धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएका दुई खेलमा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र विद्या भूषण गेटा विजयी भएका छन्।
आइतबारको पहिलो खेलमा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुलले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनले जित निकाल्यो। टस हारेर व्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। १ सय ७४ रनको विजयी लक्ष पछ्याएर जवाफी व्याटिङ थालेको शारदाका कुनै पनि व्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन्। उसले १७ दशमलव ५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहरो अंक छुन सकेनन्।
शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले महत्वपूर्ण ४ विकेट लिए। सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १/१ विकेट लिए। यस अघि हिमालयनका लागि दीपक बोराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। दीपक बोहरा (सिनियर)ले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाए। अर्का दीपकले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए। हिमालयनका लागि राहुल भण्डारीले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाए।
शारदाका लागि बलिङतर्फ मिलन बोहरा र अर्जुनसिंह साउँद समान २÷२ तथा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले १÷१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनैले पाए। सर्वाधिक छक्काको अवार्ड भने दीपक बोहरा सिनियर, राहुल भण्डारी, वसन्त कार्की र अनुप कुँवरले पाए।
दोस्रो खेलमा विद्या भूषण पब्लिक स्कुलले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो। १ सय ४४ रनको विजयी लक्ष पछ्याएको लिटल फ्लावरका कुनै पनि व्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। उसले १७ दशमलव ६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो। टिमका लागि विपिन रावलले ३३ बलमा ३० रन बनाउँदा नरेन भट्टले १९ र प्रकाश जैसीले १५ रन बनाएर आउट भए। बलिङतर्फ विद्या भूषणका कप्तान शेर मल्लले ४, प्रदीप चन्दले ३, अर्जुन साउँद, वीरेन्द्र नाथ र नरेन साउँदले १÷१ विकेट लिए।
यस अघि विद्या भूषणका लागि वीरेन्द्र नाथले २६ बलमा ३४, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउँद १४ र कप्तान शेर मल्ल १० रन बनाएर आउट भए। बलिङतर्फ लिटल फ्लावरका पुष्कर बडूले कसिलो बलिङ गर्दै ३ ओभरमा ३ विकेट लिएर १९ रन दिए। प्रकाश जैसीले २, सुवास ऐर र नरेन भट्टले १÷१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच प्रदीप चन्द चुनिए। सर्वाधिक छक्काको अवार्ड प्रदीप चन्द र वीरेन्द्र नाथले पाउँदा गेम चेन्जर अवार्ड पनि वीरेन्द्र नाथले नै पाए। प्रतियोगिता अन्तरगत भोलि सोमबार पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउस प्रतिस्पर्धा गर्नेछन्।