राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघ (एनडब्लुएफ) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको नाममा देशको कानुनविपरीत रहेको एक समूहले खेलाडीको भविष्यमाथि खेलिरहेको आरोप लगाएको छ।
शैलेश कर्माचार्य अध्यक्ष रहेको नेपाल उसु महासंघले अदालत र नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा अवैधानिक ठहर गरेको वीरबहादुर तामाङ नेतृत्व रहेको उसु महासंघले खेलाडीको करियरसँग खेलिरहेको आरोप लगाएको हो।
कर्माचार्य अध्यक्ष रहेको उसु महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै वीरबहादुर नेतृत्वको समूहको लापरबाहीका कारण एसिया कप उसु च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता अनिश्चित बनेको आरोप लगाएको छ ।
नेपाली खेलाडी दीपक हमाल र शिव सिलवालले चीनमा जुलाई २ देखि ७ सम्म हुने एसिया कप उसु च्याम्पियनसिपमा स्थान पक्का गरेका छन्। तर दुई संघको विवादका कारण उनीहरूको सहभागिता निश्चित छैन।
राष्ट्रिय मान्यता प्राप्त उसु महासंघका महासचिव नवराज ढुंगानाले जापानको योकोहामामा आयोजित तेस्रो ताओलु उसु विश्वकप २०२४ मा भएको खर्च अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघले तिर्न नसकेपछि नेपाललाई अन्तर्राष्ट्रिय उसु महासंघले कालोसूचीमा राख्ने सम्भावना बढेको बताए।
जापान उसु महासंघले आफूहरूलाई सात हजार २८० अमेरिकी डलर तिर्न बाँकी रहेको जानकारी दिएको उल्लेख गर्दै त्यहाँ अवैधानिक रहेको महासंघका महासचिव लाक्पा लामा सहभागी भएको बताएका छन्। तर, त्यो समूहले खेलाडीहरूलाई आफूसँगै लिएर गए पनि अन्तर्राष्ट्रिय सहभागिताका क्रममा लागेको शुल्क नतिरीकन आउँदा नेपाली खेलाडीले अब अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित हुनुपरेको राष्ट्रिय मान्यता प्राप्त उसु महासंघका महासचिव ढुंगानाले बताएका छन् ।
उक्त रकम समयमै तिर्न नसके नेपाल अन्तर्राष्ट्रिय उसु महासंघको कालोसूचीमा पर्ने उनले उल्लेख गरेका छन्। दीपक हमाल, विजय सिंजाली, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्तीमगरले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।
विजयले देशका लागि कांस्य पदक जितेका थिए। त्यहाँ सहभागी हुँदा अन्तर्राष्ट्रिय मान्यता पाएको लाक्पा लामा समूहले दुई पदाधिकारीको मात्र शुल्क तिरेको थियो। राज्यकै प्लेन टिकट खर्चमा उनीहरू त्यहाँ पुगे पनि खेलाडीहरूको शुल्क भने नतिरी उनीहरू फर्केका थिए। त्यससँगै अन्तराष्ट्रिय उसु महासंघले कर्माचार्य नेतृत्वको महासंघलाई उक्त रकम तिर्न पत्राचार गरेको थियो ।
तर, त्यहाँ राज्यद्वारा अवैधानिक व्यक्ति गएकाले आफूहरूले त्यो रकम नतिर्ने कर्माचार्य नेतृत्व महासंघले अन्तर्राष्ट्रिय उसु महासंघलाई जबाफ पठाएको थियो। यदि आफूहरूले खेलाडी लगेको भए त्यो रकम राज्यसँग नमागी पदाधिकारीले नै बेहोर्ने राष्ट्रिय महासंघका महासचिव ढुङ्गानाले बताए।
उनले सरकारले नै अवैधानिक ठहर गरेको जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भोट जोगाउनकै लागि अवैधानिक व्यक्ति वीरबहादुर तामाङ र लाक्पा लामालाई संरक्षण गर्दा आफ्नो महासंघले अन्तर्राष्ट्रिय मान्यता पाउन नसकेको आरोप लगाएका छन्।
एनओसीकै कारण खेलाडीको पनि भविष्य अन्धकार बनिरहेको उक्त महासंघले जनाएको छ। दशकौंसम्म एउटै व्यक्तिले निजी संस्थाजस्तै गरेर खेल संघमाथि कब्जा गरिरहँदा खेलकुद विवादमा परेको पनि ढुंगानाको आरोप छ।
गत वर्ष नै अप्रिलमा चीनको जियानजिनमा सम्पन्न विश्वकप छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङबाट बिदाइ भएर १४ खेलाडीसहितको टोलीले सहभागिता जनाएको थियो। सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो।
परिषद्बाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोबासको खर्च बिलअनुसार भुक्तानीको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला युवा तथा खेलकुदमन्त्री चौधरीले रोकेको आरोप लगाउँदै खेलाडीले बुधबार पत्रकार सम्मेलन गरेका थिए। तर, ढुंगानाले खेलाडीको प्लेन टिकटसँगै बसोबासको खर्च पनि दिनुपर्ने ठाउँमा त्यसो नगरिएको उल्लेख गरेका छन्।