आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।
आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने। सिटिजन्स बैंक टेनिसमा दुवै नयाँ च्याम्पियन हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। आरभको समग्रमा तेस्रो सिनियर सिंगल्स उपाधि हो।
यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए। निहालजंगबहादुर थापा र राजवीर प्रधान तेस्रो भए। आठौं र दशौं संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वार्टरफाइनलमै रोकिए। प्रदीपलाई राजवीरले क्वार्टरफाइनलमा हराएका थिए।
महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले नवौं र दशौं संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराइन्। चार वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै सिनियरतर्फ सिंगल्सको पहिलो उपाधि हो। आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेस्रो स्थानमा चित्त बुझाए।
पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार पाए। प्रतियोगितामा कुल ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार तथा ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षितको जोडीले उपाधि जिते।
त्यस्तै ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने। सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी पहिलो भए।
विजेतालाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्द, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सिटिजन्स बैंकका सञ्चालकत्रय प्रकाश मैनाली, विजयध्वज कार्की र दिगविजय विष्टलगायतले पुरस्कृत गरे।
वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा एक सय ६३ खेलाडी सहभागी थिए। सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि पाँच लाख ८२ हजार ५ सय रूपैयाँ रहेको थियो।