कास्केली खेल व्यवसायी भन्छन् : ‘खेल व्यवसाय सञ्चालन गर्न देऊ सरकार’
२८ असार २०७७
•
२ मिनेट पाठ
कास्केली खेल व्यवसायी भन्छन् : ‘खेल व्यवसाय सञ्चालन गर्न देऊ सरकार’
कास्केली खेल व्यवसायीहरुले खेलकुद ब्यवसाय खुल्ला गर्न माग गरेका छन् । व्यायाम व्यवसायी संघ कास्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सामाजिक दुरी कायम गर्दै खेल व्यवसाय गर्न दिन माग गरेका हुन् । सुरुमा प्रदर्शनसहित कोणसभा गरेका उनीहरुले खेल व्यवसाय सञ्चालन गर्न सकिने भन्दै त्यसका लागि वातावरण निर्माण गरिदिन माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाए ।




खेल व्यवसायीहरुले जिम, फुटसल, जुम्बासहित अन्य सम्पूर्ण खेल व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरे । प्रदर्शनमा सहभागीहरुले सुरक्षा संयन्त्र अप्नाई सिमित व्यक्ति राखी जिम खोल्न पाउँ, व्यायाम मनोरञ्जन मात्र होइन, स्वास्थ्य पद्धती हो, आफ्ना लागि मन्त्री निवासमै जिम बनाउने, हाम्रो जिमचाहिं बन्द गर्ने ?, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, जिमलाई मात्र कारवाही किन ? व्यायाम गरौं, कोरोना भगाऔंलगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का निवर्तमान सदस्य राजेश गुरुङले कोरोनालाई देखाएर खेल व्यवसाय बन्द गर्नु उचित नहुने बताए । खेल व्यवसायमा धेरै ठूलो लगानी भएकाले यो डुबे राज्यका लागि दुर्भाग्य हुने बताउँदै,‘उनले भने,‘यसमा धेरै स्वरोजगार छन्, कयौंले रोजगारी पाएका छन् यो डुब्दा हामी सबै डुब्छौं ।’ उनले फुटसल, जिम, जुम्बालगायतका खेल व्यवसाय खोल्दा धरपकड गर्ने, थुन्ने गरे सडक आन्दोलन गर्ने चेतावनी दिए । खेल व्यवसायले खेलाडी उत्पादनमासमेत सघाईरहेको बताउँदै उनले यसलाई ब्यवस्थित बनाएर खोल्न दिनुपर्नेमा जोड दिए ।

व्यायाम व्यवसायी संघ कास्कीका अध्यक्ष शंकरमान उदासले सामाजिक दुरी कायम गर्दै मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका सुरक्षा सामग्री आवश्यक मात्रामा प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए ।

संघका सचिव बलराम सुवेदीले मागलाई बेवास्ता गरी खेल व्यवसाय सञ्चालन गर्न नदिए सडक आन्दोलन गर्ने चेतावनी दिए । प्रदर्शनमा व्यायाम व्यवसायी संघ कास्की, कास्की बडिविल्डिङ एण्ड फिटनेस संघ, फुटसल व्यवसायी संघ र जुम्बा व्यवसायी संघ कास्कीको सहभागिता रहेको थियो ।
अर्को समाचार
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
०८ चैत्र २०७८
•
१ मिनेट पाठ
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन्। अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन्।




गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।

'यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,' एक अधिकारीले भने।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस