युथ लिगमा मनाङको दोस्रो जित
२४ असार २०८२
•
३ मिनेट पाठ
युथ लिगमा मनाङको दोस्रो जित
मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्पाले पहिलो सफलता पाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मनाङले सातदोबाटो युथ क्लबमाथि ६–० को जित निकाल्दा हिमालयन शेर्पाले श्री भगवतीलाई ३–१ ले हराएको हो। मनाङको यो दोस्रो जित हो भने शेर्पाले दोस्रो खेलमा पहिलो जित निकाल्यो। 




जितसँगै मनाङले दुई खेलबाट ६ अंक जोडेको छ। यता, सातदोबाटो युथ भने दोस्रो खेलमा पनि हारसँगै अंकविहिन छ। पहिलो खेलमा मनाङले श्रीभगवती क्लबलाई हराएको थियो। सातदोबाटोले भने प्लानिङ ब्वाइजसँग हार बेहोरेको थियो। मनाङको जितमा रोहन थापामगर, विवेक मगर, अर्जुन साउद, राम अर्जेल, सिमोन श्रेष्ठ र सोनम तामाङले समान एक गोल गरे। खेलको ३०औं मिनेटमा रोहनको गोलबाट मनाङले अग्रता लिएको हो।

४३औं मिनेटमा विवेकले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। यससँगै पहिलो हाफमा मनाङ २–० ले अगाडि रह्यो। तर, दोस्रो हाफमा भने मनाङले चार गोल थप्यो। अर्जुनले ६६औं मिनेटमा मनाङका लागि तेस्रो गोल गरे। पाँच मिनेटपछि नै रामले गोल गरेपछि मनाङले अग्रता ४–० मा पुर्‍यायो। निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा सिमोनले पनि गोल गरे। इन्जुरी समयमा सबिन राईले दोहोरो पहेँलो कार्ड बेहोरे। यसपछि सातदोबाटो १० खेलाडीमा सीमित भयो। यसको फाइदा लिँदै सोनमले मनाङको छैटौं गोल गरे। यससँगै मनाङले सातदोबाटोलाई दोस्रो सामना गर्न बाध्य भयो।

दिनको दोस्रो खेलबाट हिमालयन शेर्पाले युथ लिगमा पहिलो जित निकाल्यो। एन्फा कम्प्लेक्समा नै भएको खेलमा शेर्पाले श्री भगवतीमाथि ३–१ को जित निकालेको हो। जितसँगै हिमालयन शेर्पाले दुई खेलबाट तीन अंक जोड्यो। श्री भगवतीको भने यो दोस्रो हार हो। पहिलो खेलमा हिमालयन शेर्पाले त्रिभुवन आर्मीसँग र श्री भगवतीले मनाङसँग हार बेहोरेका थिए। हिमालयन शेर्पाको जितमा कप्तान प्रदीप खत्री, विष्णु सुनुवार र जेनिल सुब्बाले गोल गरे। श्री भगवतीका अनिल गुरुङले गोल फर्काए। हिमालयन शेर्पाले खेलको ३०औं मिनेटमा प्रदीपको गोलबाट अग्रता लिएको हो। १० मिनेटपछि नै विष्णुले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

यससँगै पहिलो हाफमा हिमालयन शेर्पा २–० ले अगाडि रह्यो। दोस्रो हाफमा दुवै तर्फबाट गोल भयो। तर पनि शेर्पाले जित आफ्नो बनायो। जेनिलले ६२औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई ३–० ले अगाडि बढाए। निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा श्री भगवतीले गोल फर्कायो। तर, त्यो पर्याप्त भएन। अनिल गुरुङले गरेको गोल श्री भगवतीका लागि सान्त्वना बन्यो।

मन्दीपको पाँच गोल 
मन्दीप ढुंगेलको उत्कृष्ट प्रदर्शन प्रेरणामा फ्रेन्ड्स क्लबले जारी एन्फा यु–१६ युथ लिगमा उत्कृष्ट जित निकालेको छ। एन्फा कम्प्लेक्समा नै सोमबार भएको पहिलो खेलमा फ्रेन्ड्सले चर्च ब्वाइजविरुद्ध ७–० को सानदार जित निकालेको हो। फ्रेन्ड्सको जितमा मन्दीपले ह्याट्रिकसहित पाँच गोल गरे। सुनिल केसी र ऋषभ पुनको नाममा समान एक गोल रह्यो। खेलको पहिलो मिनेटमा सुनिलको गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो। 

तर, मन्दीपले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेपछि फ्रेन्ड्स उत्कृष्ट जिततर्फ अग्रसर भयो। उनले १६औं, २७औं र २८औं मिनेटमा गोल गरेका हुन्। यससँगै फ्रेन्ड्सले पहिलो हाफमै ४–० को फराकिलो अग्रता बनायो। दोस्रो हाफमा पनि फ्रेन्ड्सको आक्रमण रोकिएन। यसमा मन्दीपले नै गोल गरे। उनले ५८औं र ८७औं मिनेटमा गोल थपे। ऋषभले इन्जुरी समयमा फ्रेन्ड्सका गोल गरे। यससँगै फ्रेन्ड्सले चर्च ब्वाइजमाथि ७–० को रबाफिलो जित निकाल्यो। 
अर्को समाचार
युथ लिगमा मनाङको साँघुरो जित
१३ साउन २०८०
•
१ मिनेट पाठ
युथ लिगमा मनाङको साँघुरो जित
मनाङ मस्र्याङ्दी क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली एपिएफ क्लबमाथि १–० को साँघुरो जित निकालेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी यु–१६ युथ लिगमा शुक्रबार मनाङले चर्च ब्वाइजमाथि साँघुरो जित निकालेको हो। तेस्रो चरणको खेल बहिष्कार गरेको मनाङले चौथो चरणमा भने जित निकालेको छ। मच्छिन्द्रसँगको तेस्रो चरणको खेल बहिष्कार गर्दा मनाङले हार बेहोर्नुपरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भने मनाङले जित निकाल्यो। मनाङका लागि दर्शन अधिकारीले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए।  




तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी छँदा मनाङले गोल गर्यो। मनाङका लागि खेलको ८७औं मिनेटमा दर्शनले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए। गत साउन ६ गते मनाङसहित संकटा, फ्रेन्ड्स र एनआरटीले खेलाडीको उमेर विवाद उत्पन्न भएपछि खेल बहिष्कार गरेका थिए। जसका कारण तीनै टोलीले तेस्रो चरणका खेलमा अंक गुमाउन पुगे।  

शनिबार नेपाल पुलिस क्लबले ललितपुरस्थित च्यासल मैदानमा च्यासलसँग तथा फ्रेन्ड्स क्लबले एन्फा कम्पलेक्समा एएफसी खुमलटारविरुद्ध चुनौती  

प्रस्तुत गर्नेछन्। कुल १० टोली सहभागी युथ लिगमा पहिलो चरणको खेल सम्पन्न भएका छन्। आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दै छन्। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन्। उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्। 
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस