छिटै विकेट पतनका बावजुत डेब्युटेन्ट विल पुकोवस्की र मार्नस लाबुसेनको अर्धशतकीय इनिङ प्रेरणाबाट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङलाई राम्रो योगफलतर्फ अग्रसर गराएको छ।
वर्षाले प्रभावित भएको पहिलो दिनको खेलमा बिहीबार डेविड वार्नर सस्तैमा आउट भए पनि पुकोवस्की र लाबुसेनको अर्धशतकीय प्रेरणाबाट अस्ट्रेलियाले पहिलो इनिङलाई राम्रो योगफलतर्फ अग्रसर गराएको हो।सिड्नी क्रिकेट ग्राउन्डमा वर्षाका कारण तीन घन्टाभन्दा बढि समय प्रभावित हुँदा अस्ट्रेलियाले पहिलो दिन १६६/२ मा रहेर टुङ्गायो।
चौथो ओभरमै ओपनर वार्नरलाई ५ रनमा गुमाएपछि अस्ट्रेलियाको सुरुआत राम्रो हुन सकेन। यद्यपि, लाबुसेन र पुकोवस्कीले इनिङलाई अगाडि बढाए।लाबुसेन ६७ रनमा नटआउट छन् भने पुकोवस्कीले टेस्ट क्रिकेट करियरकै सर्वाधिक स्कोर बनाए।
उनी ६२ रन बनाएर आउट भएका थिए। दोस्रो विकेट पतन भएपछि स्टिभ स्मिथले इनिङ समाले।स्मिथ यस शृंखलामा पहिलोपटक दोहोरो अंकमा रन बटुल्न सफल भए। उनी ३१ रनमा नटआउट छन्। डेब्युटेन्ट नवदीप सैनी र दोस्रो टेस्ट मात्र खेलेका मोहमद सिराजले समान १/१ विकेट निकाले।
भारतले चार खेलको शृंखला १–१ को बराबरी गरिसकेको छ। ८ हजार ६ सय ९२ दर्शक रहेको खेलमा अस्ट्रेलियाका कप्तान टिम पाइनेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।सेसनको सुरुआती ३५ मिनेटमै वर्षा सुरु भएको थियो।
यद्यपि, त्यसपछि सिराजले चोटबाट फर्किएका वार्नरलाई सस्तैमा पवेलियनको बाटो देखाए।सिराजले वार्नरलाई विकेट पछाडि क्याच आउट गराएका थिए।तर, पुकोवस्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकासे। यथापि, २२ वर्षे पुकोवस्कीलाई एलबिडब्लु आउट गर्दै सैनीले पहिलो टेस्ट विकेट लिए।
एक छेउबाट विकेट पतन भए पनि लाबुसेनले धैर्यतापूर्वक ब्याटिङ गर्दै इनिङ अगाडि बढाए, जसले यस शृंखलामा आशालाग्दो ब्याटिङ गरेका छन्। तर, लाबुसेन ११ रनमा आउट हुनबाट बचेका थिए।त्यसलाई सदुपयोग गर्दै उनले टेस्ट करियरको नवौं अर्धशतक बनाए।