विश्व ह्याभिवेट च्याम्पियन ब्रिटेनका एन्थोनी जोस्वाले रंगभेदी दुव्र्यवहारलाई महामारीको संज्ञा दिएका छन् । ३० वर्षे जोस्वाले शनिबार वाट्फोर्डमा भएको प्रदर्शनको समर्थन गर्दै कवितासमेत वाचन गरेका थिए ।
‘यो पनि एक भाइरस हो र यसको महामारी झन् भयावह छ,’ जोस्वाले भने, ‘यो नियन्त्रणबाहिर छ । म कोभिड १९ अर्थात् कोरोना भाइरसको कुरा गरिरहेको छैन । म रंगभेदी दुव्र्यवहारनामक भाइरसको कुरा गरिरहेको छु ।’
‘हामी अहिले त्यही भाइरसविरुद्ध एक भएर उभिएका छौं । यसले धेरैको जीवन बिगारेको छ । रंगभेदी दुव्र्यवहारले हाम्रो समाजमा यस्तो जरा गाडेको छ, जुन उखेल्न निकै कठिन छ,’ आइएफबी, डब्लुबिए र डब्लुबिओ विश्व च्याम्पियन जोस्वाले थपे ।
जोस्वा घाइते भए पनि विरोध मार्चपासमा बेैशाखीकै भरमा प्रदर्शनकारीलाई दरिलो साथ दिएका थिए । गत साता अभ्यासको क्रममा उनको घुँडामा चोट लागेको थियो । ‘म गत साता अभ्यासको क्रममा घाइते भएँ । चिकित्सकले थप परीक्षण गर्ने बताएका छन्,’ जोस्वाले भने ।
अमेरिकामा प्रहरी दमनमा जर्ज फ्लोयडको ज्यान गएपछि त्यहाँ आन्दोलन सुरु भएको थियो । अहिले विश्वभर प्रहरी दमनको विरोधमा प्रदर्शन भइरहेका छन् । घटनामा संलग्न ४ प्रहरीलाई निलम्बन गर्दै हत्या अभियोगमा अनुसन्धान भइरहेको छ ।