स्विस टेनिस स्टार रोजर फेडेररले आफू अझैं रिकभरी समयमा रहेकाले यस सिजनको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा शतप्रतिशत फिट भएर खेल्न नसक्ने बताएका छन्।
३९ वर्षे फेडेरर दुई चरणमा घुँडाको सर्जरीका कारण गत फेब्रुअरीदेखि कोर्टबाहिर छन्। जुनमा पनि पुनः घुँडाको सर्जरी गराएपछि फेडेररको सन् २०२० को सिजनै खेर गएको थियो। सर्जरीबाट तन्दुरुस्त हुन लामो समय बिताए पनि २० ग्रान्ड स्लाम विजेता फेडेररले आगामी ग्रान्ड स्लाममा शतप्रतिशत फिट नभएर खेल्ने अवस्था नरहेको बताएका हुन्। कोरोना भाइरसका कारण यस सिजनको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपन जनवरीबाट फेब्रुअरीमा सरिसकेको छ। ‘समयसँग नै मैले प्रतिस्पर्धा गरिरहेको छु। अस्ट्रेलियन ओपन सुरु हुन केही समय लागेमा व्यक्तिगत रूपमा मलाई केही सहज पनि हुनेछ,’ स्विट्जरल्यान्डमा भएको एक अवार्ड समारोहमा फेडेररले भनेका छन्।
फेडेररले आफू अक्टोबरमै शतप्रतिशत फिट हुने आशा गरिए पनि सोहीअनुरूप हुन नसकेको प्रतिक्रिया दिएका छन्। ‘अक्टोबरमै पूर्ण रूपमा फिट हुन्छु भन्ने थियो। तर, आजसम्म त्यस्तो हुन सकेन। तथापि अस्ट्रेलियन ओपनसम्म फिटको निकट पुग्नेछु,’ उनले प्रस्ट्याएका छन्। उनले आफ्नो खेल भविष्यबारे अझैं समय रहेको र त्यसका लागि यो वर्ष हेर्न लायक हुन सक्ने उल्लेख गरे। ‘यस सिजन मेरा लागि खराब रह्यो। अझैं समय छ र यो वर्ष केही हेर्न लायक प्रदर्शन हुन सक्छन्,’ उनले भनेका छन्।
यस सिजन फेडेररका लागि खराब रहँदा उनका प्रतिद्वन्द्वी राफाइल नाडालले भने १३औं पटक फ्रेन्च ओपन उचाल्दै फेडेररको नाममा रहेको पुरुषतर्फको सर्वाधिक २० ग्रान्ड स्लामको रेकर्ड बराबरी गरेका थिए। गत नोभेम्बर फेडेररले आफ्नो सुधारबारे जानकारी दिएका थिए, जसमा उनले अभ्यास गरेको तस्बिरसहित ‘ब्याक टु वर्क’ ट्विट गरेका थिए। आइतबार पनि उनले एटिपीमार्फत एक भिडियो सार्वजनिक गर्दै सन् २०२१ मा व्यस्त खेलतालिका रहेकाले रोमाञ्चक हुने उल्लेख गरेका थिए, जहाँ उनले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दा पहिलो ओलम्पिक स्वर्ण पदक लक्ष्य राख्नेछन्।