सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ गर्दै
०४ फागुन २०७८
•
१ मिनेट पाठ
सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ गर्दै
नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ।




नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो। दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्त्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने सो प्रतियोगिता नयाँ पुल हुँदै दुगुनागढीसम्म २४।५ किमी दूरीको हुनेछ। सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा संघसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ।

खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले भाग लिन पाउनेछन्। प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. एक लाख १० हजार, रु. ७५ हजार र रु. ५५ हजार, महिलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु. ६०, रु. ३५ र रु. २० हजार तथा जिल्लावासीतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु. ३०, रु. २० र रु. १५  हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ।  
अर्को समाचार
किन मनाउने सेना दिवस?
२५ फागुन २०८०
•
५ मिनेट पाठ
किन मनाउने सेना दिवस?
नेपालमा सेनाको विकास क्रमको रूपरेखा तयार गर्ने हो भने बाइसे चौबीसे राज्यहरू सबैको सैनिक संस्कार खोज्नैपर्छ। अहिलेको इतिहास केबल गोर्खा शाहवंशीय राज्यको मात्र हो।




विकासक्रम खोतल्दा मध्यकालमा सैनिक कारबाही सञ्चालन गरी आयआर्जन गर्ने दृष्टतापूर्ण कार्य हुन थालेको देखिन्छ। पूर्व मध्यकालमा यहाँ तीन राज्य-त्रिशूलीदेखि कुमाउँ गढवालसम्मको खस मल्ल राज्य, त्रिशूलीदेखि कोसीसम्मको पहाडी इलाकामा नेपाल मण्डल राज्य र महाभारतदेखि दक्षिणमा बोधगया र गंगा, पूर्वमा कोसी र पश्चिममा गण्डकी नदीबीचमा अवस्थित सिमरोन गढबाट प्रशासित कर्णाट वंशी राज्य थिए।

ती राज्यमा पनि विशेषगरिकन सम्पन्न नेपाल मण्डल राज्यका शासक परिवारहरूबीच झगडाका कारण काठमाडौँ उपत्यकाले धेरै आक्रमण भोग्नुपर्‍यो।

सबल सैनिक शक्ति भएकाले नै खस मल्ल साम्राज्य स्थापना भयो। पूर्व मध्यकालको अन्तमा खस मल्ल र कर्णाटवंशी राज्यहरू अन्त भई नेपाल देश अझ विभाजित भई बाइसी, चौबीसी, तीन नेवार मल्ल तर जयस्थिति मल्ल क्षत्री वंशीय थिए।
नेवार मल्ल राज्य र पूर्वी सेन तीन राज्यहरू गरी ६० वटा राज्य स्थापना भए। उत्तर मध्यकालमा भुरे राज्यहरूमा स्थायी सेना राख्नुको सट्टा आवश्यक पर्दा जनसहभागिताको आधारमा जम्मा गरिएका सेना नै प्रयोग गरी समस्या सुल्झाइन्थ्यो।

वि.सं. १६१६ मा भगीरथ पन्तको नेतृत्वमा खडा भएको गोरखाली सेनाले परम्परागत रूपले सैनिक व्यवस्था कायम गरी आएकामा १८१९ मा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा २०३ वर्षपछि मात्र नेपाली (गोर्खाली) सेनामा पहिलोपटक पाश्चात्य पाराको १०० नाल हतियारको १०० जना संख्या रहने गरी कम्पनी खडा भएको थियो।

विश्वको इतिहासले यो प्रमाणित गरेको छ कि कुनै पनि जाति आफ्नो राष्ट्रको रक्षाका लागि दत्तचित्त र प्रतिभाशाली हुन्छन्। तर वास्तविकतामा मानव समाजको विकासको इतिहासले यो प्रमाणित गरेको छ कि जुन जाति युद्धकलामा निपुण हुन्छ सोही जातिले विजय हासिल गर्छ। यही तथ्य हाम्रो सैनिक इतिहासले प्रमाणित गरेको छ।

नेपाल देशको इतिहासमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरू जुन किसिमले युद्धकला र रणनीतिमा लगनशील भई दक्षता हासिल गरे। त्यसैको फलस्वरूप गोरखाली सेनाले सफलता हासिल गर्दै अगाडि बढे।
शाह राजाहरूले पराजित क्षेत्रका युवाहरू पनि आफ्नो सेनामा संलग्न गराए। यही अवधिमा नेपाली सेनाले गुर्गिन खाँ र क्याप्टेन किनलक, नेपाल (तिब्बत) चीन युद्धमा आक्रमणकारी विदेशी सेनाहरूलाई नराम्रोसँग पराजय गर्न सफल भए। त्यस्तै वीरता, साहस र सफलता हासिल गर्दै नेपाली सेना अगाडि बढ्दै गए।

अति नै जरुरी कुरो के हो भने नेपाली सेनाको जेष्ठता २०३ वर्ष कान्छो बनाइएको छ। किनकि सेनाले प्रधानसेनापतिकै मनासर विभिन्न स्थापना मिति राखेका छन् अनि जङ्गी आमा काम गर्ने लेखक विद्वान्हरूले पनि प्रधान सेनापतिहरूलाई खुसी पार्न लेखिदिएका छन्।

