प्रज्वल थापामगर चम्किएपछि मध्यपुर युथ एसोसिएसनले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार श्री कुमारी क्लबमाथि ३–१ को सहज नतिजासहित मध्यपुरले जारी लिगमा तेस्रो जित निकालेको हो। मध्यपुरको जितमा प्रज्वलको उत्कृष्ट प्रदर्शन रह्यो। उनको नाममा समान एक गोल र एसिस्ट रह्यो। मध्यपुरका विकर्ण श्रेष्ठ, प्रज्वल थापामगर र सन्तोष गोङ्बाले गोल गरे। कुमारीका लागि निशान्त प्रधानले गोल फर्काए।
यो जितसँगै मध्यपुरले १० खेलबाट ११ अंक जोड्यो। तीन स्थान सुधार गर्दै मध्यपुर ११औं स्थानमा उक्लिएको छ। कुमारी समान खेलबाट १३ अंकका साथ सातौं स्थानमा छ। खेलको तेस्रो मिनेटमै विकर्णको गोलमार्फत मध्यपुरले अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई पेनाल्टी बक्समा रहेका प्रज्वलले ब्याक हिल पास दिए। सोही बललाई विकर्णले वान टचमार्फत जाली चुमाए।
२६औं मिनेटमा प्रज्वलले नै गोल गर्दै मध्यपुरको अग्रता दोब्बर बनाए। कर्नर प्रहारबाट आएको बल विकर्णको हेडर बारमा लागेर फर्किन पुग्यो। सोही रिबाउन्ड बललाई प्रज्वलले हेडमार्फत नै जाली चुमाएका हुन्। त्यसपछि पहिलो हाफमा मध्यपुर २-० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि श्री कुमारी र मध्यपुरले समान एक गोल गरे। निशान्तले ८६औं मिनेटमा गोल गर्दै श्री कुमारीलाई खेलमा फर्काउने प्रयास गरे।
काउन्टर आक्रमणबाट श्री कुमारीले गोल फर्काएको हो। तर इन्जुरी समयमा सन्तोषले गोल गर्दै मध्यपुरको जित पक्का गरे। लेफ्ट कर्नर साइडबाट साहिल केसीले दिएको बललाई सन्तोषले श्री कुमारीका गोलकिपर रोशन खड्का पनि बिट भएको अवस्थामा खाली पोस्टमा गोल गरेका हुन्। यससँगै श्री कुमारीले जारी लिगमा पाँचौं हार सामना ग¥यो।