तीव्र गतिका बलर जस हाज्लेउड र प्याट कमिङ्सको आक्रामक बलिङसामु निरीह बनेको भारत दोस्रो इनिङमा ३६ रनको न्यून योगफलमा सीमित हुँदा पहिलो टेस्टमा घरेलु टोलीसँग ८ विकेटको लज्जास्पद हार बेहोर्न बाध्य भएको छ।
९–१ को अवस्थाबाट शनिबार तेस्रो दिनको खेल सुरु गरेको भारत अस्ट्रेलियाभन्दा ६९ रनको अग्रतामा थियो। पहिलो टेस्टमा २ सय ४४ रन जोडेको भारतले शुक्रबार दोस्रो दिन अस्ट्रेलियालाई १ सय ९१ रनमा सीमित पारेको थियो। दोस्रो दिन नै घरेलु टोलीमाथि दबाब बनाएको भारतले अस्ट्रेलियालाई पूर्ण रूपमा दबाबमा राख्ने संकेत गरेको थियो। तर तेस्रो दिन अस्ट्रेलियाका हाज्लेउडले ८ रन खर्चंदै ५ विकेट र कमिङ्सले २१ रन खर्चंदै ४ विकेट लिएपछि भारत आफ्नो टेस्ट खेलको इतिहासकै सर्वाधिक कम योगफलमा सीमित भएको थियो। यस क्रममा अस्ट्रेलियाका कप्तान तथा विकेटकिपर टिम पायनेले ५ वटा क्याच लिएका थिए।
‘मैले यति छिट्टै नतिजा हाम्रो पक्षमा आउँछ भन्ने सोचेको थिइनँ। मैले तीव्र प्रतिस्पर्धाको अपेक्षा गरिरहेको थिएँ,’ पायनेले भने, ‘हामीले पहिलो इनिङमा निकै खराब प्रदर्शन गरेका थियौं। दोस्रो इनिङमा हाम्रा बलर भारतीय ब्याट्सम्यानमाथि पूर्ण रूपमा हाबी भए। तेस्रो दिनको पहिलो बलबाटै हाम्रा बलरले विपक्षी खेलाडीलाई पूर्ण रूपमा दबाबमा राखे।’
पहिलो इनिङमा भारतले २ सय ४४ रन बनाएको थियो। यस क्रममा कप्तान विराट कोहलीले सर्वाधिक ७४ तथा चेतेश्वर पूजारा र अजिन्क्या रहानेले क्रमशः ४३ र ४२ रन जोडेका थिए। तर दोस्र्रो इनिङमा भारतका कुनै पनि खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन्। भारत मात्र २२ ओभरमा ३६–९ मा सीमित भएको थियो। मोहम्मद सामी रिटायर्ड हर्ट भए।
सन् १९५५ मा अक्ल्यान्डमा न्युजिल्यान्ड इङ्ल्यान्डविरुद्ध मात्र २६ रनमा सीमित भएको थियो, जुन टेस्ट क्रिकेट इतिहासकै सबेैभन्दा कम योगफल हो। यसअघि भारत सन् १९७४ मा लर्ड्समा इङ्ल्यान्डविरुद्ध मात्र ४२ रनमा अलआउट भएको थियो।
९–१ बाट तेस्रो दिनको खेल सुरु गरेको भारतले थप ६ रन जोड्दा जसप्रीत बुमराहलाई दोस्रो विकेटको रूपमा गुमाएको थियो। बुमराह कमिङ्सको बलमा कट एन्ड बोल्ड भएपछि भारतको विकेट पतन सुरु भएको थियो। १५–२ को अवस्थामा थप ३ विकेट गुमाएपछि भारत थप दबाबमा पारेको थियो। यस क्रममा पूजारा र रहानेले रन खाता खोल्न सकेनन्। ९ रन जोडेका मयंक अग्रवाल पनि हाज्लेउडको बलमा बोल्ड भएका थिए। दबाबमा रहेको भारतको इनिङ कप्तान कोहलीको काँधमा आए पनि थप ४ रन जोड्दा उनी पनि कमिङ्सको बलमा बोल्ड भएपछि भारत संकटमा परेको थियो। त्यसपछि ब्याटिङका लागि आएका हनुमा बिहारी ८ रनमा आउट हुँदा ऋद्धिमान शाह र रविचन्द्रन आश्विन पनि रन खाता नखोल्दै पवेलियन फर्किएका थिए। उमेश यादव ४ रनमा अविजित रहे भने सामी रिटायर्ड हर्ट भएका थिए।
९३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले मात्र २१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। अस्ट्रेलियाका ओपनर जो बनर्सले सर्वाधिक ५१ रन जोड्दा अर्का ओपनर म्याथ्यु वेडले २६ रन बनाए। भारतका आविश्वनले १ विकेट लिए। यससँगै अस्ट्रेलियाले ४ टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ। एएफपी