गणतन्त्रका एकजना प्रधान सेनापतिले नेपाली सेनाको स्थापना मिति वि.सं. १८२५ अर्थात् कान्तिपुर विजय भएपछि मात्र भएको हो भनी लेखेका छन्। अहिले आएर १८१९ स्थापना मिति बनाइएको छ।

पहिलो हो-नेपाली सेना श्री ५ पृथ्वीनारायण शाहको पालामा मात्र खडा भएको होइन। जुन दिन गोर्खा शाह वंशीय राज्य खडा भयो, उसै दिनमा यो सेना स्थापित भयो। अनि गोर्खाली राजा द्रव्य शाहदेखि अन्तिम राजा ज्ञानेन्द्रको राज्यकाल वि.सं. १६१६ देखि २०६३ सालसम्म यो वंश अविच्छिन्न रूपले नेपालमा रहेको प्रष्ट छ। जब राजनीतिक क्रमिकता भंग हुन्न भने सैनिक, आर्थिक, धार्मिक, सामाजिक इतिहास भंग कुनै हालतमा हुन्न।

दोस्रो हो-१८२५ मा गोर्खाली राजाले कान्तिपुर राज्य विजय गरेपछि मात्र गोर्खाली राजा र सेना नेपाली भाको भन्ने लेखै बिलकुल पूर्वग्राही छ। उपत्यकाका इतिहासकारहरूबाट नै यस्ता कुरा लेखिए। ताकि गोर्खालीलाई अवमूल्यन गर्नु नै ती लेखाइका उद्देश्य केन्द्रित थिए। सप्रमाण लेखकले ठोकुवा गर्छन् कि उपत्यकामा कुनै पनि राज्य नेपाल नामको थिएनन्।

कान्तिपुर, भक्तपुर र ललितपुर थिए। प्राचीनकालदेखि नै काठमाडौँ उपत्यका नेपालको राजाधानी रहेकाले र पछि बाइसे-चौबीसे कालसम्म पनि काठमाडौँ खाल्डोलाई जन जिब्रोमा नेपाल भन्ने गरिएको पक्का हो।
राजा महेन्द्रले अबदेखि मेची महाकालीभित्रको भूगोललाई नेपाल भन्नू भन्ने आदेश जारी गरेपछि मात्र आजको नेपाल भनिन थालेको हो। टुक्रिएका ६० वटा जति साना राज्यभित्र कान्तिपुर, ललितपुर र भक्तपुर पनि थिए।

बडामहाराजाले नै हो कान्तिपुर विजय गरेपछि भूगोलमा नेपाल दिएका, पहिलोपटक। तर त्यसमा सबै नेपाल थिएन। श्री ५ पृथ्वीनारायण शाहले आफू पनि नेपालभित्रकै गोर्खाली राजा भएको मानेर नै उनले आफूले जितेका सबै भूगोललाई नेपाल भने। अन्यथा, उनले सबै भूगोललाई गोर्खा नाम दिन कुनै आपत्ति थिएन।

अन्तमा, नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबैभन्दा पुरानो संस्था हो नेपाली सेना। यस देशको इतिहाससंगै नेपाली सेनाको इतिहास थालनी भएको प्रमाणित भएको छ। यसको आफ्नै विशेषता छन्।

यो संस्थाले इतिहासको थालनीदेखि आजसम्म सरकारको आदेश पालना गरी राष्ट्रप्रति लगनशील, बफादार, राष्ट्रभक्त र कर्तव्यपरायण भई उच्चतम् कीर्ति र यश कमाएको छ।

नेपाली युवाहरू चाहे आफ्नै राष्ट्रको सेनामा होउन्, चाहे विदेशी सेनामा कार्यरत होउन्, आफ्ना इमानदारिता, कर्तव्यपरायणता र निस्वार्थ सेवाले ‘वीर गोरखाली’ भनी इज्जत कमाएका छन्। कुनै समयको युद्धमा नेपाली सेनाहरू ‘आयो गोरखाली’ भनी अगाडि बढ्दा कुनचाहिँ शत्रुको मुटु कम्पन नगरेको होला? यही हो नेपाली सैनिक इतिहासको वास्तविकता र गौरव।

प्रागइतिहासकालको कुरुक्षेत्रको युद्धभूमिदेखि २०औँ शताब्दीको फकल्यान्डको युद्धसम्म वीर नेपालीहरूले आफ्नै पौरख देखाउँदै आएको सत्य र तथ्य हाम्रासामु छ।
नेपाली वीरहरू बरु प्राण अर्पण गर्न तयार नै हुन्छन् तर पछि हट्दैनन्। यही वीर गाथा बोकेको छ नेपाली सेनाले यही वर्णन नै नेपाली सेनाको वास्तविकता हो।

वि.सं. १६१६ देखि आजको दिनसम्म ४६४ वर्ष नेपाली सेनाले अविच्छिन्नरूपले नेपाली माटोको खातिर नूनको सोझो गर्दै आएको छ। लिगलिगकोटबाट सुरु भै बृहत् नेपाल बनायो, यो नेपाल बढाउन र बचाउन हजारौँ हजार नेपाली सपुतको बलिदानी छ।

माटोको सेवाका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात/अज्ञात सिपाहीप्रति श्रदाञ्जलि र सलाम अर्पण गर्दै सेना दिवस २०८० मा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना!  
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस