भारतसँग दुई मैत्रीपूर्ण फुटबल
२३ साउन २०७८
•
२ मिनेट पाठ
भारतसँग दुई मैत्रीपूर्ण फुटबल
आगामी १३औं साफलाई लक्षित गरेर नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा छिमेकी टोली भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।




अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नै घरेलु भूमि दशरथ रंगशालामा आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। आगामी साफ च्याम्पियनसिप अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक राष्ट्र तय भएका छैनन्। सोही प्रतियोगिताका लागि लक्षित गरेर आगामी सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेका हुन्।  

नेपालले छिमेकी प्रतिद्वन्द्वी भारतसँग हालसम्म १९ पटकको भेटमा दुई पटक मात्र जित निकाल्दा १३ खेलको नतिजा सुम्पिएको छ। चार खेल भने बराबरीमै टुङ्गिएका थिए। सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले भारतमाथि २–१ को पछिल्लो जित निकालेको थियो। दुवै टोली आगामी साफ च्याम्पियनसिपको तयारीमा नै व्यस्त छन्। नेपालले घरेलु भूमिमा पछिल्लो पटक भारतसँग सन् २०१५ मा आतिथ्यता गरेको थियो।  

सन् २०१८ को विश्वकप छनोट चरणअन्तर्गत भएको उक्त छनोट खेलमा नेपालले घरेलु भूमिमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो। दुई मैत्रीपूर्ण खेलमा सात पटकको साफ च्याम्पियन भारतसँग जित निकाले नेपालले आगामी १३औं साफमा पनि बलियो दाबेदारी प्रस्तुत गर्नेछ। नेपालले दक्षिण एसियाको फुटबल प्रतिस्पर्धामा हालसम्म सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन।  

साफ च्याम्पियनसिप जित्न नसकेका तीन राष्ट्रमा नेपालसहित पाकिस्तान र भुटान हुन्। साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरिसकेका छन्। प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ को महामारीका कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपाल र माल्दिभ्सले आयोजनाको दाबी प्रस्तुत गरेका हुन्। नेपालले यसअघि दुई पटक सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो भने माल्दिभ्सले सन् २००८ मा श्रीलंकासँग मिलेर साफको आयोजना सम्पन्न गरेको थियो। 
अर्को समाचार
नेपालले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने
२१ असोज २०८२
•
१ मिनेट पाठ
नेपालले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसियाका दुई बलिया टोली इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।




अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार यसको आधिकारिक जानकारी दिँदै नेपालले कार्तिक ७ गते इरान र कार्तिक १० गते भारतको सामना गर्ने तालिका सार्वजनिक गरेको हो।

यसअघि भारतसँग मात्र मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि तालिकामा इरान पनि थपिएको हो। साथै, भारतसँगको खेलको स्थान पनि परिवर्तन गरिएको छ। पहिले सिक्किममा हुने भनिएको खेल अब भारतको शिलङमा आयोजना हुने एन्फाले जनाएको छ।

यी दुई महत्वपूर्ण मैत्रीपूर्ण खेलको तयारीका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्। उनले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। जसबाट अन्तिम टोलीको छनोट गरिनेछ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस