लियोनल मेसी र बार्सिलोनाकै पूर्वसहयात्री नेयमारबीच पेरिस सेन्ट जर्मन (पिएसजी) मा पुनर्मिलान हुँदै छ। तर, अर्जेन्टिनी स्ट्राइकर मेसीको पिएसजी आगमनपछि फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेको क्लब भविष्य के हुन्छ भन्नेबारे चर्चा हुन थालेको छ।
पिएसजीको एउटा मात्र लक्ष्य भनेको च्याम्पियन्स लिगको उपाधि जित्नु हो र त्यसका लागि स्टार खेलाडी अनुबन्धनमा पिएसजीले कुनै कसर बाँकी राखेको छैन। मेसीको आगमनसँगै पिएसजीको अग्रपंक्तिमा नेयमार, मेसी र एम्बाप्पे एक साथ उत्रने अनुमान गरिँदै आएको छ। तर, एम्बाप्पेको पिएसजीमा भविष्य भने अझै दुबिधामा रहेको चर्चा हुन थालेको छ। मेसीले मंगलबार मात्र पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए। मेसीलाई वार्षिक ४१ मिलियन युरो दिन पिएसजी सहमत भएको थियो। मेमा मात्र नेयमारले पिएसजीसँगको सम्झौता नवीकरण गर्दै सन् २०२५ सम्म आफ्नो यात्रा बढाइसकेका छन्।
मंगलबार नै सम्झौता गरे पनि मेसी बुधबार मात्र पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। गत बिहीबार स्पेनिस ला लिगा क्लब बार्सिलोनाले अप्रत्याशित रूपमा मेसीसँगको सम्झौता अन्त्य गरेको थियो। बार्सिलोनाले चाहना हुँदाहुँदै पनि ला लिगाको आर्थिक नियमका कारण मेसीसँगको सम्झौता अन्त्य गर्न बाध्य भएको जनाएको थियो। मेसी क्याम्प नोउ बर्हिगमनपछि आइतबार बिदाइका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित भएका थिए, जहाँ पिएसजी जाने सम्भावना सत्य रहेको उनको संकेत थियो।
मेसीको बर्हिगमनपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफूहरू उनलाई अनुबन्धन गर्ने दौडमा नरहेको जनाएपछि पिएसजी मेसीका लागि इच्छा देखाउने एक मात्र दाबेदार टोली बन्न पुग्यो। यता एम्बाप्पेको पिएसजीसँगको सम्झौता भने यसै सिजनको अन्त्यसँगै सकिनेछ। एम्बाप्पेलाई भित्राउन स्पेनिस लालिगा महारथी रियाल मड्रिडले लामो समयदेखि इच्छा देखाउँदै आएको छ।
मंगलबार मात्र मड्रिडबाट छापिने खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ।’ एम्बाप्पेले भने पिएसजी छोड्ने खबर सत्य नभएको बताउँदै आएका छन्। ‘म पिएसजीमै रमाइरहेको छु भन्ने सबैलाई थाहा छ,’एम्बाप्पेले मेमा दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘तर क्लबसँग विभिन्न योजना छ। जुन लामो समयसम्म चल्नेछ र म यसमा सहमत छु। त्यसैले मेरो पिएसजी बर्हिगमन बारेका कुनै पनि खबर सत्य होइनन् ।’ मेसीको आगमनपछि पिएसजीका मालिक नारिस अल–खालफीलाई एम्बाप्पेको क्लब भविष्यका बारेमा सोधिएको प्रश्नमा क्लबको च्याम्पियन्स लिग उपाधि सपनामा नेयमार र एम्बाप्पेसँगै मेसी सारथी रहेको प्रतिक्रिया दिएका थिए।‘केलियन पेरिसका खेलाडी हुन्। उनी उत्कृष्ट छन् र उनीसँग जितको मानसिकता छ। उनले पटकपटक आफू यही टोलीमा बस्न रुचाउने बताउँदै आएका छन् र विश्वमा पिएसजीजस्तो प्रतिस्पर्धी टोली अरू छ जस्तो मलाई लाग्दैनँ,’नासिरले भने, ‘एम्बाप्पेसँग पिएसजीमा बस्नुको विकल्प छैन।’
यस सिजनका लागि पिएसजीले मेसीभन्दा अघि जियानलुइगी डोनारुम्मा, सर्जियो रामोस, जर्जिन्हो विज्नाल्डम र असरफ हाकिमीलाई अनुबन्धन गरिसकेको छ। एम्बाप्पे पछिल्ला तीन सिजन लगातार लिग वानको शीर्ष गोलकर्ता रहँदै आएका छन् । त्यसैले पनि उनी हाल टोलीका मुख्य स्ट्राइकर हुन्। एम्बाप्पे आफूलाई टोलीका स्ट्राइकरमध्ये नम्बर एक बनाउन चाहन्छन्। तर, के मेसीको आगमनले एम्बाप्पेको लक्ष्य पूरा होला? नेयमारले मेसीको पिएसजी आगमनबारे इन्स्टाग्राममा पोस्ट गर्दै उनको स्वागत गरेका थिए। तर एम्बाप्पेले भने मेसीको पिएसजी आगमनबारे कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।
