मौजामा फुटबल मैदान बनाउन राखेपको टोली निरीक्षण
२७ कार्तिक २०७७
•
२ मिनेट पाठ
मौजामा फुटबल मैदान बनाउन राखेपको टोली निरीक्षण
निर्माणाधिन मौजाको फुटबल मैदानको राखेप बोर्डसदस्य सम्पन्न श्रेष्ठसहितको टोलीले निरीक्षण । तस्बिर : नागरिक
माथि जंगल छ। तल बस्ती छ। अलि परे हेर्‍यो भने पोखराको बजार देखिन्छ। त्यतिमात्रै नभई पोखरा रगशाला प्रत्यक्ष नियाल्न सकिन्छ।  




पोखरा २० मौजामा पोखराकै उचाईमा फुटबल मैदान बन्दै छ। मैदानबाट हिमाल छर्लङ्गै देखिन्छ। मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माण गर्ने कार्य अगाडि बढाइएको छ। पोखरा महानगरपालिकाले यो आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ। त्यसभन्दा अघि नै ८ लाख रुपैयाँको लागतमा जमिन कटान गरेर सम्याउने काम गरिएको थियो। तर बजेट अभावले काम अगाडि बढ्न सकेको थिएन।  

महानगरले बजेट छुट्टयाएपछि काम अघि बढेको छैन। यतिबेला कोरोना कहर छ। कहरकै कारण थप काम भने हुन सकेको छैन। फुटबल मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले प्रत्यक्ष निरीक्षण गरेर फर्किएका छन्। निरीक्षण गरेर फर्किएपछि श्रेष्ठले भने,‘फुटबल मैदान निर्माण गर्न उपयुक्त छ। प्राकृतिक दृष्टिकोणले निकै रमणीयस्थल छ।’ उनका अनुसार पोखरासँगै जोडिएको मौजामा फुटबल मैदान निर्माणसँगै खेलाडीलाई होम स्टेमा राखेर प्रतियोगिता सञ्चालन गर्न सकिन्छ।

उनले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले नै मौजा खेलमैदानको निरीक्षण गरेर खबर गर्न निर्देशन गरेपछि आफूले निरीक्षण गरेर फर्किएको प्रष्ट्याए। ‘फुटबल मैदान बनाउन जरुरी छ। त्यसमा पनि अझ मौजामा बनाउन अझै उपयुक्त देखिन्छ’ उनले थपे,‘प्राकृतिक सौन्दर्यताले खेलाडीको मनै लोभ्याउँछ।’

मैदान निर्माण गर्न महानगरपालिकाले छुट्टयाएको बजेटबाट काम अघि बढाउनुपर्नेमा जोड दिए। उनले महानगरपालिकाको बजेटबाट शुरु गरिएको कामलाई फत्ते गर्न राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय तथा प्रदेश सरकारसँग थप बजेटको लागि लबिङ गरिने स्पष्ट पारे।  

डेढ वर्षअघि मैदानको डिपिआर तयार गरिएको छ। डिपिआर अनुसार १६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। डिपिआरमा फुटबल मैदानसहित पार्किङ, दर्शक प्यारापिट, चेन्जिङ रुम तथा अन्य खेलकुद पूर्वाधार समेत समेटिएको छ। पोखरा-२० भलाम मौजाका वडाध्यक्ष सीम गुरुङले फुटबल मैदान निर्माणपछि ग्रामीण क्षेत्रमा स्पोर्टस टुरिज्म विकास हुने अपेक्षा गरे।  

‘फुटबल प्रतियोगितासँगै गाँउसम्म पुग्ने बाटोको स्तरोन्नति शुरु गरिएको छ । यातायातको सहज पहुँच पुगेपछि प्रतियोगिता आयोजना गर्न सकिन्छ। होमस्टेमा राखेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।’ उनले भने,‘त्यसको लागि सबै तह र तप्काबाट सहयोग हुन जरुरी छ।’ फुटबल मैदान निर्माणपछि पोखराकै सबैभन्दा उचाईमा रहेको फुटबल मैदान हुने छ।
अर्को समाचार
लोमान्थाङमा फुटबल मैदानसहितको ‘खेलग्राम’
१५ साउन २०७७
•
३ मिनेट पाठ
लोमान्थाङमा फुटबल मैदानसहितको ‘खेलग्राम’
लोमान्थाङ गाँउपालिकाको किमलिङमा निर्माणाधिन खेलग्राम । तस्बिर : नागरिक
हिमालपारीको जिल्ला मुस्ताङ अब खेलकुदको गन्तव्य बन्ने छ । रहस्यमयी माटोको शहरको रुपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्ने छ ।  




लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ । ४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

‘पर्यटन मात्रै होईन, उपल्लो मुस्ताङ खेलकुदको गन्तव्यको रुपमा समेत परिचय गराउने ध्येय छ,’ उनले भने, ‘त्यही ध्येयलाई मूर्तरुप दिन खेलग्रामको निर्माण गतवर्षदेखि नै थालेका हौं ।’ खेलग्रामको काठमाडौंस्थित एडोन इन्जिनियरिङ सोलुसन प्रा.लि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाएको हो । पानीको पर्याप्त उपलब्धताले पनि खेलमैदान निर्माणमा सहजता भएको छ । पानीको अभाव भने हुने छैन्।

किमलिङ–६ मा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । मैदानको पूर्व तर्फ  १ सय २० मिटर लम्बाईको पर्खाल लगाईको छ । पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाईको छ । प्रतिवेदन अनुसार मैदानको चारैतिर बालुवा, ढुंगा, ग्राभेल छ । ‘एक करोड रुपैयाँले पर्खाल निर्माण र जमिन सम्याउने काममा खर्च गरिएको छ ।’ उनको भनाई थियो । 

फुटबल मैदानसहित ९ लेनको एथलेटिक्स ट्रयाक(सिन्थेटिक) बनाउने डिपिआरमा उल्लेख छ । ९ लेनको ट्रयाक भने गण्डकी प्रदेशमै छैन् । गण्डकी प्रदेशकै राजधानी पोखरा रंगशालामा निर्माण गरिएको एथलेटिक्स ट्रयाक ८ लेनको छ । १ मिटरको ट्रयाक मात्रै १० लेनको बनाइएको छ । उच्च हिमाली क्षेत्र भएकै कारण मैदान सिजनेबल हुने छ ।

‘संघीय सरकारले उपलब्ध गराएको एक करोड बजेटबाट काम शुरु गर्यौं’ उनले भने, ‘अब संसद विकास कोषको रकम माग गर्दै छौं । प्रदेश सरकारलाई पनि घचघच्याईरहेका छौं ।’ डिपिआर अनुसार फुटबल मैदान, प्यारापिट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, भिआईपी भवन, चेन्जिङ रुमसहित पार्किङ एवं शौचालय निर्माण गरिने छ । दुईहजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने प्रतिवेदनमा उल्लेख छ । कुल लागत ५ करोड ९७ लाख रुपैयाँ छ । निर्माण कार्य स्थानीय किमलिङ खेलग्राम निर्माण उपभोक्ता समितिले गरिरहेको छ । लोमान्थाङ पोखरादेखि २४० किलोमिटर दुरीमा रहेको प्रतिवदेनमा उल्लेख छ ।  

खेलग्राम निर्माणपछि ‘हाईअल्टिच्युड ट्रेनिङ सेन्टर’ हुने विश्वास गरिएको छ । उचाईकै कारण हुने समस्या न्युनिकरण गर्न गण्डकी प्रदेश सदस्य विष्टले स्वास्थ्य चौकी समेत निर्माण गर्ने योजना रहेको सुनाए । ‘स्वास्थ्य चौकी निर्माण प्राथमिकतामा छ । आन्तरिक तथा बाह्य पर्यटक मात्रै नभई अब खेलग्रामको लागि पनि अत्यावश्यक छ,’ सदस्य विष्टले भने, ‘लोमान्थाङमा स्वास्थ्यचौकी छ । त्यसलाई अझ विस्तृत गराउने योजना छ ।’ मुस्ताङकै जोमसोममा भने ८ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य शुरु गरिएको छ । गएको जेठदेखि निर्माण कार्य शुरु गरिएको हो ।

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस