च्यासल युथ क्लबले अग्रता जोगाउन नसक्दा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पाँचौं जित निकाल्ने अवसर गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार च्यासलले रेलिगेसनबाट बच्न संघर्षरत टुसाल युवा क्लबसँग अग्रता गुमाउँदा १–१ को बराबरीको नतिजा सामना गरेको हो। छैटौं स्थानमा रहेको च्यासल १२औं स्थानको टुसालसँग अंक बाँड्न बाध्य भयो।
निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै टुसालले हार टारेको हो। यो नतिजासँगै ११औं चरणको खेल सुरु भएको छ। दुवै हाफमा समान एक गोल भएको हो। बराबरीसँगै टुसालले अंकतालिकामा एक स्थान सुधार गरेको छ। टुसालले ११ अंक जोड्यो। यो नजितासँगै टुसाल एक खेल कम खेलेको मध्यपुरलाई गोलअन्तरका आधारमा पछि पार्दै ११औं स्थानमा उक्लिएको छ।
यो बराबरीपछि च्यासलले भने तेस्रो स्थानमा उक्लिने सुनौलो अवसर गुमायो। च्यासल १५ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। खेलको ३०औं मिनेटमा मिडफिल्डर अनिल बोम्जन लामाको गोलबाट च्यासलले अग्रता लिएको थियो।
अनिलले सीमान्त थापाको लोफ्टेड पासको सदुपयोग गर्दै अफसाइड बिट गर्दै सुन्दर गोल गरे। अनिलले विपक्षी गोलकिपर भीम पुन अगाडि बढेको फाइदा उठाएका थिए। त्यो गोलपछि च्यासलले पहिलो हाफमा १–० को अग्रता लियो। खेलको अन्त्यतिर पुग्दा पनि च्यासल स्पष्ट जितनजिक देखिन्थ्यो। तर, त्यो अग्रता जोगाउन भने सकेन। रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको टुसालले गोल फर्कायो। प्रदीप सुनारले अन्तिम मिनेटमा बराबरी गोल गर्दै टुसाललाई खेलमा फर्काए।
पेनाल्टी बक्सबाहिरबाट दीपेश लिम्बूको प्रहार च्यासलका गोलकिपर विशाल गुरुङले रोक्ने प्रयास गरे। तर, रिबाउन्ड आएको बललाई प्रदीपले वान टचमा जाली चुमाए। लिगको ११औं चरण सुरु भइरहँदा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजनमा उक्लिन मात्र एक जित टाढा छ।
प्लानिङले १० खेलबाट २४ अंक जोडेको छ। समान खेलबाट २२ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ। ‘ए’ डिभिजनमा उक्लिन भगवतीलाई पनि तीन खेलमा चार अंक आवश्यक छ। सरस्वती युवा क्लब ९ अंक र नयाँबस्ती युवा क्लब ८ अंकका साथ अंकतालिकाको पुछारमा छन्। यी टोली अहिले रेलिगेसनबाट बच्न संघर्षरत छन्। लिगमा सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) ले ब्रिगेड ब्वाइजको सामना गर्नेछ। दोस्रो खेलमा नयाँबस्ती र झापा फुटबल क्लब आमनेसामने हुनेछन्।