बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान तथा स्ट्राइकर लियोनल मेसीलाई सिजनको सुरुआतमै बिक्री गरेको भए हुन्थ्यो भन्दै कार्यवाहक अध्यक्ष कार्लोस ट्रास्क्वेट्सको भनाइको आलोचना गरेका छन्।
ट्रास्क्वेट्सले ३३ वर्षे मेसीलाई बिक्री गरेको भए क्लबले चाहेको रकम पाप्त गर्नेथियो भन्दै मेसीलाई क्लबमा राखिराख्ने निर्णय उचित नभएको प्रतिक्रिया दिएका थिए। बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्त्यपछि सकिने भएपछि मेसीले यस सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा अन्यत्र जान पाउनेछन्। ‘क्लबबाहिर कसले के भन्न मलाई केही मतलब लाग्दैन।
यद्यपि, क्लबभित्रै खेलाडीको भविष्यका बारेमा हुने गाइँगुइँले भने क्लब व्यवस्थापन र खेलाडीमा धैर्य छैन भन्ने प्रमाणित गर्छ। हामी सबै जिम्मेवार हुन आवश्यक छ। क्लबभित्रैबाट आउने प्रतिक्रियाले भने धेरै समस्या ल्याउँछ,’ कोम्यानले भने। मेसीले अगस्टमा क्लब छोड्न चाहेको बताए पनि क्लबले भने मेसीको महँगो फुकुवा रकम ७ सय मिलियन युरो घोषणा गरेको थियो।
त्यसपछि मेसीले यो सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका थिए। ‘मेसीको भविष्यका बारेमा यदि कसैले निर्णय गर्छ भने त्यो मेसीले नै गर्नुपर्छ। उनको भविष्यका बारेमा अरूले टीकाटिप्पणी गर्न आवश्यक छैन,’ कोम्यानले भने, ‘मेसीलाई बिक्री गर्नु क्लबका कार्यवाहक अध्यक्षको व्यक्तिगत विचार होला।’