क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमामार्फत म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीमाथि १–० को संघर्षपूर्ण जितपछि उसका प्रशिक्षक राल्फ राग्निकले आफ्ना खेलाडीको प्रदर्शनबारे प्रश्न उठाएका छन्।
रोनाल्डोकै पेनाल्टी गोल निर्णायक बनेपछि राग्निकले जिम्मेवारी समालेयता प्रिमियर लिगमा युनाइटेडलाई दोस्रो सफलता दिलाएका थिए। जितका बावजुद युनाइटेडले खेल अवधिभर निकै संघर्ष गर्नुपर्यो।
ओले गनर सोल्सजायरको स्थानमा युनाइटेड आएका राग्निकले आफ्ना खेलाडीले शतप्रतिशत प्रदर्शन गर्न नसकेको बताएका छन्। ‘दोस्रो हाफमा हामीले केही राम्रो प्रदर्शन गर्यौं। तथापि, क्लिन सिट रहनुमा हामी भाग्यशाली पनि रह्यौं,’ युनाइटेडका प्रशिक्षक राग्निकले भने, ‘तर खेलमा खेलाडीहरू शारीरिक रूपमा कमजोर देखिए।
संघर्षको अवस्थामा उनीहरूको हाउभाउ पनि राम्रो भएन। यो पनि हाम्रा लागि चुनौतीको विषय हो। यसमा पनि हामीले काम गर्नुपर्नेछ।’
गोलकिपर डेविड डी हेयाले केही उत्कृष्ट बचाउ गर्दै युनाइटेडको संघर्षमा बलियो साथ दिए। गत अगस्टमा युभेन्ट्सबाट प्रिमियर लिगमा फर्किएका रोनाल्डोले युनाइटेडका लागि १३औं गोललाई निर्णायक बनाउँदा डी हेयाको प्रदर्शन उत्कृष्ट रह्यो।
यस जितपछि युनाइटेड लिगको अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। जर्मन प्रशिक्षक राग्निक पनि युनाइटेडलाई च्याम्पियन्स लिगको यात्रा सुरक्षित गराउने लक्ष्यमा छन्।
अंकतालिकाको पुछारमा रहेको टोली नर्विचविरुद्ध संघर्षपूर्ण प्रदर्शनले पनि युनाइटेडले कयौं सुधार गर्नुपर्ने देखिएको छ। वाटफोर्डसँग ४–१ को हारपछि सोल्सजायर बर्खास्त भएका थिए। तर, त्यसयता डिफेन्समा भने सुधार देखाएको युनाइटेडले दुईवटा क्लिन सिट राखेको छ।
यसअघि गत हप्ता राग्निकको पहिलो खेलमा भने युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले हराएको थियो तर विपक्षीविरुद्ध युनाइटेडले दबाबपूर्ण खेल देखाउन सकिरहेको छैन। च्याम्पियन्स लिगमा योङ ब्वाइजविरुद्ध बराबरी खेलेपछि युनाइटेडले ११ परिवर्तन गराएको थियो।
अक्टोबरयता मार्कुस रासफोर्डलगायत खेलाडीले गोल गर्न नसक्नुले पनि युनाइटेडको प्रदर्शनमा असर परेको छ। तर, पेनाल्टी अवसर पाउँदा युनाइटेड पुछारको टोलीसँग स्तब्ध भने बन्नुपरेन। खेलको ७५औं मिनेटमा रोनाल्डोले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दिलाएका थिए,जुन निर्णायक पनि बन्यो। डी बक्सभित्र म्याक्स आरोन्सले रोनाल्डोलाई लडाएपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। मोहम्मद सालाहको एक गोल नै निर्णायक बन्दा लिभरपुलले पनि एस्टन भिल्लामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।
भिल्लाको प्रशिक्षकका रूपमा मैदान फर्किएका लिभरपुलका पूर्वखेलाडी स्टेभन जेरार्डको टोलीले चुनौती दिए पनि सफलता भने पाउन सकेन। शीर्ष पाँचमा रहेका लिभरपुलसहित युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सी चारै टोलीका लागि जितको आधार पेनाल्टी बन्यो।
सालाहले ६७औं मिनेटमा गरेको गोल नै लिभरपुलको जितको आधार रह्यो। यता, चेल्सीले पनि लिड्सविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकाल्दा दुई पेनाल्टी सदुपयोग गरेको थियो। इन्जुरी समयमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दा चेल्सीले महत्वपूर्ण सफलता पायो।
त्यसअघि खेलको ५८औं मिनेटमा पनि जर्जिन्होले नै पेनाल्टीमा गोल गरेपछि चेल्सीले २–१ को अग्रता लिएको थियो। तर, ८३औं मिनेटमा लिड्सका जोए जेलहार्डले गोल फर्काउँदै चेल्सीमाथि दबाब बनाएका थिए। सिटीले पनि रहिम स्टर्लिङको पेनाल्टी गोल प्रेरणामा उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...