साबिक विजेता फ्रान्सले सन् २०२२ को कतार विश्वकपमा स्थान पक्का गर्न युरोपेली छनोटको समूह ‘डी’ मा युक्रेन, फिनल्यान्ड, काजकिस्तान र बोस्निया एन्ड हर्जगोभिनाको चुनौती पार गर्नुपर्ने भएको छ।
कोरोना भाइरस महामारीका कारण फिफाको मुख्यालय ज्युरिचमा भर्चुअल माध्मबाट विश्वकपको युरोपेली छनोट ‘ड्र’ सार्वजिनक गरिएको हो। जहाँ गारेथ साउथगेटको इङ्ल्यान्डले भने समूह ‘आई’ मा पोल्यान्डसँगै हंगेरी, अल्बानियाका साथै एन्डोरो र सान मारिनोको सामना गर्ने भएको छ। यसअघि २०१४ को ब्राजिल विश्वकप छनोटको प्लेअफ पहिलो लेगमा डिडिएर डेसच्याम्पसको टोली २–० ले पराजित भए पनि दोस्रो लेगमा ३–० को जितका साथ विश्वकपको टिकट पक्का गरेको थियो। ‘छनोट चरण सधैं लामो हुने गर्दछ, जहाँ जस्तो पनि नतिजा आउन सक्छ,’ डेसच्याम्पसले भने, ‘त्यो चुनौती पार गर्दै अघि बढ्नुपर्छ।’
यता इङ्ल्यान्ड भने विश्वकप छनोटअन्तर्गत पोल्यान्डको सामना गर्न लागेको यो सातौं पटक हो। २०१४ मा पनि इङ्ल्यान्ड र पोल्यान्ड विश्वकप छनोटमा आमने सामने भएका थिए। जहाँ वार्सामा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो भने वेम्बलीमा सम्पन्न दोस्रो लेगमा इङ्ल्यान्ड २–० ले विजयी भएको थियो। यता १९७४ को विश्वकपमा भने पहिलोमा २–० को पराजय र वेम्बलीमा १–१ को बराबरीपछि इङ्ल्यान्ड छनोट चरणबाटै बाहिरिएको थियो।
कतार विश्वकप २०२२ अन्तर्गतको युरोपेली छनोटका खेलहरू २०२१ मार्चबाट सुरु हुनेछन्। जहाँबाट १३ राष्ट्रले ३२ राष्ट्र सहभागी विश्वकपको टिकट पक्का गर्नेछन्। जसअन्तर्गत मार्च र सेप्टेम्बरमा समान तीन चरण तथा अक्टोबर र नोभेम्बरमा समान २ चरणका खेल हुनेछन्। युरोपेली छनोट चरणको १० समूहका समूहविजेता स्वतः विश्वकपमा छनोट हुनेछन्। यता १० समूहका उपविजेताका साथेै नेसन्स लिगका दुई उत्कृष्ट समूह विजेताले भने २०२२ मार्चमा प्ले अफमा प्रतिस्पर्धा गर्नेछन्,जहाँबाट तीन टोलीले मात्र विश्वकपको टिकट पक्का गर्नेछन्।
युरोपेली छनोट अन्तर्गत समूह ‘ए’ मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड, लक्जेम्बर्ग र अजरबैजान छन् भने समूह ‘बी’ मा स्पेन, स्विडेन, ग्रिस, जर्जिया र कोसोभो छन्। यता समूह ‘सी’ मा इटाली, स्विट्जरल्यान्ड, नर्दन आयरल्यान्ड, बुल्गेरिया र लिथुवानिया, समूह ई मा बेल्जियम, वेल्स, चेक रिपब्लिक, बेलारुस र एन्टोनिया तथा समूह ‘एफ’ मा डेनमार्क, अस्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, माल्डोभा छन्। त्यस्तै समूह ‘एच’ मा नेदरल्यान्ड्स, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, साइप्रस र माल्टा, समूह ‘जे’ मा जर्मनी, रोमानिया,आइसल्यान्ड, नर्थ मासेडोनिया, आर्मेनिया र लिचटेनिस्टेन छन्। एएफपी