चौथो ताप्लेजुङ गोल्डकप: गृह मैदानमा जर्जियन एफसीसँग आयोजक स्तब्ध
१२ भदौ २०८३
•
३ मिनेट पाठ
चौथो ताप्लेजुङ गोल्डकप: गृह मैदानमा जर्जियन एफसीसँग आयोजक स्तब्ध
ताप्लेजुङको फुङलिङमा सुरु चौथो संस्करणको ताप्लेजुङ गोल्डकपमा भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लवले विजयी सुरुआत गरेको छ ।  




आयोजक ताप्लेजुङ–११ लाई गृह मैदानमा २–१ ले स्तब्ध पार्दै प्रतियोगिताको एकमात्र अन्तराष्ट्रिय टोली जर्जियन युनाईटेडले सेमीफाईनलमा स्थान बनाएको हो । मध्यान्तर पछिको ४ मिनेटमा डिवक्स एरियाको बाँया भागबाट प्रहार गरेका जर्जियनका कप्तान गुञ्जमान थापाको प्रहारप्रति ताप्लेजुङ–११ का गोलरक्षक आकाश लिम्बूले भेउ पाउन सकेनन् र बलले सिधै जाली चुम्यो ।  

मध्यान्तर पछि १–० को अग्रतामा रहेको जर्जियनले विपक्षी टिम बिरुद्धको खेललाई नियमित आक्रामक बनायो । पहिलो गोल गरेको केहि समयपछि ताप्लेजुङ–११ का खेलाडीले जर्जियनका कप्तान थापालाई फाउल गर्दा रेफ्री श्रवण लामाले जर्जियनलाई पेनाल्टीको मौका दिए । पेनाल्टी प्रहार गरेका जर्जियनका कप्तान थापाले आफ्नो प्रहारमा कुनैपनि गल्ति नगरी व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।  

२–० ले पछि परेको खेलमा फर्कन ताप्लेजुङ–११ का लागि संघर्षपूर्ण खेल खेल्नु अनिवार्य थियो । सोहि रणनीति अनुसार खेलमा आक्रामक रणनीति बुनेको आयोजक टीमका दीपेश लिम्बूले उत्कृष्ट गोल गर्दै खेलाई २–१ को स्थितिमा ल्याए । खेल अन्तर कम गरेको आयोजक टीमले गोल फर्काउने थुप्रै प्रयास भने गर्‍यो ।  

गोल अन्तरलाई जोगाउन जर्जियनले रक्षात्मक खेल खेल्दा आयोजकको टीमले थप गोल गर्न सकेन र खेल जर्जियनको पक्षमा गयो । मध्यान्तर अघिको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।  

खेलमा उत्कृष्ट प्रर्दशन गरी टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विजेता टिमका गुञ्जमान थापाले ७ हजार रुपैयाँ बराबरको अलैंची उपहार पाएका छन् ।  

ताप्लेजुङको प्रमुख नगदेवाली अलैंचीको प्रर्वद्धन र महत्व स्थापित गर्न म्यान अफ द म्याच बन्नेलाई अलैंची उपहार दिइने निर्णय भएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।  

भदौ १३ गते शनिवार हुने दोस्रो खेलमा समूह ‘बी’को चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब आमने–सामने हुनेछन् । बिधागततर्फका सबै उत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।  

भदौ १९ गते सकिने प्रतियोगिता विजेताले नगद ७ लाख २ हजार ८३ र उपबिजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्बोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एकथान मोटर साइकल उपहार प्रदान गरिने भएको छ । भाग्यशाली दर्शक उपहार अन्तरगत टिकट काटेर खेलको अवलोकन गरेका दर्शकको टिकटलाई फाइनलको दिन एकै डालोमा राखेर गोलाप्रथाद्धारा एकजनालाई टिभिएस कम्पनीको एकथान स्कुटर प्रदान गरिने छ ।  

यसअघि उद्घाटन चरणको कार्यक्रम अन्तरगत यहाँ रहेका विभिन्न समुदायका जातीय झाँकीहरुको प्रस्तुतिका साथ खेलको मस्कटको रुपमा प्रयोग गरिएको रेडपाण्डाको आवरणचित्र प्रर्दशनी सहित कार्यक्रम सुभारम्भ भएको थियो ।  

फुङलिङ नगरप्रमुख अमिर मादेनले प्रतियोगिताको उद्घाटन गरेका छन् । कार्यक्रममा संविधानसभा सदस्य सञ्चपाल मादेन,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल सहित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु,लाखेजात्रा सञ्चालन समितिका पदाधिकारीहरु,जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरु,लाखेजात्रा सञ्चालन समितिका पूर्व अध्यक्षसहितको उपस्थिति रहेको थियो ।  

कार्यक्रम अघि लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले चौथो ताप्लेजुङ गोल्डकपको संकेत दिनेगरी नृत्य प्रस्तुत गरेको थियो ।  

कार्यक्रममा च्याव्रुङ नाच,धाननाध,घाटु नाच,लाखेनाच,डोकेनी नृत्य,स्यार्बोसहितका जातीय तथा अन्य साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
१७ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४५ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस