च्याम्पियन्स लिग: युनाइटेडको यात्रा समूहचरणमै सीमित
२५ मंसिर २०७७
•
३ मिनेट पाठ
च्याम्पियन्स लिग: युनाइटेडको यात्रा समूहचरणमै सीमित
टोलीका लागि तेस्रो गोल गरेपछि लिपजिगका जस्टिन क्लाइभर्ट (बायाँ) । तस्बिर : एपी
आरबी लिपिजगसँग ३–२ ले स्तब्ध भएसँगै म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा समूहचरणमै सीमित बनेको छ। यता खेलपदाधिकारीले नै रंगभेदी दुर्व्यवहार भएको भनेपछि पेरिस सेन्ट जर्मन (पिएसजी) र इस्तानबुल बसाकसेयरबीचको खेल भने २४ घण्टाका लागि स्थगित बन्न पुग्यो।




यद्यपि ९ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा बसेको पिएसजी भने प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। लिपजिग १२ अंकका साथ शीर्ष स्थानमा छ। समान ९ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा र बसाकसेयर ३ अंकका साथ अन्तिम स्थानमा छ।  

यता क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित युभेन्ट्सले भने बार्सिलोनालाई ३–० को हार चखायो। लाजियोले क्लब बर्जसँग २–२ को बराबरी खेले पनि दुई दशकपछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का ग¥यो।

ओले गनर सोल्सजायरको टोलीलाई अन्तिम १६ मा स्थान पक्का गर्न कम्तीमा १ अंक मात्र आवश्यक थियो। खेलको दोस्रो मिनेटमा एन्जिलिनो, १३औं मिनेटमा अमाडिउ हैदरा र ६९औं मिनेटमा जस्टिन क्लुभर्टको गोलमा लिपिजिगले ३–० को अग्रता लिएको थियो। ब्रुनो फर्नान्डेज र लिपजिगका इब्राहिमा कोन्टेले आत्मघाती गोल गर्दा खेलमा फर्कने संकेत गरे पनि युनाइटेडका लागि त्यो पर्याप्त बनेन। ‘हामीले पहिलो हाफमा स्वाभाविक प्रदर्शन गर्न सकेनौं। ३–० ले पछि परे पनि हामीले अन्त्यमा २ गोल फर्काउँदै खेलमा फर्कने प्रयास गर्‍यौं, त्यो पर्याप्त भने बनेन,’ सोल्सजायरले भने।

पिएसजी र बसाकसेयरबीचको खेल १४औं मिनेटमा रोकिएको थियो। बसाकसेयरका खेलाडीहरूले फोर्थ अफिसियलले रंगभेदी दुव्र्यवहार गरेको भन्देै मैदान छोडेका थिए। बसाकसेयरका सहायक प्रशिक्षक पिइरे वेवोलाई फोर्थ अफिसियलसँग विवाद गरेको भन्दै रातो कार्डको दर्शन गराएपछि खेल प्रभावित बनेको थियो,जहाँ टर्किस क्लबका खेल पदाधिकारीले फोर्थ अफिसियलले रंगभेदी टिप्पणी गरेको भन्दै विरोध गरेका थिए। टेलिभिजन माइक्रोफोनमा पनि फोर्थ अफिसियलले बारम्बार वेवोलाई बोलाउने क्रममा रंभगेदी शब्द प्रयोग गरेको रेकर्ड भएको छ।

टर्कीका राष्ट्रपति रेसेफ तैयबले यो घटनालाई गम्भीर रूपमा लिएको बताएका छन्। युइएफएले पनि यस घटनाबारे अनुसन्धान गर्ने बताइसकेको छ।  

यता अक्टोबरमा बार्सिलोनासँग २–० को हार व्यहोरेको आन्द्रे पिर्लोको टोलीले बार्सिलोनामाथि सहज जित हात पारेको हो। युभेन्ट्ससँगको हारपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान भने थप दबाबमा परेका छन्।

‘हामी खुसी छौं। समूहको शीर्ष स्थानमा बस्नु नै हाम्रो लक्ष्य थियो र त्यो पूरा भएको छ,’ रोनाल्डोले भने, ‘हाम्रा सामु कठिनाइहरू थिए तर हामीले राम्रो खेल्यौ।  

समूह ‘जी’ मा युभेन्ट्स र बार्सिलोनाको समान १५ अंक भए पनि पिर्लोको टोली हेड टु हेडमा शीर्ष स्थानमा बसेको हो। प्रतियोगितामा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको बार्सिलोनाको यात्रा छैटौं खेलमा आएर रोकिएको हो।  

‘हामीमा जितको भोक देखिएन। निकै खराब प्रदर्शन,’ कोम्यानले भने। समूह ‘एफ’ मा बोरुसिया डर्टमन्डले जेनिट सेन्ट पिटर्सबर्गमाथि ३–१ को जितका साथ समूहको शीर्ष स्थान पक्का गर्दा लाजियोले क्लब बर्जसँग २–२ को बराबरी खेले पनि दोस्रो स्थानमा बस्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। समूह ‘ई’ मा चेल्सीले एफसी क्रासानडोरसँग १–१ को बराबरी खेल्दा सेभियाले रेनिसमाथि ३–१ को जित हात पार्‍यो। एएफपी
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
१ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस