उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने
२८ फागुन २०७७
•
२ मिनेट पाठ
उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने
धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा उपाधीको लागि हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुल  भिड्ने भएका छन्। धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा शनिबार दुवै टीमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएका सेमिफाइनलका खेलमा जित हात पार्दै दुवै टीम उपाधि नजिक पुगेका हुन ।




संघीय प्रहरी कार्यालयको मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा लिटल फ्लावर स्कुलले बाल बाटिकालाई ३ विकेटले जित हात पार्दै फाईनल प्रवेश गर्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९० रन बनायो । उसका लागि विराट भण्डारीले २९ र कलम ओलीले २२ रन बनाए । लिटल फ्लावरका पुुष्करराज बडुुले ४ विकेट लिए । ९१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल फ्लावरले १८ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेटायो । लिटल फ्लावरको जितमा राजकुमार शाहले अविजित रहदै २४ र शैलेस केसीले २२ रन बनाए । बाल बाटिकाका कमल ओलीले ५ विकेट लिए । खेलका म्यान अफ द म्याच लिटल फ्लावरका पुष्करराज बडु भए ।

त्यस्तै शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा शारदा सरस्वतीलाई ८९ रनले जितेर ह्वाइट हाउसले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ह्वाइट हाउसका लागि कप्तान दिपक बोहराले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्का दिपक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । शारदाका गणेश बहादुर बिटालुले ३ विकेट लिए । ह्वाइट हाउसले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा १२ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटियो । उसका गणेश बहादुरले सर्वाधिक २२ रन बनाए । 

अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ह्वाइट हाउसका कप्तान दिपक र सन्दीप शाहीले ३÷३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका कप्तान दिपक चुनिए । प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् । गत फागुन १५ गते संचालन भएको प्रतियोगितामा देशभरीका १६ बिद्यालयको सहभागिता रहेको थियो ।  
अर्को समाचार
हिमालयन ह्वाइट हाउस काठमाडौँ च्याम्पियन
२९ फागुन २०७७
•
१ मिनेट पाठ
हिमालयन ह्वाइट हाउस काठमाडौँ च्याम्पियन
लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस काठमाडौँले उपाधी जितेको छ । धनगढी स्थित संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार भएको सेमिफाईनल खेलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले जित हात पार्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए । १ सय ६८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली लिटल फ्लावरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडुले अविजित रहदै १४ रन बनाए । ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरुप श्रेष्ठले २ विकेट लिए । म्यान अफ द फाइनल ह्वाइट हाउसका गजेन्द्र बोहरा चुनिए । उपाधिसंगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजार पाएको छ ।




प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । उनले नगद १० हजार पाए । यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयमान खेलाडी भए । उनीहरुले ५÷५ हजार प्राप्त गरे । लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा १५ फागुनदेखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टीमको सहभागिता रहेको थियो । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले अगामी बर्षमा पनि प्रतियोगितालाई अझ उन्नत र परिष्कृत रुपमा गर्ने बताएका छन । 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस