मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी
३१ असोज २०७८
•
१ मिनेट पाठ
मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई सधै माया गरिरहेने बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए।




अलमुताइरीले नेपालबाट पाएको साथ छोड्न सहज नभएको प्रतिक्रिया दिए। ‘मैले नेपालबाट धेरै माया पाएको छु। म मेरो टिमका खेलाडी, सबै अफिसियल सहकर्मी, समर्थक, मेरो परिवार सबैलाई धेरै माया गर्छु। मेरो अन्तिम साससम्म पनि म नेपाललाई माया गरिरहनेछु। मलाई नेपाली समर्थकले सधैं माया गर्नुभएको छ।’ अलमुताइरीले आफूलाई मन नपराउनेहरु पनि रहको बताए । उनले भने।  ‘नेपालमा मलाई मन नपराउने पनि छन्, तर सबै नराम्रो भने होइन। मुख्य कुरा मैले नेपाली समर्थकबाट पाएको माया हो। यसलाई छोड्न सहज छैन।’

अलमुताइरीले भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए।‘अहिले नै केही भन्न सक्ने अवस्था छैन। अब मलाई विश्रामको खाँचो छ। म पछिल्लो ६ महिना लगातार काम गर्दै आएको छु। मलाई एक दुई साता विश्राम लिएर मात्र नेपालसँग भविष्यबारे सोच्नेछु,’ उनले भने।

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ। 
अर्को समाचार
अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर
०६ चैत्र २०७८
•
१ मिनेट पाठ
अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।




त्यसका लागि स्कुलका अध्यक्ष डा. विनोदप्रसाद यादव र अञ्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। माछापुच्छ्रेले अञ्जनलाई दुई वर्षका लागि एम्बासडरमा नियुक्त गरेको हो। कार्यक्रममा अखिल नेपाल फुटबल संघ(एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो।

अञ्जनले माछापुच्छ्रेसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै स्कुलसँग हातेमालो गरेर अगाडि बढ्ने बताए। उनले स्कुलले सञ्चालन गर्ने स्पोर्ट्स एकेडेमीलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। अध्यक्ष यादवले अञ्जनलाई अनुबन्ध गर्न पाउँदा विद्यालयले गर्वको अनुभूति गरेको उल्लेख गर्दै स्कुलले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका सिंहले खेलाडीलाई अवसर दिएकोमा माछापुच्छ्रेलाई धन्यवाद दिए। अञ्जनको कप्तानीमा हालै सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीले सुदूर पश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको उपाधि जितेको थियो।

लिगमा भने उनको कप्तानीमा मनाङ पाँचौं स्थानमा रहेको थियो। चैत अन्तिम साताबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अञ्जन झापा एफसीका मार्की खेलाडी पनि छन्। पहिलो संस्करणमा अञ्जन ललितपुर सिटी एफसीका कप्तान थिए।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस