तीव्र गतिका बलर टिम साउथीको उत्कृष्ट बलङसामु निरीह देखिएको वेस्ट इन्डिज घरेलु टोली न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत देखिएको छ।
शनिबार तेस्रो दिनको खेल समाप्तिमा फलोअनमा परेको भ्रमणकारी टोली वेस्ट इन्डिज दोस्रो इनिङमा १९६–६ को स्थितिमा छ। वेस्ट इन्जिज अझै न्युजिल्यान्डभन्दा १ सय ८५ रनले पछि छ र टोलीको ४ विकेट मात्र बाँकी छ।
कप्तान केन विलियम्सनको दोहोरो शतकमा न्युजिल्यान्डले ५१९–७ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। यता साउथीको बलिङमा निरीह देखिएको वेस्ट इन्डिज भने पहिलो इनिङमा मात्र १३८–९ मा सीमित भएसँगै फलोअनमा परेको थयो। सेन डोर्विच हातको चोटका कारण पहिलो इनिङमा रिटायर्ड हर्ट भएका थिए।
४९–० बाट तेस्रो दिनको खेल सुरु गरेको वेस्ट इन्डिजले दुवै इनिङ गरी कुल २ सय ८५ रन जोड्दा १५ विकेट गुमाउन पुग्यो। पहिलो इनिङमा न्युजिल्यान्डका टिम साउथीले ३५ रन खर्चंदै ४ विकेट लिँदा जेमिसन र वाग्नरले समान २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिएका थिए। पहिलो इनिङमा वेस्ट इन्डिजका काम्पेलले २६, कप्तान जेसन होल्डरले अविजित २५, ब्ल्याकउडले २३ र ब्राथह्वाइटले २१ रन जोडेका थिए।
फलोअनमा परेको वेस्ट इन्डिजले ८९ रन
जोड्दा ६ विकेट गुमाएको थियो। जर्माइन ब्ल्याकउड र अल्जारी जोसेफले सातांै विकेटका लागि अविजित १ सय ७ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको सम्भावना जीवित राखेका थिए। ब्ल्याकउडले ९८ बलको सामना गर्दै ९ चौका र २ छक्का मद्दतमा अविजित ८० रन जोड्दा जोसेफले ७३ बलमा ९ चौका र १ छक्काको मद्दतमा अविजित ५९ रन जोडे।
न्युजिल्यान्डका वाग्नरले २ तथा जेमिसन, मिट्चेल, बोल्ट र साउथीले समान १ विकेट लिएका थिए। यसअघि पहिलो र दोस्रो दिनको खेल समेत पूर्ण दबाबमा राखेको न्युजिल्यान्डले विलियम्सनको २ सय ५१ रन मद्दतमा सम्मानजनक योगफल तयार पारेको थियो।
वेस्ट इन्डिजका ब्ल्याकउडले आफूहरू पहिलो इनिङमा सस्तोमा समेटिएको र दोस्रो इनिङमा समेत सोही समस्या दोहोरिए पनि पहिलो इनिङमा न्युजिल्यान्डका कप्तान विलियम्सनले देखाएको धैर्यतालाई पछ्याउने प्रयास गरिरहेको बताए। ‘हामी क्रमिक रूपमा विकेट गुमाउँदा दबाबमा पर्यौं, ठोस साझेदारी बन्न सकेन,’ ब्ल्याकउडले भने, ‘आगामी टेस्टमा धैर्यताका साथ प्रदर्शन गरे हामीले सोचेअनुरूपको नतिजा ल्याउन सक्छौं।’ एएफपी