेपिङका कप्तान अभिषेक कुँवरले ४ र आयुव चन्दले १ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ घोषित भए।
सर्वाधिक छक्काको अवार्ड अर्जुन साउँदले पाउँदा गेम चेन्जर अवार्ड अर्जुन साउँदले नै पाए। मंगलबारकै पहिलो खेलमा लम्कीको गुरुकुल स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावर स्कुल विजयी भयो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुलले १७ दशमलव ५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो। ८६ रनको सामान्य लक्ष पछ्याएको लिटल फ्लावरले ५ दशमलव २ ओभरमा २ विकेट गुमाएर लक्ष भेट्टायो।
लिटल फ्लावरका लागि विपिन रावलले उत्कृष्ट अर्धसतकीय पारी खेले। १६ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका विपिन ५० रनमा अविजित रहे। सुवास ऐर ८ बलमा २० र प्रकाश जैसी १० रन बनाएर आउट भए। सुवास र प्रकाशको विकेट जानु कस्गरले लिएका हुन्।
यसअघि गुरुकुलका लागि कृश शाहीले ३१ बलमा २२ र कुशल न्यौपानेले १२ बलमा १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहरो अंक छुन सकेनन्। बलिङतर्फ लिटल फ्लावरका रुपेश थापाले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए। उसका सचिन भट्टले ४ ओभरमा १३ रन दिएर ३ विकेट र सार्थक बमले १ विकेट लिए।
खेलको प्लेयर अफ दी म्याच रुपेश थापा घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड विपिन रावलले पाए भने गेम चेन्जर अवार्ड सचिन भट्टले पाए। प्रतियोगिता अन्तरगत बुधबार हुने पहिलो खेलमा शारदा सरस्वती दोधारा र सैनिक आवासीय महाविद्यालय तेघरी तथा दोस्रो खेलमा सत्यवती एकेडेमी अत्तरिया र स्टेपिङ स्टोन प्रतिस्पर्धा गर्नेछन्।