इटालियन सिरी ‘ए’
२९ जेष्ठ २०७७
•
२ मिनेट पाठ
इटालियन सिरी ‘ए’
क्याप्शन
कोरोना भाइरस महामारीका कारण इटालियन सिरी ‘ए’ पुनः प्रभावित भएमा च्याम्पियनबिना नै यस सिजन समाप्त हुने सम्भावना रहेको छ ।




इटालियन फुटबल फेडेरेसन (एफआइजिसी) ले गत सोमबार नै यदि सिजन पूरा गर्न सकिएन भने प्लेअफ या अल्गोरिदम (हालसम्म खेलिएका खेलबाट औसत अंक) को योजना पारित गरेको छ । शुक्रबार नै सिरी ‘ए’ क्लबले च्याम्पियन र रेलिगेसनबिना सिजन समाप्त गर्न प्रस्ताव गरेको थियो । एफआइजिसीका अध्यक्ष गाब्रिली ग्राभिनाद्वारा प्रस्तावित योजनाहरू सर्वसम्मतिले अनुमोदन भएका थिए । तर, सिरी ‘ए’ का तीन प्रतिनिधिले भने मतदानमा सहभागिता जनाएनन् । गत मार्च ९ देखि सिरी ‘ए’ स्थगित भएको थियो ।

तर, पछिल्ला समय आगामी जुन २० देखि अगस्ट २ भित्र सिजन पूरा गर्ने योजनाहरू पनि अघि सारिँदै आएको थियो । प्लेअफ उत्तम उपाय हुने भए पनि महामारीका कारण समय अभाव भएमा अल्गोरिदम (अन्तिम पोजिसन निर्धारण गर्ने गणितीय योजना) भने अन्तिम प्रयोग हुन सक्नेछ । अल्गोरिदमको योजना लागू भएमा च्याम्पियन टोली घोषणा हुने छैनन् भने गणितीय उपायबाट सिजन रोकिनेछ । 

यो नियममा सबै टोलीले होम र अवेका खेलबाट प्राप्त गरेको अंकको औसत निकालिनेछ । सोही औसत अंक र बाँकी रहेका खेल संख्या गुणा गरेर प्राप्त अंक र सिजन प्रभावित हुनुअघिको अंकको जोडबाट प्राप्त योगफलले नै वरीयता निर्धारण गर्नेछ ।

आगामी जुन २० सम्म सिजन फर्काउन नसकिएको खण्डमा फेडेरेसनले जुलाई १० सम्म पर्खिने योजना बनाएको छ ।
फेडेरेसनले खेल पुनः सञ्चालन भएमा कुनै टोलीले मेडिकल प्रोटोकल उल्लंघन गरेमा प्रतिबन्ध र खेल प्रतिस्पर्धाबाट बाहिर पठाउनेसम्मको निर्णय गरिने पारित गरेको छ । आगामी जुन २० सम्म सिजन फर्काउन नसकिएको खण्डमा फेडेरेसनले जुलाई १० सम्म पर्खिने योजना बनाएको छ । फेडेरेसनले अगस्ट २० सम्म भए पनि सिजन पूरा गर्ने सम्भावना राखेको छ । सिरी ‘ए’ मा १२ चरणका खेल बाँकी रहँदा २५औं राउन्डका अझै चार खेल पनि खेल्न बाँकी छन् । लाजियोमाथि एक अंकको अग्रता बनाएको शीर्ष टोली युभेन्ट्स नवौं पटक लगातार उपाधि जित्ने दाउमा छ ।

युभेन्ट्सभन्दा एक खेल मात्र कम खेलेको तेस्रो स्थानको इन्टर मिलान ९ अंकले पछि छ । शीर्ष दुई डिभिजनका फुटबल लिग सञ्चालन ल्याउने योजना भए पनि महिला फुटबल लिगबारे निर्णय हुन सकेन । इटालियन फुटबलको तेस्रो डिभिजन लिग भने रद्द भएको छ । मोन्जाले दोस्रो डिभिजनमा उक्लिँदा प्लेअफमार्पmत अर्को टोलीले दोस्रो डिभिजनमा स्थान बनाउनेछ । फेडेरेसनले आगामी सेप्टेम्बर १ देखि अक्टोबरसम्म ट्रान्सफर विन्डो सञ्चालन गर्ने निर्णय गरेको छ ।
अर्को समाचार
जुन २० बाट सिरी ‘ए’
१७ जेष्ठ २०७७
•
१ मिनेट पाठ
जुन २० बाट सिरी ‘ए’
इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले जुन २० बाट इटालियन सिरी ‘ए’ पुनः सुचारु हुने पुष्टि गरेका छन् ।




कोरोना भाइरसको महामारीका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित छ । सिरी ‘ए’ मा अन्तिम १२ चरणका खेल बाँकी रहँदा युभेन्ट्स १ अंकको अग्रताका साथ शीर्ष स्थानमा छ । सिरी ‘ए’ क्लबका खेलाडीहरूले यसै साताबाट व्यक्तिगत अभ्यास सुरु गरिसकेका छन् भने टोलीले एकसाथ यसै साता अभ्यास गर्न पाउनेछन् । इटालियन फुटबल संघ (एफआइजिसी) ले अगस्ट २० सम्ममा २०१९—२०२० सिजन सक्ने योजना सार्वजनिक गरिसकेको छ ।

यता सिरी ‘ए’ को पुछारमा रहेको बेरिस्काका मालिक मासिमो केलिनोले लिग पुनः सुचारु गर्ने निर्णय मूर्खतापूर्ण भएको बताएका छन् ।

‘यो खेलाडीका लागि निकै कठिन हो,’ उनले भने, ‘दुई महिनाबाट अभ्यास रोकिएको छ । सातामा तीन खेल खेल्ने गरी ल्याउन लागिएको खेलतालिका घातक छ । जर्मनीको तुलनामा इटालीको तापक्रम बढी छ, जहाँ खेलाडीलाई थप कठिन हुनेछ ।’
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
इटालियन टोलीमा लुका
नागरिक नागरिक • · २२ असोज २०८१ · १ मिनेट पाठ
मोराटा एट्लेटिको फर्किए
एजेन्सी एजेन्सी • · १७ असार २०७९ · १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस